बच्चाविना आफूहरू बाँच्नै नसक्ने

Loading...
Spread the love

पौष २३, काठमाडौं । आठ महिनामा जन्मेकी छोरी नबाँच्ने र बाँचे आफैँलाई पिर्ने भन्दै अस्पताललाई जिम्मा लगाएर घर हिँडेका एक दम्पती ५ दिनपछि फेरि बच्चा खोज्दै आएका छन् । बच्चाविना आफूहरू बाँच्नै नसक्ने भन्दै उनीहरू फेरि अस्पताल पुगेका हुन् ।

husband and wife with babyनुवाकोट खरानीटार-२ की हीरादेवी श्रेष्ठले गत २५ मंसिरमा बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा एक किलो दुई सय ग्राम तौलकी छोरी जन्माएकी थिइन् ।

समय नपुगी जन्मिएकी ती शिशुको पेट र सानो आन्द्राको बीचको नलीसमेत जोडिएको थिएन । चिकित्सकले शिशु बचाउन अप्रेसनको विकल्प नभएको बताउँदै आएका थिए ।

तर, चार दिनसम्म एनआइसियुमा राखेर स्वास्थ्य अवस्था बुझेका बाबु रामकुमार श्रेष्ठलाई लाग्यो, ‘आखिर बाँच्ने होइन, अप्रेसन गरेर किन खर्च बढाउनु । फेरि बाँचे पनि आठ महिनाको सन्तानले बाबुआमालाई पिर्छ भन्छन् । त्यस्तै पो हुने हो कि ।’

शिशुका बाबु श्रेष्ठ २९ मंसिरका दिन सुत्केरी आमा र बच्चा डिस्चार्ज गर्ने निर्णयमा पुगे । यो कुरा अस्पताल प्रमुख लोकबहादुर टन्डनसम्म पुग्यो । अस्पतालमा जन्मेको बच्चा उपचार नै पूरा नगरी मर्छ भनेर घर लैजान लागेको थाहा पाएका टण्डनले श्रेष्ठ दम्पतीलाई तत्काल प्रस्ताव राखे, ‘मर्छ वा पिर्छ नै भन्ने लाग्छ भने बच्चा अस्पताललाई दिनुस्, हामी उपचार गर्छौं । तर, त्यसरी नलैजानुस् ।’

टण्डनको आग्रहलाई शिशुको बाबु श्रेष्ठले तत्कालै स्विकारे र बच्चा अस्पतालको जिम्मा लगाई सुत्केरी श्रीमती लिएर घरतिर लागे । टण्डनले तत्काल प्याडियाट्रिक सर्जन डा. गेहराज दाहाल र बालरोग विशेषज्ञ डा. सूर्यबहादुर थापासँग सल्लाह गरे ।

त्यसैअनुसार गत ३० पुसमा डा. दाहाल र थापाको टोलीले शिशुको शल्यक्रिया गर्‍यो । पेट र सानो आन्द्रा बीचको खाली भाग (ड्युडेनल इन्ट्रेजिया) शल्यक्रिया गरी जोडिदियो । शल्यक्रिया गरेको चार दिनपछि बच्चाका आमाबाबु हस्याङफस्याङ गर्दै आएर अस्पतालसँग भने, ‘छोरी त हामीलाई चाहिन्छ, ऊविना हामी बाँच्नै सक्दैनौँ ।’

अस्पतालका प्रमुख टण्डनले मर्छ र पिर्छ भन्दै छाडेर गएका आमाबाबु ऊविना बाँच्नै सक्दैनौँ भन्दै आएपछि बच्चा उनीहरूकै जिम्मा लगाएको बताए । बाबुआमाले छाडेर गएदेखिको सम्पूर्ण उपचारखर्च पनि अस्पतालले बेहोर्ने टण्डनले बताए । उनले २९ मंसिरदेखि २२ पुससम्म करिब १ लाख ७५ हजार खर्च भएको बताए । नयाँ पत्रिका दैनिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...