संविधान दिवसको अवसरमा विद्यार्थीद्धारा अन्तरक्रिया कार्यक्रम

Loading...

काठमाण्डौः अनेरास्ववियु क्रान्तिकारी नेपाल क्याम्पस कमिटीले संविधान दिवसको अवसरमा संविधान, संघीयता र समाजवाद विषयक एक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङ, पुर्व महान्याधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, संविधानविद डा. सुर्य प्रसाद ढुङगेल, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी वक्ताका रुपमा उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा १५० जना कानूनका विद्यार्थी एवं अन्य सहभागीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि देव प्रसाद गुरुङले संविधानमार्फत देशलाई स्थीरतातर्फ अगाडी बढाउनुपर्ने बताए । नेपाल सामुहिक महत्वको देश भएकोले स्थीरता कायम गर्न नसके पश्चिमा देशहरुले खेल्न सक्ने ठुलो ठाँउ रहने उनको जोड थियो । त्यसै संविधानविद डा. सुर्य प्रसाद ढुङगेलले संविधान उत्कृष्ट भन्दापनि यसको सफल कार्यन्वयन र परिपालनाले नै संविधानको उत्कृष्टता झल्काउने बताए । संविधानलाई सफल र उत्कृष्ट बनाउन हामी सबैको ठुलो भुमिका रहने उनको भनाई थियो । कार्यक्रमका अर्का वक्ता वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले संविधानमा भएका कयौं राम्रा पक्षहरुको भन्दा नराम्रा पक्षहरुको मात्रै प्रचार भएकोले नेपालको वर्तमान संविधान आलोचना हुन पुगेको बताए । संविधानका राम्रा पक्षहरुको समेत प्रचार गरी यसको कार्यान्वयन गर्दै जानुपर्ने उनले बताए ।

अर्का वक्ता वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले संविधानलाई वृहत बौद्दिक छलफलविनै ल्याइएकोले यसको कार्यान्वयनमा जटिलता आएको बताए । कार्यक्रम अनेरास्ववियु (क्रान्तिकारी) नेपाल ल क्याम्पसका क्याम्पस कमिटी अध्यक्ष अधिवक्ता दीपक थापाको अध्यक्षतामा भएको थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

आधुनिक जिवनशैलीले फेरिएको दशै

विजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात नवरात्रको दिनदेखि...

१८ वुँदे काठमाण्डौ घोषणापत्र जारी गर्दै सकियो महिला कानून व्यवसायी सम्मेलन

काठमाण्डौ: संविधान कार्यन्वयनको प्रभावकारीता, आर्थीक सामाजिक र सास्कृतिक क्षेत्रको रुपान्तरणमा महिला सहभागिता भन्ने मुल नाराका साथमा २७ औ राष्ट्रिय महिला कानून व्यवसायी महिला सम्मेलन असोज ५ र ६ गते काठमाण्डौमा सम्पन्न भएको छ ।...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

काठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन, मुलुकी देवानी...

उच्च वारको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम (फोेटोफिचर)

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोशिएसनको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वुद्धनगर स्थित क्वालीटी व्याङकोएटमा भएको कार्यक्रममा उच्च अदालत वारका पुर्व अध्यक्षहरु सँगै करिव २००...

संविधान दिवसको दिन मण्डलामा देशकै ठुलो राष्ट्रिय झन्डा स्थापना (फोटोपिचर)

काठमाण्डौ: संविधान दिवसको अवसर पारेर बुधबार माइतिघर मण्डलामा देशकै सवै भन्दा ठुलो राष्ट्रिय झन्डा स्थापना गरिएको छ । १५० पिट अग्लो स्तम्भमा ८ मिटर लामो झन्डा स्थापना गरिएको छ । उक्त भण्डा युवा संघ...

मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित

काठमाडौं: प्रतिनिधि र राष्ट्रियसभाबाट मौलिक हकसम्बन्धी १४ र अन्य २ गरी १६ जम्म वटा विधेयक पारित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट मौलिक हकसम्बन्धी संसदमा दर्ता सबै विधेयक पारित भएकम हुा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र तस्वीरमा सीमित...

उच्च अदालत पाटन वार निर्वाचन: सिंखडा नेतृत्वको प्यानलनै विजयी

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन शनिवार सम्पन्न भइकोमा शनिवारनै मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा नेपाल कानून व्यवसायीको संगठन NLA र वृहत लोकतान्त्रिक मधेशी, आदीवासी, जनजाती तथा पेशागत समावेसी कानून व्यवसायीहरुको...

उच्च अदालत पाटन वार निर्वाचन (फोटो फिचर)

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन आज सम्पन्न भएको छ । शनिबार विहान ७ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ वजे सम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको प्रतिस्पर्धामा नेपाल कानून...

उच्च अदालत पाटन वारको निर्वाचन सम्पन्न, मतगणना भोलि

काठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन आज सम्पन्न भएको छ । शनिबार विहान ७ बजेबाट सुरु भएको निर्वाचन साँझ  ५ वजे सम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको प्रतिस्पर्धामा नेपाल कानून व्यवसायीको...