न्यायाधीश बम हत्याको थप खुलासा

Loading...
Spread the love

पौष २३, काठमाडौं । तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या गर्न १२ हजार भारतीय रुपैयाँमा पेस्तोलहरू किनिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  हत्याका योजनाकार बाबु थापाले भारतको बेतियाबाट चारवटा पेस्तोल खरिद गरेको बयान दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका अनुसार हत्याको करिब तीन महिनाअघि बाबुले पेस्तोल ल्याएका थिए । तीमध्ये दुई पेस्तोल प्रहरीले बरामद गरेको छ । सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लका अनुसार बमको हत्या गरेपछि बाबुले पेस्तोल अन्य आपराधिक समूहलाई बिक्री गरेका थिए । प्रहरीले यसअघि नै दुई आपराधिक समूहबाट ती पेस्तोल बरामद गरिसकेको छ । तिनै पेस्तोलबाट बमको हत्या भएको जानकारी भने प्रहरीले अहिले पाएको हो ।

प्रहरीले १२ असोज ०७० मा पोखरामा पक्राउ परेको एक समूहबाट बमको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको थियो । सिआइबीका एसपी पीताम्बर अधिकारीका अनुसार सो समूहबाट ‘मेड इन रसिया’ लेखिएको पेस्तोल बरामद भएको थियो ।

बममाथि बाबुको समूहले गोली हान्न प्रयोग गरेको दुई पेस्तोलमध्ये एक त्यही थियो । उक्त पेस्तोलसहित प्रहरीले विक्रम तामाङ, रिल्डो तामाङ र नरेन्द्र मगरलाई पक्राउ गरेको थियो । भगवान थापामार्फत रिद्धबहादुर थापाले उक्त पेस्तोल खरिद गरेको अनुसन्धानबाट खुलेको छ । रिद्धबहादुर अहिले फरार छन् ।
बम हत्यामा प्रयोग भएको अर्को पेस्तोल करिब दुई वर्षअघि ललितपुरमा बरामद भइसकेको अनुसन्धानबाट खुलेको छ । मिलन लामा नामका व्यक्ति गत वर्ष पेस्तोलसहित पक्राउ परेका थिए । उनीसँग भेटिएको पेस्तोल बाबु समूहले नै बिक्री गरेको सिआइबीले जनाएको छ ।

भारतीय सहरमा खुला रूपमा ‘होम मेड’ पेस्तोल किन्न पाइने भएकाले नेपालका आपराधिक समूहहरूले भारतबाट सजिलै पेस्तोल भित्र्याउने गरेका छन् । खुला सिमाना र कमजोर सुरक्षा चेकिङका कारण साना हतियारको बिगबिगी बढेको प्रहरी अधिकारीहरू नै बताउँछन् । बाबु थापाले पनि भारतबाट चारवटा पेस्तोल सजिलै काठमाडौंसम्म ल्याएर न्यायाधीश बमको हत्या गर्न सफल भएका थिए ।

घटनाको दुई वर्ष सात महिनापछि गत शुक्रबार प्रहरीले न्यायाधीश बमका हत्यारा पक्राउ गरेको थियो । चुरे भावर पार्टीको आधिकारितासम्बन्धी विवादमा न्यायाधीश बमले आफ्नो विपक्षमा फैसला गरेकाले उनको हत्या गरेको बाबु थापाले प्रहरीसमक्ष बयान दिएका छन् । बमलाई गोली हान्ने उनका सहयोगी शिव भनिने करण चौधरी, प्रेम खड्का र दीपक कर्णलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नयाँ पत्रिका दैनिक

Loading...

यसमा तपाइको मत

main बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...