अप्रेसन शंखमूलको नालिबेली

Loading...
Spread the love

पौष २४, काठमाडौं । साढे दुई वर्षअघि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश रणबहादुर बमको दिनदहाडै गोली हानी हत्या भएको थियो । हत्या भएको साढे दुई वर्ष बितिसक्दा पनि हत्याराको पहिचान गर्न नसकेपछि प्रहरीको आलोचनासमेत भएको थियो ।

तर, गत शनिबार बमका हत्याराहरू पक्राउ परे । गम्भीर किसिमका अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखसमेत रहेका डिआइजी हेमन्त मल्ल ठकुरीको नेतृत्वमा भएको अनुसन्धानले बम हत्यामा संलग्नहरूलाई पक्राउ गरेको हो । डिआइजी मल्ल ठकुरीले ‘अप्रेसन शंखमूल’को नाममा गरिएको अनुसन्धानको नालिबेली .

हत्यापछिको चुनौती

माननीय न्यायाधीशज्यूको हत्यालाई नेपाल प्रहरीले एउटा चुनौतीका रूपमा लिइरहेको थियो । यो नेपालको पछिल्लो दशककै हाइप्रोफाइल हत्या हो । हत्यामा संलग्नहरू पक्राउ नपर्दा प्रहरीलाई चुनौती र दबाब महसुस भएको थियो । प्रहरीका धेरैजसो मिटिङमा यो विषय उठ्ने गथ्र्यो । नयाँ आइजिपी आउनुभएपछि उहाँले पनि यो विषय उठाउनुभयो ।

नेपाल प्रहरीका माथिल्ला अधिकारीहरूले बम हत्याको अनुसन्धानबारे प्रश्नहरू बारम्बार झेल्दै आएका थिए । बमको परिवारले ‘नेपाल प्रहरीले यो केस हेर्दा पनि हेर्दैन, त्यही भएर हामी भेट्न पनि आएनौँ र चुप लागेर बस्यौँ’सम्म भन्नुभयो । बाहिरतिरबाट पनि अनुसन्धान भइरहेको छैन कि भन्ने खालका कुरा आए । तर, अनुसन्धान निरन्तर भइरहेको थियो ।

पक्राउ गर्नासाथ कबुल

यो घटनासँग सम्बन्धित केही महत्त्वपूर्ण सूचना हामीलाई केही दिनअघि अचानक प्राप्त भयो । सूचनाले औँल्याएको व्यक्तिसँग हामीले पहिले नै सोधपुछ गरिसकेका थियौँ । तर, यसपटकको अवस्था अलि फरक थियो ।

दुई–तीन दिनअघि हत्यामा संलग्न मानिस यिनीहरू हुन सक्छन् भनी करिब–करिब औँल्याउन सकिने खालको सूचना हामीलाई प्राप्त भएको थियो । कुनै न कुनै रूपमा हत्याकाण्डमा यो समूह संलग्न छ भन्ने कुरा आएपछि दीपक कर्ण र शिव भनिने करण चौधरीलाई जनकपुरबाट पक्राउ गर्‍यौँ । स्थानीय प्रहरी र सिआइबीको टोली उनीहरूलाई पक्राउ गर्न गएको थियो ।

तत्कालै अर्को टिम बाबु थापालाई पक्राउ गर्न परिचालन गरियो । पक्राउ गरी सोधपुछ गर्दा हाम्रो आशंका सही निस्कियो । बाबु थापासँगै सर्लाहीबाट हामीले प्रेम खड्कालाई पनि पक्राउ गरेका थियौँ । यसअघि दुईपटक ल्याएर सोध्दा पनि बाबु थापाले हत्यामा संलग्नता स्वीकार गरेका थिएनन् । हामीले प्रमाणित गर्न पनि सकेका थिएनौँ ।

तर, पछिल्लोपटक पक्राउ गर्दा ‘तपाईंहरूले यो घटनाबारे थाहा पाइसक्नुभएको छ’ भन्दै उनले पक्राउ गरेको स्थानमै हत्याको बेलिविस्तार लगाए । ‘मैले बुझँ, तपाईंहरू यही घटनाका लागि आउनुभएको हो । यो घटनाबारे अब लुकाउनुपर्ने कुरा केही छैन,’ पक्राउ गर्न पुगेको टोलीसमक्ष उनले भने । अनुसन्धानका क्रममा हामीले निकालेको निचोड र उनको भनाइ ठ्याक्कै म्याच भयो ।

