साचो प्रेमको अगाडी स्वयम भगवाननै झुक्छन्

Loading...
Spread the love

पौष २६, सुनसरी ।  साचो प्रेमको अघाडी स्वयम भगवानहरु पनि झुक्छन् भन्ने कुरा सुन्नमा पाइन्थ्यो तर सुनसरीमा यस्तै घटना देख्न पाइयो ।

loveसाँचो प्रेमलाई छुटाउन गृहमन्त्रालय देखी आइजीसम्मको सोर्स फोर्स लगाएपनि अन्ततः जित प्रेमकै भयो । घटना मंगलवारको हो । विगत ३ वर्षदेखी एक अर्काबीचकोे प्रेमलाई १० दिन अघीमात्र बिवाहमा परिणत गरेका एक जोडीलाई छुटाउन माथिल्लो निकायका शक्ति केन्द्रहरु बिफल बनेका छन् ।

इटहरी ८ का २१ वर्षीय रोसन बुढाथोकी र फत्तेपुरकी २२ वर्षीया बिन्दु कटुवालबीचको प्रेम विवाह छुटाउन लागी परेका केटी पक्षका नातेदारहरु असफल भएका हुन् । केटी पक्षका नातेदारले प्रेम जोडी छुटाउनको निमित्त गृहमन्त्रालयदेखि आइजी सम्मको फोर्स लगाए ।

ठूला हाकीमहरुको निर्देशन आए लगत्तै प्रहरीले दुवैलाई पक्राउ गरी तीन दिन सम्म हिरासतमा राखेका थिए । सोर्सफेर्सकै कारण तीन रात यि जोडीले प्रहरीको सास्ती समेत खेप्नुपरेको पिडित जोडीले बताए ।

केटी पक्षको उजुरीको अधारमा तीन दिन अघी शनिवार काठमाडौंबाट इटहरी आउना साथ प्रहरीले दुवैलाई पक्राउ गरी ३ दिनसम्म हिरासतमा राखेको थियो ।

विवाह तोड्न र जोडी छुटाउन युवती पक्षका नातेदारले केटालाई केटी बेच्ने दलाल समेत बनाइदिए र अनेकौं यातना दिन लगाए । यो गर्दा पनि युवतीले रोशनविना आफु एकपल पनि रहन नसक्ने अडान कायमै राखेपछि इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी बिनोद कुमार शर्माले साँचो जोडी रैछ भन्दै प्रहरी कार्यालय भित्रै फुलमाला लगाएर दाम्पत्य जीवन सुखमयको कामना सहित बिदाइ गरीदिए ।

यता उमेर पुगेर राजी खुसी भएका प्रेमी जोडीलाई छुटाउन युवती पक्षका नातेदार लागि परेको सुइको पाएपछि सोही जोडीलाई मिलाउन इटहरी र सुनसरी भरिका महिला अधिकारकर्मीहरु समेत कम्मर कसेर लागेपछि मंगलवार साँझसम्म प्रहरी कार्यालयमा केही तनाव उत्पन्न भएको थियो ।

अन्ततः प्रेमी जोडीलाई छुटाउने भन्दा मिलाउने तिर महिला अधिकारकर्मीहरु लागे पछि घटना साम्य बनेको थियो । तर नव दुलाहा र दुलहीलाई आशिर्वाद दिन प्रहरीले निम्तो गरेको दुवै पक्षका अभिभावकहरु मध्ये युवती पक्षका अभिभावकहरु भने अनुपस्थित बनेका थिए ।

केटी पक्षका आफन्तहरु सहमतीमा आउन नमानेपछि प्रेमी जोडीलाई महिला अधिकारकर्मीहरुको रोहबरमा इलाका प्रहरी कार्यालय इटहरीले जिम्मा दिएर छाडेको छ । यता प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुन्दन देवले समेत माथिल्लो निकायको सोर्स फोर्सका कारण नव जोडी रोशन र बिन्दुले तीन दिन सम्म प्रहरीको अनावश्यक झन्झट बेहोर्नु परेको बताउँछन् ।

जोडी छुटाउनको निमित्त आइजी तह देखी गृहन्त्रालयबाट समेत चर्को दबाब आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक कुन्दनले बताए । तेज बन विश्वासी- रातोपाटी

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...