साउदीमा रहेका सुटर थापा डिफ्युजन नोटिसमा

Loading...
Spread the love

पौष २३, काठमाडौं ।

नाम : सञ्जय इस्माली मगर
उपनाम : भगवान थापा
उमेर : २८ वर्ष
ठेगाना : खनियापानी–७ रामेछाप
हाल : साउदी अरब
भूमिका : सुटर
न्यायाधीश बमलाई गोली हान्नेमध्येका एक थिए भगवान थापा भनिने सञ्जय स्माइली मगर । वैदेशिक रोजगारीका क्रममा उनी अहिले साउदी अरेबियामा छन् ।

Saudi arebiaउनलाई पक्राउ गरी नेपाल भित्र्याउन नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले वारेन्ट नोटिस जारी गरेको छ । थापाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको सिआइबीका प्रमुख डिआइजी हेमन्त पालले बताए । फरार अपराधीको अन्तर्राष्ट्रिय खोजीका लागि डिफ्युजन नोटिस जारी हुन्छ ।

अदालतले वारेन्ट जारी गरिएका विरुद्ध रेडकर्नर नोटिस जारी हुन्छ भने अदालतमा मुद्दा दायर भएर वारेन्ट जारी नभएका अयिभुक्तको हकमा डिफ्युजन नोटिस जारी हुन्छ । यस्तो नोटिस जारी भएपछि सम्बन्धित देशका प्रहरीले ती अभियुक्तलाई पक्राउ गरी निष्कासन गर्छ । नेपालको कुनै देशसँग पनि सुपुदर्गी सन्धि नभएकाले अपराधी हस्तान्तरण गर्ने चलन भने छैन ।

नेपाल प्रहरीको आग्रहमा हालसम्म १४ नेपालीसहित १६ जना अभियुक्तविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । जसमा रामचन्द्र शुक्ला, मीना शुक्ला, भिओआइपीका नाइके भोलाकिशोर डंगोल, हत्या घटनाका गोकर्ण गुरुङ छन् ।

त्यस्तै युनिटीका कृष्णबहादुर क्षेत्री, क्यापिटल मर्चेन्ट बैंक ठगेर अमेरिका भागेका पवन कार्की, युरोप पठाइदिने भन्दै ठग्ने सञ्जीव मुडभरी र विनय पाण्डेय छन् ।

अफगानिस्तान लैजाने भन्दै ठगी गर्ने अञ्जना तुलाधर, सोमनाथ निरौला, दुर्गा निरौला, ओमप्रकाश गुरुङ छन् । रामेछापमा बलात्कारपछि युवतीको हत्या गर्ने श्याम राउत पनि इन्टरपोलको डिफ्युजन नोटिसमा छन् । प्रहरीले उपचारका लागि लैजाँदा गंगालाल अस्पतालबाट भागेका पाकिस्तानी नागरिक जमिल भाटीविरुद्ध पनि इन्टरपोलले नोटिस जारी गरेको छ । उनी नक्कली भारतीय रुपैयाँसहित पक्राउ परी जेल चलान भएका थिए ।

पछि उपचारका लागि गंगालाल अस्पताल गएको वेला उनी शौचालयबाट भागेका थिए । गत वर्ष मकवानपुरमा एक महिलामाथि एसिड खन्याएर हत्याको प्रयास गरेका भारतीय नागरिक दिलीपराज केशरीविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

डिफ्युजन जारी गरिएका युनिटी इन्टरनेसनलका विष्णु क्षेत्री पहिले नै पक्राउ परिसके पनि उनको नाम हटाइएको छैन । त्यस्तै इन्टरपोलले अन्य ७२ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । नयाँ पत्रिका दैनिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...