त्यसपछि चारैजनालाई काठमाडौं लिएर आयौँ । हाम्रो प्रमुख चासोको विषय हत्या किन गरियो भन्ने पत्ता लगाउनु थियो । अनुसन्धान गर्दा चुरे भावर एकता पार्टीभित्रको विवाद नै हत्याको प्रमुख कारण रहेको खुल्यो । पार्टी कसको भन्ने कुरामा विवाद थियो । विवादमा निर्वाचन आयोगले बाबु थापाको पक्षमा फैसला गर्‍यो । विवाद सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्चले उनको विपक्षमा फैसला गर्‍यो । यो नै बमको हत्या गर्नुपछाडिको ‘मोटिभ’ रहेको अहिलेसम्मको हाम्रो अनुसन्धानले देखाएको छ ।

जेलमै योजना

न्यायाधीश बमज्यूबाट उक्त मुद्दामा आदेश भएलगत्तै ०६७ सालमा नै उहाँको हत्या गर्ने मनस्थिति बनाइसकेको देखिन्छ । ०६७ सालमा बाबु थापा अपहरण तथा शरीर बन्धक मुद्दामा जलेश्वर कारागारमा रहेका वेला करण चौधरीसँग उनको चिनजान भएको थियो । जेलबाट छुटेपछि दुवै काठमाडौं आए । बाबुले नै उनलाई काठमाडौं ल्याएको देखिन्छ ।

सञ्जय स्माइली मगर भनिने भगवान थापा पनि चुरे भावर पार्टीमै थिए । एउटै पार्टीमा भएकाले बाबु थापासँग उनको चिनजान थियो । भगवान थापासँग मिलेर नै बाबुले हत्या गर्ने योजना बनाएका थिए । दुवैजनाले सुटरका रूपमा करण चौधरीलाई प्रयोग गर्ने योजना बनाएका थिए । चौधरी राम्रो सुटर भएकाले दुवैले उनलाई रोजेका थिए ।

पहिलेदेखि नै घटनाको मनस्थिति बनाए पनि ०६८ चैतमा योजना अघि बढाएको देखिन्छ । त्यसवेलादेखि चाहिँ उनीहरू मार्नैपर्छ भनेर लागेका थिए । बाबु र भगवान दुवै त्यसरी लागेको देखिन्छ । उनीहरूले अन्य तीनजनालाई घटनामा सहयोगीका रूपमा प्रयोग गरेको देखिन्छ ।

मार्ने नै योजना बनिसकेपछि उनीहरूले न्यायाधीशज्यूको निगरानी गर्न थालेका थिए । उहाँलाई घरदेखि अदालतसम्म पछ्याउन थालेका थिए । घरदेखि अदालतसम्म जान उहाँले प्रयोग गर्ने बाटो पत्ता लगाएका थिए । उहाँ नियमित रूपमा बंगलामुखी मन्दिरको दर्शनमा जाने कुरा थाहा पाएका थिए । त्यसकारण मन्दिरमा नै हत्या गर्ने निचोडमा सो समूह पुगेको थियो ।

मन्दिर छाडेर सडकमा

१९ जेठ ०६९ को बिहान हत्या गर्ने योजना उनीहरूले बनाए । त्यो दिन बिहान करिब ९ बजे पाँचैजना कोटेश्वरमा जम्मा भएका थिए । उनीहरूसँग तीनवटा मोटरसाइकल थिए ।

त्यसमध्ये एउटामा बाबु थिए भने अरू चारजना अन्य दुई मोटरसाइकलमा थिए । भगवान थापा र शिव चौधरी एउटा मोटरसाइकलमा तथा प्रेम खड्का र दीपक कर्ण अर्को मोटरसाइकलमा थिए । बाबु, भगवान, शिव र दीपकले एक–एकवटा पेस्तोल बोकेका थिए । सुट गर्ने प्रमुख जिम्मेवारी भने भगवान र शिवलाई तोकिएको थियो । बाबुको काम गाडीलाई पिछा गर्ने थियो ।

