म बाँच्न चाहन्थे तर आफ्नै बाबुको स्वास्नी भएर हैन !

Loading...
Spread the love

लोचना शर्मा ।  आफूले जन्माएकी छोरीलाई पटक पटक बलात्कार गर्ने काभ्रेपलान्चोक जिल्ला पनौती–२ सुब्बागाउँका प्रकाशबहादुर कार्कीलाई जिल्ला अदालत काभ्रेले १८ वर्ष कैद र दुईलाख क्षतिपूर्ति भराउने फैसाला सुनाएको छ ।

अभियुक्त कार्कीलाई काभ्रे जिल्ला अदालतले आज सो सजाय गरिने फैसला सुनाएको हो । लामो समयदेखि आफ्नै बाबु र हजुरबुबाबाट बलात्कारको सिकार हुदै आइरहेकी छोरीले रक्षा नेपालको पहलमा सो न्याय पाएकी हुन् ।
Puja Karki
पीडित बालिकाका तर्फबाट बहस पैरबी गर्ने रक्षा नेपालका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले दिएको जानकारी अनुसार अभियुक्त बाबुलाई सो अदालतले हाडनाता करणी गरेको ठहर गर्र्दै १० वर्ष र जबर्जजस्ती करणी गरेको ठहर गर्दै ५ देखि ८ वर्ष समेत हुने गरी दुबै सजाय हुने फैसला सुनाएको हो । बालिकाको पक्षमा अधिवक्ता भाइराजा राई ,अधिवक्ता विष्णु पाठकले समेत बहस पैरबी गरेका थिए ।

कक्षा ६ मा पढ्दा उनलाई हजुरबुवा इन्द्र बहादुर कार्र्कीले बलत्कार गरे । तीनपटक यो घटनाबाहिर आएपछि विष सेवन गरेर उनका बालात्कारी हजुरबुवाले आत्महत्या गरीसकेका छन् ।

कक्षा ९ मा बढ्दै गर्दा उनका बुवा मकाउबाट घर आए । बुवाले पहिले देखि उनलाई माया गर्ने शरीर चलाउने, अंगालो हाल्ने गर्थे । उनलाईचाहि बुवाले माया गर्नु भएको भन्ने लाग्थ्यो । फुपुलाई हेर्न मम्मी अस्पताल गएको गएको रात मौका पारेर उसले मलाई बलात्कार गर्यो । त्यसपछि उसले पटक पटक बलात्कार गरेको कुरा उनले दिएको जाहेरी दरखास्तमा उल्लेख गरेकी छिन् ।

अती नै हुन थाले पछि उनलाई त्यो घरको भित्ता भित्ताले पनि पोल्न थाल्यो र ३० साउनमा पिडा सहन नसकेर धुलीखेलको जंगलमा गएर उनले मेटासिट खाएकी थिइन् ।

उनी बावु र हजुरवाबुको स्वास्नी हुनुभन्दा आफ्नो जीवन समाप्त गर्न चाहन्थिन् । जीवनलाई समाप्त गर्न विष सेवन गरी छट्पटाइरहेको अवस्थामा गस्तीमा गएको प्रहरीले भेटेर उनलाई समयमा अस्पताल पुरयायो र उनी बाँचिन् । १० दिनको अस्पताल बसाइपछि प्रहरीले नै डिस्चार्ज गरी उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा पुरयाएको थियो ।

प्रहरीको बयानमा उनले भनेकी थिइन् “मलाई आफ्नै जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन, अनि मैले विष सेवन गरेर आफ्नो जीवन समाप्त गर्न खोजेको थिएँ। तर, विषले पनि मलाई साथ दिएन, म अभागी बाँचे, त्यो पापीसँग पैसा छ, पावर छ ।”

आफ्नै बाबु र हजुरबुबाबाट पटक पटक बलात्कृत भएकी छोरी पूजा कार्कीले फैसला आएपछि नेपाल कानुनडटकमसँग कुरा गर्दै :

