सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

  • -उल्लास मैनाली
  • Loading...

    उल्लास मैनाली

    ह्याप्पी डिभोर्स कथा 

    निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन।
    मैले सोधे  मृजन  भाउजु खै ?
    उसले के भनु ? लामो कथा छ। सुन्दर मेरो कथा भन्दै उसले आफ्नो जीवन कथा भन्न शुरु गर्यो।

    मन निकै खुशी थियो, प्रेम बिबाह गर्दा। संसार नै जिते जस्तो लाग्यो मलाई। चखेवाको जोडी जस्तै जति बेला पनि अघिपछि थियौ। गाउॅले पनि गोरीपारी हॉस्न थाले र  धेरै नजिक हुनु पनि राम्रो होइन। कसैको नभएको लोग्नेस्वास्नी। चाढै छुट्टिन स्वाङ १  भन्न पनि थाले।

    संजोगबस, बिबाह भएको पाचै दिनमा सानो कुरामा उ निहु खोज्यो र अत्तो थाप्यो। म उनको हरेक कुरामा हाँसी दिन्थे। यसैलाई उनले आफ्नो बिजयको औजार सम्झिन। केही समय मै उनी माईती बसाई सरिन र बेलाबेलामा छोराहरु बारीमा फालेर हिडने र झगडा गर्न आउने गरिन पनि।

    हामी मात्र होइन हाम्रो माया पनि दूई कित्ता बिभाजन भयो। माया मनबाट आउने कुरा रहेछ। मनै नपरे पछि माया पनि आफै मरेर जादो रहेछ। तर हामी एउटा गाउँ ठाउँको बिभिन्न कार्यक्रममा देखिन्थ्यो, भेटिन्थ्यो। तर टाउको बटारेर हिडने गर्थेउ।

    छोरा थियो, हुर्कदै थियो। उनीहरुको बारे सोचे, भविष्य कस्तो होला कल्पना गरे। उनीहरुको लागी मैले केही गर्न हुन्न भन्ने सोचे। लाग्नेस्वास्नी भनेको पछि जोडिएको नाता छोराछोरी भनेको जन्मदा कै रगतको नाता। यो नाता कहिले पनि टुटदैन। मलाई बिहे गर्न कति केटी दिन आए। तर मैले छोराको लागी लागि भनेर बिहे गर्न मानिन। स्वास्नी मिल्न नसके पनि छोराको बिहेमा सम्धी खोज्दा म उभिन सकुँ भन्ने लागेर मैले अर्को बिबाह नगरेको हो।

    समय बित्दै गयो। पतझरको पालुवा पलाउने दिन आउँछ। तर ऋतु परिवर्तन हुने बेलासम्म पर्खन पर्छ। शायद, हाम्रो पनि पर्खाई भएछ क्यारे मेरो खुट्टा भाँच्चिएको सात दिन पछी उसको माईजुले उसलाई मकहाँ ल्याएर छोडिदिनु भयो। रहदा बस्दा अतिकति ममता, स्नेह बढ्यो र आत्मियता भयो।

    उसको नाम अलिकति जग्गा किनियो उसैको नाममा घर पनि बनाईयो। जीबनमा खुसीयालीको रंग अरुले देख्न थाले। टालेको मन, जति बलियो गरेर टाले पनि कति समय टिक्छ। फाटेको मन जति सिलाए पनि फाटि हाल्छ। सम्बन्ध आफै जोडिनु पर्छ, अरुले जोडि दिएको सम्बन्ध कति टिक्छररु फाट्न थाल्यो, च्यातिन थाल्यो र धमिरा नै लाग्यो। धमिराको उपचार बेलैमा हुनु पर्ने, तर भएन।

    परिवारमा द्वन्द्व हुनु स्वभाविक हो। तर पारिवारिक द्वन्द्व व्यवस्थापन बेलैमा हुन सकेन भने घर बर्वाद हुन्छ। मलाई यही कुराले सताउथ्यो। कहाँ कस्ले कहाँ निर गल्ती गरेको हो त्यो गल्ती देखाएर परिवारले द्धन्द्ध व्यवस्थापन गरि दिनु पर्ने हो, त्यो भएन। आफ्नो गल्ती आफैले देख्दैन। आआफ्नो गल्ती स्वीकार गर्ने अवस्था मिलेन। उसले गरेको गल्तीमा पनि मैले माफी मागेर उसलाई खुशी बनाउनु पर्ने भयो।

    मलाई उसंग कुनै गुनासो छैन। बिहे गर्नु अघि चिना देखाउदा हामीलाई बिहे नगर्नु सुख हुदैन भनेको थियो गौरीगंजको ज्योतिषले। भाग्यमा लेखिएको कुरा हो। छैटौमा भाविले लेखिदिएको लेखा कस्ले टार्न सक्छ ररु मैले पनि भोग्नै पर्छ।

