हल्ला गरेर मात्र सविधान बन्दैन : ओली

Loading...
Spread the love

पौष २६, काठमाडौं ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओली आ–आफ्नै अडानमा रहेका छन् । मधेशी मोर्चाका नेताले एमालेका अध्यक्ष ओलीले माफी नमागेसम्म एमालेका कुनै पनि बैठकमा नजाने अडान दोहोर्याएका छन् भने ओलीले पनि आफू कुनै पनि हालतमा माफी दोहोर्याएका छन् ।

K P Oliअध्यक्ष ओलीले आफ्नो पार्टीका कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘अपमान मधेशी नेताको होइन, मेरो भएको छ, तर मैले कसैलाई माफी माग्न भनेका छैन् न मैले माफी माग्छु ।’ मधेशी नेताहरुले नै आफू विरुद्धमा नानाथरी बोलेर अपमान गरेको आरोप लगाउँदै उनले आफू बोलिरहँदा उनीहरु बुरुक्क उठेर गएको र बाहिर गएर आफ्नो विरुद्धमा नानाथरी बोल्न थालेको त्यसले आफ्नो अपमान भएको कि उनीहरुको भनि प्रश्ने गरे ।

उनले जे जस्तो भएपनि देश संविधान निर्माणको क्रममा रहेको र यसबेला विवाद गर्नुभन्दा सबैले मिलेर सविधान निर्माण गर्ने बेला भएको भन्दै मधेशी मोर्चाका नेताहरुलाई संवाद र छलफल गर्न आउन आग्रह पनि गरे ।

आजै मधेशी मोर्चाको पनि बैठक बसेको थियो । बैठकले एमालेका अध्यक्ष ओलीले माफी नमागेसम्म एमालेको सम्मलित चार दलको बैठमा नजाने अडान दोहोर्याएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले सविधानसभाका सवैधानिक समितिहरुले बोलाएको बैठकमा एमालेका नेता भएपनि जाने तर राजनीतिक छलफल र सहमतिका लागि बस्ने दुई पक्षिय वा तीन पक्षीय चार पक्षिय वा बहुपक्षिय बैठकमा सहभागि नहुने बताए । सभामुख सुवास नेम्वागंले बोलाएको बैठकमा फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार गएको भनि बैठकमा आलोचना भएको थियो ।

आलोचनापछि अध्यक्ष गच्छदारले संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले बैठक बोलाएको तर समितिको बैठक कक्षमा चिसो बढी भएको कारण सुवास नेम्वागंको कार्यकक्षमा बसेको स्पष्टीकरण दिएको स्रोतले जनाएको छ ।
माघ ८ मै सविधान

एमालेका अध्यक्ष केपी शर्माले ओलीले सबै दल इमान्दारीपूर्वक लागे माघ ८ संविधान आउने दावी गरे । उनले संविधानसभामा हल्ला गरेर मात्र संविधान बन्दैन, सविधान निर्मांणका लागि सबै गम्भिर हुन्ुपर्ने बताउँदै सविधानसभाका अधिकाँश सभासद्ले प्रकृयामा गएर भएपनि माघ ८ मा संविधान जारी हुनुपर्ने पक्षमा रहेका छन् ।

तर १५–२० जनाले हल्ला गरेर संविधानसभाको वतावरण विगारिरहेको आरोप लगाए । उनले राज्य पुर्नःसंरचना, शासकीय स्वरुप, प्रदेशको संख्यालगायतको विषयमा लचकता अपनाउन सकिन्छ, तर राष्ट्रअण्डता, मौलिक अधिकारलगायतका विषयमा कुनै पनि सम्झौता नहुने बताए ।
मोर्चामा अनिल र राजकिशोर सहभागि

मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र संघीय सद्भावना पार्टीकालाई मधेशी मोर्चामा सहभागि गराउने औपचारिक निर्णय गरेको तीन हप्ताभन्दा बढी हुँदा पनि मोर्चाको कुनै पनि बैठकमा सहभागि गराइरहेका थिएन । आज सद्भावना पार्टीको कार्यालयमा बसेको बैठकमा दुवै पार्टीका अध्यक्षलाई सहभागि गराएर औपचारिकता प्रदान गरेको छ । रातोपाटी

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...