त्यो दिन न्यायाधीशज्यू नियमित हिँड्ने बाटो भएरै जानुभएको थियो । घटनास्थल छनोटमा उनीहरूले विकल्प राखेको देखिन्छ । बंगलामुखी मन्दिरमा नै घटना घटाउन सकिन्छ कि भन्ने पहिले योजना बनाएका थिए । उहाँले मन्दिरमा दर्शन गर्न लागेको वेला उनीहरू सबै त्यहाँ पुगिसकेका थिए ।

यहाँ गोली हानियो भने धेरै मान्छे घाइते हुन्छन् भन्ने ठानेर मन्दिरमा आक्रमण गरेनन् । फेरि मन्दिर भएको ठाउँबाट भाग्न उनीहरूलाई गाह्रो पनि थियो । अवस्थाको मूल्यांकन गरेर बाबुले भगवान थापालाई तत्काल फिर्ता बोलाए । तिमीहरू अगाडि जाँदै गर, म आउँछु भनेर निर्देशन दिए । उनीहरूले खोलाकिनारको बाटोमा हत्याको
योजना बनाए ।

न्यायाधीशज्यूको गाडी शंखमूलको युएनपार्कनजिकै पुग्दा उनीहरूले टेकओभर गरे । गाडी रोकिनासाथ बडिगार्ड महेश गिरी गाडीबाट निस्किए । गाडीबाट निस्कनासाथ करणले महेशलाई गोली हाने । भगवानले मोटरसाइकलबाट ओर्लिएर न्यायाधीशज्यूलाई गोली हाने । दुवैले न्यायाधीशलाई गोली हान्न खोजेपछि बडिगार्डले रोक्न खोजे । यसो गर्न खोज्दा महेशलाई दोस्रो गोली लग्यो ।

घटनापछि उनीहरू दुइटा मोटरसाइकलमा सुविधानगर गए । बाबुले चाहिँ मोटरसाइकलमा आएर घटनास्थल नियाले । त्यसपछि सबैजना सुविधानगरमा भेला भए । त्यहाँबाट उनीहरू सबै काँडाघारीस्थित बाबु थापाको घरमा गए ।
न्यायाधीशज्यूको उपचारका क्रममा मृत्यु भएको थियो । बडिगार्ड महेश गिरी घाइते भए । न्यायाधीशज्यूका साथी राम गिरीलाई पनि एउटा गोली लागेको थियो ।

हत्यामा संलग्नहरूले क्रमैसँग आफूहरूसँग भएका हतियार विभिन्न व्यक्तिलाई दिए । त्यसमध्ये दुईवटा हतियार पहिले नै फेला परिसकेको रहेछ । गत वर्ष असोजमा पक्राउ गरिएको एउटा समूहबाट बरामद भएको हतियार उक्त घटनामै प्रयोग भएको भन्ने खुलेको छ । अर्को हतियार गत वर्ष ललितपुरमा बरामद भएको अहिले आएर खुलेको छ । एउटा सुटर भगवान थापा साउदी अरबमा रहेकामा उनलाई पक्राउ गर्न हामीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिसकेका छौँ । अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

यसकारण शंखमूलमै हत्या

न्यायाधीशज्यू बिहान सधैँ मर्निङ वाक गर्नुहुन्थ्यो । उहाँको घरआसपासको क्षेत्र सुनसान पनि छ । यो सब थाहा पाएर पनि उनीहरूले मर्निङ वाकको समयमा हत्याको योजना बनाएनन् । किन उनीहरूले त्यो सजिलो तरिका अपनाएनन् रु अप्ठेरो ठाउँमा किन घटना घटाए भन्नेमा पनि अनुसन्धान गर्‍यौँ । न्यायाधीशज्यूको घरछेउको क्षेत्रभन्दा घटनास्थल अप्ठेरो छ । त्यहाँबाट भाग्न पनि गाह्रो छ । हामी जहाँ पनि हत्या गर्न सक्छौँ भन्ने मेसेज दिन उनीहरूले अप्ठेरो ठाउँ रोजेको देखिन्छ ।

घटनालगत्तै यसको विस्तृत अनुसन्धान भएको थियो । त्यसवेला कुबेरसिंह राना सा’बको बोर्डले व्यापक रूपमा अनुसन्धान गरेको थियो । करिब एक सयजना परिचालन गरेर प्राविधिक तथा विभिन्न मानवीय सूचनाको आधारमा अनुसन्धान गरिएको थियो । विभिन्न प्रविधि प्रयोग गरिएको अनुसन्धानबाट जम्मा गरिएका प्रतिवेदन केस हेर्नेगरी सिआइबीलाई जिम्मा दिइएको थियो । त्यसवेलादेखि नै ‘अप्रेसन शंखमूल’ नाम दिइएको यो अनुसन्धानलाई सिआइबीले निरन्तरता दिँदै आएको थियो ।