    आफूले देखेको कतिपय कुरा पनि कहिले कही दृष्टीभ्रम हुन सक्छ। अरुले भनेको कुरामा सत्यता नबुझी सधै नचाहिदो आरोप लगाउने, रहेक कुरामा विश्वास नगरी शंका मात्र गर्ने, मायालु वातावरण सृजना नगर्ने, बिगतका कुरालाई बारम्बार कोट्याउने र आलो बनाउने तधा आत्मसम्मान नगर्ने, सधै टोकसी रहनाले घरेलु मित्रता र पारिवारिक आत्मियतामा छेद आउछ। जुन मैले भोग्नु पर्यो। उसको आफ्नै गुनासा होला, धेरै हुन सक्छन पनि। आत्मसम्मान र आत्मविश्वासको कमी भयो उसमा। जसले मेरो स्पेसमा कमी कमी आयो र जीबनमा दरार।

    उसले मलाई के के भन्यो भनेन गर्यो गरेन जसको सिमा नै छैन। उसले अरुलाई मैले पैसा चोर्छ समेत भन्यो जब उसले मैले भण्डारा माविमा बुबाको नाममा अक्षयकोष खोल्न जम्मा गरेको पैशा पनि लिएर रमाईलो गरेकोछिन। यसमा पनि कुनै गुनासो छैन। उसको जस्तो बुद्धि र संस्कार छ त्यस्तै गर्छिन।

    उसले मलाई मेरो आफन्त र साथीभाइहरुलाई मेरो बदनाम गर्दै चरित्रहत्या गरिन। म एचआईभी र एडस लागेको मान्छे भनिन, मानिसहरूको हात हालिन, थुकिन र बेईजत गरिन। यसमा पनि मलाई कुनै गुनासो छैन। छोराहरु मेरो बिरुद्ध भडकाईन, गजबको संस्कार दिईन यसमा पनि मेरो कुनै गुनासो छैन। सहेकै थिए।

    बुढेसकालमा दुख दिन्छु, नमर्न नबाच्न दिन्छु,झिरमा उनेको माछा बनाउछु भन्दा पनि मलाई कुनै गुनासो छैन। मलाई फूटधाथमा पुर्याई दिन्छु, कहिले उठन नसक्ने बनाई दिन्छु भन्दा मलाई गुनासो छैन। किनकी अध्यारो भित्र सानै भए पनि उज्यालो खोज्ने मान्छे म। हुनत उसले मेरो जीबनमा कति राम्रा राम्रा कुरा पनि त गरेको छिनत। त्यो मैले बिर्सेको पनि छैन।

    मैले उसको म प्रतिको मायाको परिक्षा पनि धेरै लिएको छु, उसले दिएकी छिन, जानेर या नजानेर। भर्खरै बिहे हुदा बेलुका घर आउदा  मलाई खाना खै  भनेर सोध्दा  भैसीको कुडोमा हालि दिए। तपाईंलाई खाना दिएर के कामरु भैँसीलाई खाना दिए दुध आउँछ  उसले भनेको सम्झदा म प्रतिको उसको माया प्रष्ट हुन्छ। अझै एक दिन  राती घर आउदा पछाडिबाट ट्रक आएर अनुहार नचिनेने गरि मारिदिए हुन्थ्यो  भनेको सम्झदा मायाको हद नाघेको अनुभूति हुन्छ।

    एउटै घरको छाना मुनि, एउटै कोठामा र एउटै ओछ्यानमा सुत्दा मात्र लोग्नेस्वास्नी हुदैन। यदि एउटै ओछ्यानमा सुत्दा पनी ढाड ढाड देखाएर सुत्छन भने के लोग्नेस्वास्नीरु अरु देखाउने नाटक मात्र हो लोग्नेस्वास्नीको। लोग्नेस्वास्नीको सम्वन्ध आत्माबाट आउनु पर्छ।

    हामी घरमा, एउटै कोठामा सुते पनि उ पलङमा म भूईँमा सुत्थे। जाडो समयमा कति चिसो भोगेको छु। गर्मीमा लामखुट्टे आउछ। आमाछोराको पलङ र खाटमा झूल हुन्थ्यो तर मेरो हुदैन्थ्यो। गर्मीमा पनि ओढनीले मुख छोपेर सुत्नु पर्थ्यो । उसलाई रिस उठेको बेला मेरो कपडाहरु झोलामा हालेर  मेरो घरबाट निस्की  भन्थिन। माया के यही होरु

    जीवनको कति दशै उनले मेरो हातको टिका लगाईनरु बर्षमा हामी मुश्किलले पचास दिन बोल्थेउ होला। म उसंग झगडा लाग्नु सट्टा सुनेर बस्थे र बरु आफैलाई शारिरीक टर्चर गर्थे। सबैभन्दा ठूलो कुरा मन हो।