“आज अदालत गएर त्यो पातकिको मुखभरी थुक्दिन मन थियो”

Puja Karki

आफ्नो पक्षमा फैसला भएपछि खुसी साट्दै आमा (मेनुका थापा) का साथमा

“म बाँच्न चाहन्थे तर आफ्नै बाबुको स्वास्नी भएर हैन ! मैले मर्न चाहेँ बिषले पनि मलाई सहयोग गरेन त्यसपछि मैले रक्षा नेपाल र प्रहरीको सहयोगमा ममाथि भएको अन्यायलाई उजागर गर्दै अदालतको ढोका ढकढकाएँ ।”


अदालतमा मुद्दा दायर गरेदेखि नै कहिले फैसल्ला हुने होला भन्ने भैरहेको थियो अनि आज अन्तिम बहसको दिन रे,आज फैसला हुन्छ रे भन्ने सुन्दा एकदमै छटपटी भै रहेको थियो ।

“खासमा मलाई आज अदालत गएर त्यो पात्तकिलाई भेटेर मुखै मुखमा थुक्दिन मन थियो । तर म जान नपर्ने भएकोले गइनँ,,, अहिले आमा (मेनुका थापा) को मुख बाट १८ बर्ष सजाय र २ लाख रुपैया क्षेतिपूर्ति भन्ने फैसला भयो रे भन्ने सुन्दा खुसीले आशु झरी रहेको छ,, म त् तेस्को मृत्यु चाहन्थे तर यो हदैसम्मको कार्बहिले पनि मलाई ठुलो राहत दिएको छ ।”


“धन्यवाद सम्माननीय न्यायाधिस (गोपाल बास्तोला) ज्यु,काभ्रे. अनि धेरै धेरै धन्यवाद मेरो पक्षमा लड्नुहुने सबैलाई”

यी बालिका र यस्तै यौनहिंसा पीडिलतलाई रक्षा, सुरक्षा र आश्रय दिने संस्था रक्षा नेपालका अध्यक्ष मेनुका थापाले नेपाल कानुन डटकमसँग कुरा गर्दै यो फैसलाको स्वागत गरेकी छिन्  ।

पूजा बोहराको मुद्दालाई झैँ अरु कुनै निकायले उल्ट्याइदिएन भने यो पूर्ण जीत हो,,, !!!!

menuka thapa

मेनुका थापा अध्यक्ष : रक्षा नेपाल


हाल भएको कानुनी व्यवस्था अनुसार हदै सम्मको कारबाही गर्ने गरि आएको फैसलाले सम्पूर्ण बलात्कृत छोरीहरुलाई थप उर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु र यो फैसलाको स्वागत गर्दछु ।

पूजा बोहराको मुद्दालाई झैँ अरु कुनै निकायले उल्ट्याइदिएन भने यो पूर्ण जीत हो,,, १११ अनि यो पितृसतात्मक समाजलाई यो फैसलाले केही सोच्न पनि बाध्य बनाएको छ,,,

हिजोसम्म आफ्नै बाबुले पनि बलात्कार गर्छ त भनेर आश्चार्य मान्ने समाजलाई यो फैसलाले ओहो कुनै कुनै बाबु साच्चै बलात्कारी हुने रैछन भनेर सुसुचित मात्रै गरेको छैन, गम्भीर हुन झक्झकाएको पनि छ १ यो अदालतको साहसी फैसलाको असली हकदार पूजा छोरी त हुन् नै यसलाई गम्भीर रुपमा उठाउनुहुने मिडिया, अधिबक्ता, सरकारी वकिल,सुभचिन्तक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु

कहिले होला दु्त न्याय प्रणालीको शुरुआत

खर्च गर्न नसक्ने हुतिहारा कर्मचारी कानुनलाई किन दोष लगाउँछन् ?

परिषद्को पाँचै विकास क्षेत्रको पार्षद्को मत परिणाम सार्वजनिक

राज्यले पनि पीडितलाई न्यायभन्दा पीडा नै थोपर्छ

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...