न्यायाधीश रणबहादुर बमको हत्याको थप खुलासा

Loading...
Spread the love

पौष २३, काठमाडौं । तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या गर्न १२ हजार भारतीय रुपैयाँमा पेस्तोलहरू किनिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याका योजनाकार बाबु थापाले भारतको बेतियाबाट चारवटा पेस्तोल खरिद गरेको बयान दिएका छन् ।

Justic Assassinators Publicizeप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका अनुसार हत्याको करिब तीन महिनाअघि बाबुले पेस्तोल ल्याएका थिए । तीमध्ये दुई पेस्तोल प्रहरीले बरामद गरेको छ । सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लका अनुसार बमको हत्या गरेपछि बाबुले पेस्तोल अन्य आपराधिक समूहलाई बिक्री गरेका थिए ।

प्रहरीले यसअघि नै दुई आपराधिक समूहबाट ती पेस्तोल बरामद गरिसकेको छ । तिनै पेस्तोलबाट बमको हत्या भएको जानकारी भने प्रहरीले अहिले पाएको हो ।

प्रहरीले १२ असोज ०७० मा पोखरामा पक्राउ परेको एक समूहबाट बमको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको थियो । सिआइबीका एसपी पीताम्बर अधिकारीका अनुसार सो समूहबाट ‘मेड इन रसिया’ लेखिएको पेस्तोल बरामद भएको थियो ।

बममाथि बाबुको समूहले गोली हान्न प्रयोग गरेको दुई पेस्तोलमध्ये एक त्यही थियो । उक्त पेस्तोलसहित प्रहरीले विक्रम तामाङ, रिल्डो तामाङ र नरेन्द्र मगरलाई पक्राउ गरेको थियो । भगवान थापामार्फत रिद्धबहादुर थापाले उक्त पेस्तोल खरिद गरेको अनुसन्धानबाट खुलेको छ । रिद्धबहादुर अहिले फरार छन् ।

बम हत्यामा प्रयोग भएको अर्को पेस्तोल करिब दुई वर्षअघि ललितपुरमा बरामद भइसकेको अनुसन्धानबाट खुलेको छ । मिलन लामा नामका व्यक्ति गत वर्ष पेस्तोलसहित पक्राउ परेका थिए । उनीसँग भेटिएको पेस्तोल बाबु समूहले नै बिक्री गरेको सिआइबीले जनाएको छ ।
भारतीय सहरमा खुला रूपमा ‘होम मेड’ पेस्तोल किन्न पाइने भएकाले नेपालका आपराधिक समूहहरूले भारतबाट सजिलै पेस्तोल भित्र्याउने गरेका छन् । खुला सिमाना र कमजोर सुरक्षा चेकिङका कारण साना हतियारको बिगबिगी बढेको प्रहरी अधिकारीहरू नै बताउँछन् । बाबु थापाले पनि भारतबाट चारवटा पेस्तोल सजिलै काठमाडौंसम्म ल्याएर न्यायाधीश बमको हत्या गर्न सफल भएका थिए ।

घटनाको दुई वर्ष सात महिनापछि गत शुक्रबार प्रहरीले न्यायाधीश बमका हत्यारा पक्राउ गरेको थियो । चुरे भावर पार्टीको आधिकारिता सम्बन्धी विवादमा न्यायाधीश बमले आफ्नो विपक्षमा फैसला गरेकाले उनको हत्या गरेको बाबु थापाले प्रहरीसमक्ष बयान दिएका छन् । बमलाई गोली हान्ने उनका सहयोगी शिव भनिने करण चौधरी, प्रेम खड्का र दीपक कर्णलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नयाँ पत्रिका दैनिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...