    म मेरो लुगा प्राय आफै धुन्थे, आफै सुकाउथे र उठाउथे पनि। त्यो मेरो टोलेले पनि पक्कै देखेका छन। तर भावनाले आफ्नो र छोराको लुगा वासिङ मेसिनमा धुने गर्धिन। तर म वाथरुममा भूईँमा बसेर लुगा धुन्थे। मेरो खुट्टा भाचिए पछि भूईँमा बसेर लुगा धुँदा मलाई गाह्रो हुन्थ्यो। भावनाले उनीहरुको सुकाएको लुगा उठाउदा मेरो पनि लुगा छ भने छोडि दिन्थिन। मैले आफ्नो कपडा उठाउदा सबैको कपडा उठाउथे।

    एक दिन म साँझमा पुगे। भाबनाले  यो मेरो घर हो। तपाईं मेरो घरमा बस्न पाउन हुन्नू भनेर झोला र ल्यापटप भरेङको आधासम्म पुग्ने गरी फाली दिईन। मैले भने  यो घर तिम्रो माइतको दाईजो हो। यतिकैमा भित्रबाट छोरा आएर मलाई अचानक टाउकोमा प्रहार गर्यो। मैले आफ्नो ज्यान बचाउन  गुहार। गुहारू भनेर चिच्याए। छोराले म माथि हात हालेको घेरै पटक भईसक्यो। अनि जम्मा पनि भए टोले र छिमेकी सबै। तर कोही केही बोलेनन्। राती हुदो गुहार मागे पछी भेला भएका टोले रमिते मात्र भए। भित्रबाट छोरा  यसलाई मार्छु मार्छु भनेर कराउदै थियो। म मरेको भए या घाईते भएको भए त्यो रमिते मुक दर्शक टोले जो सामाजिक न्याय गर्दैन, बोल्दैन भने त्यो टोले पनि धिक्कार। किन बस्नु यस्ता टोलमारु मेरो छोराले मलाई लाउन खान दिएन भनेर अदालतमा मुद्दा समेत हालेको छ।

    त्यसपछि पनि केही दिन म घर मै बसे। मेरो श्रीमती भावनाको र छोराको म प्रतिको व्यवहार हेर्दै गरे। चिया बनाउथे, आमा छोरा मात्र खान्थे। म संगै हुन्थे हेरिरहन्थे आमाछोराले खाएको चिया। खाना पकाउथे, आमाछोराले खान्थे मलाई देखाएर। म हेरीरहन्थे। लोग्नेस्वास्नीको नाता त रहेन तर मानबता पनि रहेन भावना र छोरासंग। घरमा आएकोलाई त हामी खान दिन्छौ। तर म त्येही घरको सदस्य, मलाई नै खान नदिए पछि यस्तो घरमा बस्नु भनेको नर्कमा बस्नु सम्झेर पाचौ दिन बिहान म घरबाट निस्किए।

    मन नमिलि नमिलि संगै बस्नु नाता जोडनुको के अर्थरु यही सम्वन्ध र नाताले समाजमा बदनाम भएका छौ। यही नातालेख चासो राख्दो रहेछ र यही नाता प्रगतिको बाघक पनि बनेको छ भने यो सम्वन्ध र नाता के कामरु मानिसले सकभर सबलाई खुशी बनाउने हो। खुशीको लागि समर्पण गर्ने हो। संगै खुशी नहुनुको अर्थ अलग हुनु हो। लोग्नेस्वास्नीको झगडा परालको आगो भए मिल्नु ठिक, भुषको आगो भए पछि छुट्टिनु बेस।

    भावना र मेरो गाउँ ठाउँ एउटै। म मेरो जीवन मेरै गाउँ ठाउको सेवामा बिताउन चाहन्छु। जहाँ एकले अर्कोलाई देख्दा टाउको बटार्न नपरोस। एकले अर्काको आत्मसम्मान गर्न सकियोस। मन नमिले पछि अरुलाई देखाउन मात्र अर्थ हुदैन। डिभोर्स कस्ले गरेको छैनरु नेल्सन माण्डेलाले पनि गरेको हो। हामी नै संसार र समाजको व्यक्ती होइन, डिभोर्स गर्ने।

