बालिका बलात्कार गर्ने अहेवलाई दश वर्षकैद

Loading...
Spread the love

पौष २४ सप्तरी । बालिकालाई बलात्कार गरेको आरोपमा उपस्वास्थ्य चौकी गोबरगाढामा कार्यरत एक अशहेब जेल चलान भएका छन् । नौ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनपुर गाविस ९ का ३३ वर्षीय हरेन्द्र देवलाई  १० वर्षको कैद ७५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको हो  ।

rape child girlपुनरावेदन अदालतले ०७१ पुस २३ गते मुख्य न्यायाधीश र्इश्वरीप्रसाद खतिवडा र न्यायाधीश उमेशकुमार सिंहको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई आंशिक उल्टी गर्दै सो सजाय सुनाएको हो ।

 हजुरबुवाका लागि सुर्ती (खैनीं) र आफ्ना लागि चकलेट किन्न पसल पुगेकी बालिकालाई घरमै  बलात्कार गरेका थिए । औषधी र किराना पसल घरमा नै सञ्चालन गरेका  आरोपितले घरपसलमा कोही नभएको बेला ०७० वैशाख १४ गते बलात्कार गरेका थिए ।

 बलात्कारको आरोपमा पीडितले ०७० वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि फरार भएका देवलाई भारतीय प्रहरीको सहयोगमा भारत विहारको सुपौल जिल्ला रानीगञ्जबाट सोही दिन राति ७ः३० बजे गिरफ्तार गरेको थियो । पीडितको ०७० वैशाख १४ गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले ०७० जेठ १० गतेदेखि आरोपित राजविराज कारागारमा पुर्पक्षका लागि थुनिएका थिए । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलाशले जबरजस्तीकरणी उद्योगमा आरोपितलाई ०७१ वैशाख २४ गते छ वर्षकैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सफाइ पाउनु पर्ने माग गर्दै आरोपितले ०७१ असारमा पुनरावेदन गरेका थिए भने पीडितले बलात्कार मुद्दामा थप सजायको माग गर्दै ०७१ साउन १९ गते पुनरावेदन दिएका थिइन्।

 जिल्ला अदालतले जबरजस्तीकरणी उद्योगमा गरेको छ वर्षकैद सजायको फैसला आंशिक उल्टी गर्दै पुनरावेदन अदालतले जबरजस्तीकरणी ठहर गरी १० वर्षकैद सजाय गरेको पुनरावेदन अदालत बार एकाइका अध्यक्ष महेन्द्र कुमार चौधरीले बताए

Loading...

यसमा तपाइको मत

main बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...