यसमा नेपाल प्रहरीका धेरै युनिट खटिएका थिए । महानगरीय प्रहरी, काठमाडौं परिसर, अपराध महाशाखा, ललितपुर प्रहरी, सिआइबी, मध्यक्षेत्रअन्तर्गतका धनुषा, सर्लाही जिल्लाका प्रहरीसमेत संलग्न भएका थिए ।

सिआइबीले विभिन्न कोणबाट हेरेको थियो । त्यही घटनाको अनुसन्धानका क्रममा अहिले पक्राउ गरी ल्याएका मान्छेलाई पहिला सोधपुछ गरिएको थियो । पहिला तिनीहरू किन पक्राउ परेनन् रु अहिले किन पक्राउ परे भन्ने थुप्रै प्रश्न उठेका छन् । अनुसन्धान गर्दा अनुसन्धानको चेन पनि मेन्टन हुनुपर्छ । प्रमाण चाहिन्छ । त्यसवेला ती व्यक्तिलाई ल्याएर सोधपुछ गरिए पनि प्रमाणको अभावमा हामीले कारबाही अघि बढाउन सकेनौँ ।

कुनै अपराधको अनुसन्धान तत्काल सफल हुन्छ, कुनै वर्षौं लाग्न सक्छ । यो अनुसन्धानका लागि दुई वर्ष सात महिना लाग्यो । अमेरिकी राष्ट्रपति केनेडीको मृत्यु भएको वर्षौं भइसक्यो । तर, अहिलेसम्म अनुसन्धानले प्रस्ट पार्न सकेको छैन ।

म अपराध महाशाखामा हुँदा न्युरोडमा अञ्जनीकुमार चाचनको हत्या भएको थियो । त्यसमा संलग्न व्यक्तिहरूले पहिलेदेखि नै अपराध गर्दै आएको पछि मात्र खुल्यो ।

यो घटनाको अनुसन्धानमा हामीलाई दुई वर्ष सात महिना लाग्नुको एउटा कारण के पनि हो भने यो पेसेवर अपराधीहरूबाट घटाइएको घटना थियो । सामान्य अपराधीले गरेको अपराध छिटो पत्ता लाग्छ । पेसेवर अपराधीले योजना बनाएर गरेको घटनाको अनुसन्धानमा समय लाग्छ ।

पहिला पक्राउ परे पनि उनीहरूविरुद्ध हामीले प्रमाण संकलन गर्न सकेनौँ । प्रमाणहरू छरिएर रहेका थिए । अहिले आएर प्रमाणहरू जोडिए र अनुसन्धान सफल भयो ।

घटनाका प्रमुख योजनाकार बाबु थापा आपराधिक मानसिकता भएका व्यक्ति हुन् । सर्लाहीमा उनी पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न थिए । सप्तरीमा पनि उनीविरुद्ध विभिन्न मुद्दा छन् । सर्लाहीमा पनि मुद्दाहरू हुनुपर्छ । ती सबै केस छानबिन गर्ने क्रममा हामी छौँ ।

पहिला यो घटनाको अनुसन्धान हुनेमा आफन्तहरूले पनि आश मारिसक्नुभएको रहेछ । घाइते हुनुभएका राम गिरीजी आफैँ आएर धन्यवाद दिनुभयो । न्यायाधीशज्यूका छोरीज्वाइँहरू आउनुभयो । बडो खुुसी हुनुभयो । ‘आश मारिसकेका थियौँ’ भन्नुभयो ।

‘यति समयपछि पनि अनुसन्धान होला जस्तो लागेको थिएन, आज आएर अनुसन्धान भएकोमा एकदम खुसी लागेको छ, यिनीहरूलाई बढीभन्दा बढी सजाय हुनुपर्छ’ भनी सबैले भन्नुभएको छ । ढिलै भए पनि उनीहरूलाई पक्राउ गरेर पीडितलाई न्याय दिलाउन नेपाल प्रहरी सफल भएको छ ।  नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...