सशस्त्र प्रहरी महानिरीक्षक महिला भलिबल

Loading...
Spread the love

पौष २३ ,काठमाडौं । ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७१’ सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही पौष २५ गतेदेखि २९ गतेसम्म संचालन हुने भएको छ ।

राष्ट्रिय खेलकुदको विकासमा सहयोग  तथा खेलाडीहरुको खेलप्रतिभा उजागर गर्न टेवा पुग्ने अपेक्षाका साथ सशस्त्र प्रहरी बलले दोस्रो पटक संचालन गर्न लागेको उक्त भलिबल प्रतियोगिताको कूल पुरस्कार राशी चार लाख २५ हजार रुपैयाँ तथा ट्रफि रहेको छ । प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनुका साथै यसवर्ष उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार रपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय स्तरको सो प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डाइमण्ड एकेडेमी, श्री चण्डेश्वरी युवा क्लब रामेछाप, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर, पश्चिमाञ्चल भलिबल टिम र श्री गाउँ खेलकुद विकास समिति दाङ्गको टिम गरी कूल आठवटा टिमहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताको उद्घाटन खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयको एपीएफ भलिबल कोर्टमा हुनेछ भने अन्य खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुने छन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंह बहादुर श्रेष्ठले प्रतियोगिताका सम्पूर्ण खेलहरु अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) नियममा रही नेपाल भलिबल संघकोे प्राविधिक सहयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रिद्वारा संचालन हुने बताएका छन्  । उनले प्रतियोगिताका सम्पूर्ण खेलहरु लिग कम नकआउटको आधारमा खेलाइने जानकारीसमेत दिए।

‘प्रतियोगिता संचालनका लागि विभिन्न समितिहरुको व्यवस्था गरिएको तथा खेल संचालनमा कुनै किसिमको विवाद आएमा आयोजक समिति तथा प्राविधिक समितिको निर्णय अन्तिम हुनेछ’–सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले बताए ।

खेलकुदको महत्वलाई आत्मसाथ गर्दै एपीएफले खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाई उल्लेखनीय सफलता हासिल गरिरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले संगठनले व्यावसायिक दायित्वकासाथै खेलकुदको विकास र विस्तारमा निरन्तर सहयोग पु¥याउन राष्ट्रिय स्तरमा कृष्णमोहन स्मृति ब्याडमिन्टन, एपीएफ लनटेनिस र महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको जनाएका छन् ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एपीएफ क्लबका खेलाडीहरु सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल रहेको चर्चा गर्नुहुँदै प्रतिभावान खेलाडीहरुको पहिचान गर्नकै लागि राष्ट्रिय स्तरका प्रतियोगितादेखि आन्तरिक रुपमा समेत बृहत खेलकुद प्रतियोगिता संचालन गरिरहेको कुरा उल्लेख गर्नुभयो ।
उपत्यका बाहिरबाट आउने टिमका प्रत्येक खेलाडीहरुलाई दैनिक आठ सय रुपैयाँ र खेलको एक दिन अगाडिबाट भत्ता तथा आउने जाने बस भाडाको समेत व्यवस्था गरिएको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

Loading...

यसमा तपाइको मत

कानुन र खेलकुद बाट अन्य

बन्नेभयो रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन

Spread the loveकाठमाण्डौ: इन्धन आपूर्तिका हिसाबले महत्वपूर्ण मानिएको योजना सीमवर्ती रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत कार्यान्वयनमा भारतीय पक्षले तत्परता देखाएको छ । भारतीय केन्द्र सरकारले मन्त्रिस्तरीय टोलीले त्याहाको सम्बन्धित पूर्वी...

इन्सुरेन्स कम्पनीको सहयोग पाउने आशमा बिरामी कुमार

Spread the loveमेरा श्रीमान कुमार पौडेल कतार जानुभएको थियो । त्यहाँ गएको डेढ वर्षपछि दुईवटै मृगौला काम नलाग्ने भएका हुन् । दुई चार महिना उतै उपचार गराउनुभयो । नेपाल आएको झण्डै एक वर्ष हुन...

ग्याँस र फलामको उत्खनन कार्य यसरी हुँदैछ नेपालमा

Spread the loveकाठमाण्डौ: आगामी तीन वर्षभित्र पेट्रोलियम पदार्थको खानी अध्ययन गरी उत्खनन काम सुरु हुने उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको कार्यक्रमममा मन्त्री पाण्डेयले मुलुक आर्थिक समृद्धिको दिशामा अघि...

अन्तत विराट पेट्रोलको मूल्य प्रतिलिटर ९९ कायम

Spread the loveविराट पेट्रोलियम कम्पनिले अन्ततः ९९ रूपैया प्रतिलिटरमा पेट्रोल बिक्री गर्न थालेको छ। शनिबारसम्म सोही तेल १ सय ३० रूपैया प्रतिलिटरमा बिक्री गर्दै आएको थियो । आफूखुसी १ सय ३० मा बिक्री सुरू गरेपछि...

साग विजेता टोलीलाई झापामा भव्य स्वागत (फोटोफिचर)

Spread the loveनेपालाई २३ वर्षपछि ठूलो जित हाँसिल गराउने साग विजेता फुटबल टोली केही बेरपछि नेपाल आइपुग्दैछ नेपाली भूमि प्रवेश गर्न साथ स्वागतका लागि सीमावर्ती नेपाली क्षेत्र काँकरभिट्टामा सयौं सर्वसाधरण हरु लामबद्ध भएर नेपाली...

अस्पतालको लापरबाहिले बच्चीको मृत्यु

Spread the loveजेठ १५, काठमाडौं । काठमाडौंको एउटा चल्तीको बाल अस्पतालले गरेको गलत डाइग्नोसिसका कारण मस्तिष्कघात भएपछि १५ महिनादेखि दिल्लीस्थित गंगाराम अस्पतालको सघन उपचार कक्षामा उपचाररत २२ महिने आनभी रिजालको मृत्यु भएको छ । शरीरको...

जाँदा जाँदै … ….

Spread the loveकाठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दासले क्रिकेट खेल्नबाट चैत २८ गते सन्यास लिएका छन्। त्रिवि क्रिकेट मैदानमा आफ्नो अन्तिम खेल खेल्दा उनले फिलिप ह्युजको सम्झनामा खेलिएको खेलको टिम ब्लुको कप्तानी गरेका...

अष्ट्रेलिया पाँचौं पटक विश्व च्याम्पियन

Spread the loveचैत १५, काठमाडौं । न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट ग्राउण्डमा न्यूजिल्याण्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३.१ ओभरमा...

सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता सन्चालन

Spread the loveचैत १५, काठमाडौं ।  सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा चैत्र ११ गतेबाट संचालित ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ अन्तर्गत शनिबार विभिन्न इभेन्ट्सका फाइनल, सेमीफाइनल तथा क्वार्टरफाइनलका खेलहरु भएका छन् । आज...

के अनुष्का र विराटबीच प्रेम हुनु गलत हो ?

Spread the loveविश्वकपमा अष्ट्रेलियासँग भारतको नराम्रो हार पछि भारतीय नागरिकहरुले बिराट कोहली र नायिका अनुष्काको फोटोहरु च्यातेर बिरोध जनाए । उनीहरुले बिराटले नराम्रो खेल्नुको पछाडि अनुष्काको हात भएको बताएर उक्त बिरोध जनाइरहेका बेला भारतीय पूर्व कप्तान...