    डिभोर्स पनि झगडा गरेर होइन, मिलेर सम्मानजनक ढंगले गर्न सकियोस। मनै नमिल्ने भए पछि गर्ने पनि के? खुशीले जीउन सिक्नु पर्छ अरुलाई दुख नदिएर, अरुलाई पनि खुशी दिएर। अदालतमा डिभोर्स गरे पछि पनि दूबैले एक अर्कोलाई हेरेर मुसुक्क मुस्कुराउँदै, अंकमाल गर्दै र हात हल्लाउदै  ह्याप्पी डिभोर्स  भन्न सकियोस। जसले जीबनमा फेरि अर्को खुशी ल्याउछ। एक अर्कोले गरेको खराब कुरा भन्दा राम्रा सकारात्क कुराको याद आउछ र आत्मसम्मान एक अर्को प्रति बढन सक्नेछ।

    आज पनि त्यतिकै खुशी छु जति खुशी प्रेम बिबाह गर्दा थिए। म कहिले हतास भईन। सधै हरेक कुरामा खुशी नै हुन्छु। जीवन भनेको यस्तै रहेछ। जीवन एउटा अनुभव र सिकाई हो। धेरै कुरा बुजे र सिके पनि  भन्दै मृजनले आशु पुछ्यो। म अवाक भए। मौनता छायो ।

    (यसमा भएको पात्र र घटना सबै काल्पनिक हुन। तर कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ)

    Loading...

    यसमा तपाइको मत

    साहित्य बाट अन्य

    मुद्धा प्रक्रियामा सर्वोच्चमा लाग्ने सवै प्रकारका दस्तुरहरुको विवरण

    काठमाडौं: सर्वोच्च अदालतमा निवेदन दर्ता, रिट, फरक फरक ढंगका निवेदन, देखि अन्य विभिन्न कामकाजका लागि तोकिएको दस्तुरको विवरण यसप्रकार रहेको छ । सर्वसाधारणलाई अदालती कार्य सम्पादनमा सहजता होस भनेर अदालतले उक्त जानकारीमुलक व्यवस्था गरेको हो...

    अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित

    काठमाण्डौ: नेपाल कानून व्यवसायी परिषद्द्वारा २०७४ फाल्गुण महिनामा सञ्चालित अधिवक्ता तहको चौविसौं परीक्षाको लिखित परीक्षा परिषदले अधिवक्ताको २४ औ लिखित परिक्षाको परिक्षाफल प्रकासित गरेको छ । उत्तीर्ण रोल नं. हरू 2 3 5 6 8 11...

    सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

    मेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि भित्रको पिडा मैले...

    ‘रन फर जस्टिस, नट फर मनी’: महान्यायधिवक्ता खरेल

    काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

    न्यायालयको जनविश्वास जोगाउनु नै आजको आवश्यकता हो: मन्त्री तामाङ

    काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । कानून दिवसको...

    न्याय र कानूनी राज्यको लागि दौडिए कानून व्यवसायी

    काठमाण्डौ: नबोदित कानून व्यवसायी समिति, उच्च अदालत पाटन र नबोदित तथा युवा कानून व्यवसायी समुहले रन फर जस्टिस अर्थात् न्यायका लागि दौड भन्ने नारासहित कानून दिवसको उपलक्षमा दौड कार्यक्रम सम्पन्न गरेको छ । दौड प्रतियोगिता...

    …. अदालतको ढोकामा चिच्याई रहेको

    न्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो टोपिको स्वाभिमानले...

    कानून संकाएमा सिमीत कोटा राखी भर्ना खुलाईयो

    काठमाण्डौ: नेपाल ल क्याम्पस डिनको कार्यलयले तिन वर्षे एलएलविमा कोटा निर्धारण गर्दै भर्ना खुलाएको छ ।  त्रिभुवन विश्व विद्यालय कानून संकाय अन्र्तगतका आंगिक क्याम्पस नेपाल ल क्याम्पस काठमाण्डौ, पृथ्वीनारायन क्याम्पस पोखरा, महेन्द्र विन्देश्वरी वहुमुखी...

    कानून र मापदण्ड मिच्दै कर्मचारी सरुवा वढुवा नगर्न युनियनको अपिल

    काठमाण्डौ: न्यायपालिकालाई विकृतीविहिन, भ्रष्टचारमुक्त र जनउक्तरदायी बनाँउने न्यायपालिकामा कार्यरत जनशक्तिहरुको पेशागत हक अधिकारको प्रवर्दन गर्ने काममा विभागिय आधिकारीक ट्रेड युनियनले सक्रिय भुमिका निर्वाह गर्दै आएको अवगत गराँउदै युनियनले का. मु. प्रधानन्यायधिस र वरिष्ठतम न्यायधिसलाई...

    न्यायपालिकाका विध्नवाधा रोक्न सर्वोच्चमा दिनभर पुजापाठ

    काठमाण्डौ: देशभरि वुद्धजयन्ती मनाईरहँदा यसपटक सर्वोच्च परिसरमा पनि वुद्धजयन्ती  र विदाको उपयोग गर्दै दिनभर पुजा पाठ सम्पन्न भएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार...