केराखेती बाट लाखौ को आम्दानी

Loading...
Spread the love

पौष २६, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रका युवाले व्यावसायिक केराखेती गरेर मनग्य आम्दानी गर्न सक्षम भएका छन् । देखतभूलीका वीरबहादुर चौधरी, बेलौरी नगरपालिका रामपुर विलासीपुरका कर्मु राना र नन्दकुमार रानाले जग्गा भाडामा लिएर आठ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् ।

Banana FArmingकेराखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका तीनैजनाले निकटवर्ती भारतीय बाराबङ्कीका कृषकले लगाएको केराखेतीबाट पाठ सिक्दै २०६५ सालदेखि पहिलोपटक केराखेतीलाई यहाँ विस्तार गरेका हुन् । “सीमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीको आँखा छिचोल्दै भारतबाटै केराका बोट ल्याएर पहिलोपटक देखतभूलीको चानदेउमा रहेको रामेश्वर प्राथमिक विद्यालयको चार बिगाहा जग्गा पाँच वर्षका लागि रु दुई लाख ५० हजार तिर्ने गरी भाडामा लियौँ”, कर्मु रानाले भन्नुभयो, “पहिलो वर्ष केराले खासै राम्रो उत्पादन नदिए पनि दोस्रो वर्षदेखि सोचेकोभन्दा बढी आम्दानी दिएपछि केराखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका छौँ ।”

विद्यालयको जग्गामा लगाएको केरा खेतीबाटमात्रै पाँच वर्षको अवधिमा रु ३० लाख बढी आम्दानी भएको उहाँले बताउनुभयो । केराखेती गर्ने सीप विस्तारै सिक्दै गएकाले विद्यालयको जग्गालाई अर्को पाँच वर्षका लागि रु १० लाख भाडा तिर्ने गरी भाडामा लिएको उहाँको भनाइ रहेको छ ।

विद्यालयको जग्गासँगै तीनैजना युवाले दैजीमा चार, पुनर्वास नगरपालिकामा पाँच बिगाहा र बेलौरीमा १३ बिगाहा जग्गा भाडामा लिएर केराखेतीलाई विस्तार गरेका छन् । प्रवेशिकादेखि स्नातकसम्म अध्ययन गरेका युवाले केराखेतीबाट वार्षिक रूपमा रु १० लाखदेखि रु १५ लाखसम्म कमाउने गरेका छन् ।

खेती लगाउने, बजारसम्म पु¥याएर बेच्नेलगायतका काम सामूहिक रूपमा गर्दै आएका युवाले केरा बिक्री गरेर आउने आम्दानी लगानी अनुरूप बाँडेर लिने गरेका छन् । हालसम्म केराखेतीमा रु २० लाख बढी लगानी गरेका छन् । केराखेती गर्ने तरिका सिक्दै गएकाले प्रतिवर्ष केराको उत्पादन बढ्दै गई आम्दानीसमेत बढेको वीरबहादुर चौधरीले बताउनुभयो । तीन तरिकाले चार जातका केराका बिरुवा रोपेर बढी उत्पादन लिनका लागि यस वर्षदेखि अनुसन्धानको कार्यसमेत गरिएको केराखेतीमा संलग्न युवाको भनाइ रहेको छ ।

“कम लागतमा बढी उत्पादन दिने विधिलाई अँगाल्नका लागि केराको अनुसन्धानको कार्य गरेका हौँ”, नन्दकुमार रानाले भन्नुभयो । यस वर्षदेखि महेन्द्रनगर, अत्तरियालगायतका क्षेत्रमा आफ्नै पसल राखी त्यहींबाटै उत्पादित केरालाई थोक मूल्यमा बिक्री गर्नका लागि युवाले योजना बनाएका छन् । भारतीय केरासँग प्रतिस्पर्धा गर्नका लागि ग्राहकलाई सस्तोमै केरा उपलब्ध गराउन पसल खोल्न लागेको युवाको भनाइ रहेको छ ।

“काँचो भारतीय केरा प्रतिदर्जन बजारमा रु ४० मा बिक्री हँदै आएकामा हामी उत्पादित केरा रु ३२ मा नेपाली ग्राहकलाई आफ्नै पसलबाट उपलब्ध गराउछौँ”, रानाले भन्नुभयो । केराखेती हुँदै आएको जग्गाको क्षेत्रफलमा यस वर्ष सात बिगाहा बढी जग्गा थप्ने गरी कार्यलाई अगाडि बढाइएको युवाले रासससँग कुराकानी गर्दै बताए ।

युवाले उत्पादन गर्दै आएको केरा कैलालीको धनगढी, अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर, दाङ, बैतडी, डडेल्धुरासम्म आपूर्ति हुने गरेको छ । व्यापारीले खेतबाट ट्रकमा केरा खरिद गरेर लैजाने भएकाले बजार खोजी गर्नुपर्ने झन्झटसमेत रहेको छैन । रोजगारीका लागि बिदेसिने युवालाई केराखेतीमा संलग्न युवा कर्जा लिएर स्वदेशमै आयआर्जन हुने कार्य गरे विदेशको भन्दा तेब्बर बढी आम्दानी लिन सकिने सन्देश दिन्छन् ।

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

काठमाडौं महानगरपालिकामा निम्न कामहरुका लागि कर नलाग्ने

Spread the loveकाठमाडौ: देशैभरि अहिले करको चर्चा र परिचर्चा तिव्र भईरहेको वेलामा काठमाडौँ महानगरपालिकाले सेवा प्रवाह गर्दा लाग्ने सेवा शुल्कको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण २०७५ श्रावण १ गतेदेखि लागू भएको दस्तुर...

वल्डलिंकको अफर इन्टरनेट खरिद गरे नेट टिभी र सेटअपबक्स सित्तैमा

Spread the loveकाठमाण्डौ: वल्डलिंक कम्युनिकेसनले आफ्ना ग्राहकहरुका लागि लक्षित गर्दै नयाँ नयाँ अफरहरु प्रदान गर्ने कार्यलाई निरन्तरता दिदै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्र्तगत ग्राहकहरुले ६ महिनाको...

मेगा बैंक नेपाल नवौं बर्षमा प्रवेश, संघीय संचरना अनुरुप हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’

Spread the loveकाठमाडौं: मेगा बैंक नेपाल आठौं बर्ष पूरा गरी आजबाट नवौं बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा सोमबार काठमाडौंको दरवार मार्ग स्थित अन्नपुर्ण होटलमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा...

वल्ड कपलाई लक्षित गर्दै वल्डलिकको अफरै अफर

Spread the loveकाठमाडौं: विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२...

वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् स्मार्ट फोन पाउनुहोस

Spread the loveकाठमाण्डौ: साथीलाई वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान आफरको सुरुवात गरेको...

वल्र्डलिंकको “तीनको तड्का” ग्राहक योजना: इन्टरनेटमा अफरै अफर

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले तीनको तड्का नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहकयोजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना...

वल्डलिंकको इन्टरनेट अफर, टिभीसँगै कार उपहार

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायकको क्षेत्रमा वल्र्डलिंकले पहिलो पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ । यो अफर अन्र्तगत भाग्यशाली ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२...

नेपालमा जिमेल र यूट्युब ढिलो खुल्नको यस्तो छ कारण

Spread the loveकाठमाण्डौ: यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति...

कानून विपरीत यसकारण सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर

Spread the loveनयाँ संविधान बमोजिम देश संघीयतामा गई सकेको र कार्यन्वयनको पाटो पनि सँगसँगै अघि वढिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गत भदौ ५ गते देखि सवारीसाधनमा इम्बोस्ड प्लेट...

वल्डलिंकद्धारा नेपालमै पहिलो पटक सुरक्षित इन्टरनेट सेवाको सुरुवात

Spread the loveकाठमाण्डौ: विगत लामो समयदेखि नेपाली जनमानसमा इन्टरनेट सेवा तथा सुविधा पुर्याउदैँ आएको वल्र्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । सेफनेटले...