अन्तर्राष्ट्रिय अपराधको केन्द्र बन्दै नेपाल

Loading...
Spread the love

पौष २४, काठमाडौं । पर्यटन र बिजनेस भिसामा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकलाई सरकारले निष्कासन गरेको छ । एक वर्षमा ९४ जना विदेशी नागरिक निष्कासित भएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०१४ मा विभिन्न २८ देशका नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । सबैभन्दा धेरै निष्कासित हुनेमा चिनियाँ, इराकी र सिरियन रहेको विभागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिए ।

एक वर्षमा १६ जना चिनियाँ, १५ जना इरानी तथा १५ जना सिरियन नागरिक नेपालबाट निष्कासित भएको विभागले जनाएको छ । १६ चिनियाँमध्ये १० जना नक्कली पासपोर्ट, तीनजना भिओआइपीसम्बन्धी अपराध, दुईजना वनसम्बन्धी अपराध र एकजना कर्तव्य ज्यान मुद्दामा पक्राउ परी निष्कासन गरिएका हुन् ।

नक्कली राहदानीसहित पक्राउ पर्ने चिनियाँ सबैजसो तिब्बती शरणार्थी भएको अध्यागमन अधिकारीहरू बताउँछन् । निष्कासनमा परेका १५ इराकी र १५ सिरियन नागरिक सबै नक्कली पासपोर्टसहित पक्राउ परी निष्कासित भएका हुन् ।

निष्कासनमा बंगलादेशका आठजना परेका छन् । तीमध्ये चारजनाले नेपाल आउन नक्कली पासपोर्ट प्रयोग गरेका थिए भने तीनजना नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न रहेको विभागले जनाएको छ । एकजना भिसा नलिई नेपालमा लामो समय बसेकाले फर्काइएका हुन् । लागुऔषधसहित पक्राउ परेका अस्ट्रियाका एक नागरिक नेपाल आउन नपाउने गरी फर्काइएका छन् ।

नेपाल आएर आपराधिक गतिविधिमा संलग्न हुनेमा अमेरिका, बेलायत, सिंगापुर, नेदरल्यान्ड, स्वीडेन, फ्रान्सजस्ता विकसित देशका नागरिकसमेत छन् । स्वीडेनका एक नागरिक नक्कली पासपोर्ट, बेलायतका चारजना चोरी पैठारी, फ्रान्सका एकजना लागुऔषध मुद्दामा कारबाहीमा परेर फर्काइएका हुन् ।

केही सार्वजनिक अपराध मुद्दामा प्रहरीले पक्राउ गरेका मोजाम्बिकका एक नागरिकलाई पनि निष्कासन गरिएको थियो । अमेरिकाका दुईमध्ये एक नक्कली पासपोर्ट तथा अर्का ओभर स्टे मुद्दामा फर्काइएका हुन् ।

त्यस्तै, पाँचजना पाकिस्तानीलाई निष्कासन गरिएको र अन्य चारजना निष्कासनको क्रममा रहेको विभागले जनाएको छ । पाँचमध्ये दुईजना नक्कली पासपोर्ट बोकेकाले तथा अन्य तीनजनामध्ये एक नक्कली भारुको कारोबार, एक चोरी पैठारी र एक ठगी मुद्दामा कारबाही भोगेका थिए ।

लागुऔषधसहित पक्राउ परेका इटालीका नागरिक पनि फर्काइएका छन् । नाइजेरियाका दुई, रसियाका दुई, अफगानिस्तानका दुई, बेलारुसका एक, इराकका तीन, स्पेनका एक, लाइबेरियाका एक, स्लोभाकियाका एक, आइभोरिकोस्टका एक, तान्जानियाका एक, जोर्डनका एक, नेदरल्यान्डका दुई, सिंगापुरका एक र इजरायलका एकजना निष्कासनमा परेका छन् ।

नक्कली पासपोर्टमा आएका टर्की र जर्मनीका एक–एक नागरिक पनि निष्कासनमा परेका छन् । अमेरिकामा मोस्ट वान्टेड रहेका निल स्टिमरलाई समेत नेपालले पक्राउ गरेर निष्कासन गरेको थियो । उनी नेपालीसँग बिहे गरेर समाजसेवीको आवरणमा लुक्दै आएका थिए ।

नेपालको भिसा प्रणाली सजिलो र विमानस्थलको सुरक्षा चेकिङ कमजोर भएकाले नेपाल अन्तर्राष्ट्रिय अपराधीहरूको केन्द्र बन्दै गएको प्रहरी अधिकारी बताउँछन् । निष्कासनमा पर्नेमा धेरैजसो नक्कली पासपोर्ट लिएर आउनेहरू छन् । उनीहरूलाई पछि नेपाल आउनसमेत रोक लगाइने अध्यागमन विभागका महानिर्देशक ढकालले बताए । नयाँपत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...