गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Loading...

अधिवक्ता: निता कार्की

पीडा ‘निर्मला’को

चस्मा भित्रका ती चहकिला आँखा

जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ ।

निर्भीक, निश्चल त्यो मुस्कान

ताजै छ तस्वीरमा,

तर मात्र तस्वीरमा;

त्यो तस्वीर भित्रका सजीव आँखा

अनि मुहारमा छाएको मन्द मुस्कान,

अब मात्र तस्वीरमा सीमित रहनेछ,

र तर्साउन आइरहन्छ मेरो अघिल्तिर ।

अनि प्रश्न गर्छ,

के दोष थियो मेरो ?

कहाँ सुरक्षित छु म ?

चार दिवारमा खुम्चिन नसक्नु मेरो गल्ती हो ?

छोरी भएर जन्मिनु, अभिशाप हो ?

यो धरतीमा जिउने मेरो कुनै अधिकार थिएन ?

के म कोपिला मै चुडिन जन्मिएकी हुँ ?

भेषधारी नरपशु मैले कसरी चिन्नु ?

आदि, इत्यादि यी प्रश्नहरुले

मलाई भित्रैदेखि गालेका छन् ।

पिरोलेका छन्, विक्षिप्त छु म!

यी प्रश्न अब तिम्रा मात्रै पश्न रहेनन्

बहिनी निर्मला ।

यी मेरा पनि प्रश्न हुन् ।

मैले मात्र कहाँ सुरक्षित महशुस गरेकी छु र !

पाइलै पिच्छे हच्किन्छु, तर्सिन्छु ।

मलाई नि मेरै बुबाको विश्वास लाग्न छाडेको छ ।

शीर झुकाएर आशीर्वाद माग्न

आउने भाइप्रति म विश्वस्त हुन सक्दिन ।

खुलेर पराइसँग वाद-प्रतिवाद गर्नुत परको कुरो,

मेरै दैलामा भीख माग्न आएको

सन्यासी देख्दा डर लाग्छ मलाई ।

मैले प्रयास नगरेको कहाँ हो र

आफुलाई संहाल्न खोजेकै हुँ ।

आशावादी बनेकै हुँ ।

हरेक दिनको खबरमा मेरा आँखा पुग्छन् ।

हरेक दिनका आन्दोलनले मलाई साहस दिन्छ ।

‘दोषी पक्रियो’ भन्ने सन्देश,

‘रहस्य खुल्यो ‘ भने खबर अनि,

‘हत्यारा सार्वजनिक हुँदैछ’ भन्ने

ताजा खबर,

सिठ्ठी जुलुस

अर्धनग्न जुलुस

हस्ताक्षर संकलन

पत्रकार सम्मेलन

संसद वहिष्कार

हडताल, चक्काजाम ।आदि, इत्यादि ।

तर अह !

अपराधीको अट्टाहास रोकिएन ।

ऊ खुलेआम नाचिरहेछ,

उच्छ जीवन बाँचिरहेछ,

रगत पिएको त्यो मत्त सिकारी

कुनबेला, कुनपल मेरो अन्तिम पल हुनेछ ।

म अनविज्ञ छु ।

मेरो जीवनको अन्त्य,

निर्मलाको जस्तै भयानक हुन सक्छ,

बीभत्स हुन सक्छ ।

यो गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला !!

Loading...

यसमा तपाइको मत

uncat बाट अन्य

कानूनको अनभिज्ञता Sudarsan Joshi

यो बिषय देख्दा सामान्य देखिए पनि कानूनको कार्यान्वयन मा न्याय संग जोडेर हेर्दा अत्यन्त महत्वपुर्ण छ । बिश्वमा नै बिकसित हुदै आएका फौजदारी न्याय प्रणाली एबं बिधिशास्त्रका मान्यता वा सिद्दान्तहरुलाइ अध्ययन गर्दा कानूनको अनभिज्ञता...

टिकापुर घटना मुद्दाको फैसला पूर्ण पाठ

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए...

बयान परिवर्तन गर्दा उच्च अदालतवाट कैद सजाय

जनकपुरधाम – सर्लाहीको साविक मोतिपुर गाविस–४ का ४५ वर्षीय भूपनारायण महतोले आफैंले दिएको उजुरी विपरीत अदालतमा झूटा बयान दिएको भन्दै उच्च अदालत जनकपुरले कैद र जरिवाना सजाय हुने फैसला गरेको छ । २०७२ भदौ १० गते...

काठमाडौं: डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्धामा कानून व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गर्दै करिव २ दिनपछि शुक्रबार विज्ञप्ती जारी गर्दै अनसन मार्फत न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह...

अध्यादेस सन्दर्भमा राष्ट्रपति विरुद्ध रिट दर्ता

काठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले प्रधानमन्त्री तथा...

हैन, बरिष्ठ बाड्ने तरीका चै के र छ ?

सर्बोच्च अदालतले २७२ जना कानून ब्यवसायीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिने गरि गरेको निर्णयमा एक न्यायधिसको फरक मत जाहेर भएको छ । अदालतले भरखरैमात्र २७२ जाना कानू ब्यवसायीलाई बरिष्ठको उपादी प्रदान गर्ने निर्णय गरेको थियो...

कसैले गरेको फैसला उल्टाएको की सर्बोच्चको पुनरावलोकन ?

नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति सच्याएर विवादमा परेको रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय उल्टाइदिएको छ। सर्वोच्चको फैसलापछि कार्कीको निर्णयले अवकाशप्राप्त उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश सुरेन्द्रवीर...

मुलुक संघीयतामा प्रवेश, नागरिकहरुले पाए नयाँ ठेगाना

काठमाडौं: १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका र तीन हजार एक सय ५७ गाउँ विकास समिति भएको देश नेपाल शुक्रबारबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका २४६ नगरपालिका र ४८१ गाँउपालिका र विगतमा रहेका...

स्ववियु चुनाव: युवा महिलाहरु यसरी पुग्दैछन नेतृत्वमा

काठमाण्डौ: विगत लामो समय अघिदेखि हुन नसकेको विभुवन विश्वविद्यालय अन्र्तगतका आंगिक क्याम्पसहरुमा आगामी फाल्गुन १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनामा राजनितिक दलका भातृ संगठनहरु चुनावी माहोलमा रहेका छन । आफ्नो संगठनलाई प्रमुख...

यस्तो छ न्यायधिस नियुक्तिको शिफारिष नामावली

न्याय परिषदले बिहिवार राती निर्णय गरि उच्च अदालतका न्यायधिस नियुक्तिको टुङ्गो लगाएको छ । परिषदमा भएका विभिन्न रस्साकसी, दौडधुप पश्चात १ बजे परिषदले शिफारिष गर्ने ब्याक्तिको लिष्ट बहुमतको आधारमा तय गरोको थियो । उक्त...