जबर्जस्ती गर्ने उसको सामु शरीर सुम्पन पर्यो

Loading...
Spread the love

वीर अस्पतालको आइसीयू कक्षमा एक महिला लगातार चिच्याइरहेकी छिन् । आइसीयूमा अरु पनि महिला बिरामी छन् । तर ती महिलाको अवस्था देख्दा सबैको मन दुख्छ । १० दिन भयो राम्ररी होस खुलेको छैन । मुखबाट एकनासले फिंज बगेको छ । हात खुट्टा बाँधिएका छन् । बेलाबेला उनी तर्संदै बर्बराउँछिन् ।

loveआइसीयूमा यो हालतमा रहेकी उनी सुर्खेत घर भै काठमाडौंमा नेपाल प्रहरीको जवान पदमा कार्यरत एक दलित महिला हुन । उनको कथा निकै दर्दनाक छ ।

इमान्दार र अनुशासित भएर नेपाल प्रहरीको जागिर खाइरहेकी उनलाई नेपाल प्रहरीको जवान पदमै जागिर गर्ने ओखलढुङ्गा घर भएका उमेश अधिकारी नाम गरेका युवाले प्रेम प्रस्ताव राखे । उनलाई थाहा थियो कि छुवाछुतबाट पूर्ण रुपमा मुक्त हुन नसकेको नेपाली समाजमा अन्तर्जातीय प्रेम गर्नु सजिलो छैन । त्यसैले उनले त्यो प्रस्तावलाई अस्वीकार गरिन् ।

तर ती युवकले उनलाई गएको भदौमा एकान्तमा फेला पारे । बलजफती गरे । उनको केही लागेन । जबर्जस्ती गर्ने उसको सामु शरीर सुम्पन पर्यो । आफ्नो कुभावना पूरा गरेपछि उसले साँच्चै चोखो माया गर्ने छिट्टै नै बिहे गर्ने आश्वासन दिए ।

तैपनि उनलाई विश्वास लागेन । अन्त्यमा ती युवाले ‘बिहे नगरेमा तिम्रै नाममा प्रेमपत्र कोरेर आत्महत्या गर्छु’ भनेपछि उसको प्रेमलाई स्वीकार गर्न बाध्य भइन् । अनि आफुलाई उसले बलात्कार गरेको कुरा पनि बाहिर ल्याइनन् ।

धेरै माया गरेको देखाउन ती युवकले आफ्नो हात काटेर रगतको सिन्दुर लगाइदिए र संकटा मन्दिरमा लगेर स्वयंवर पनि गरे । बिहे गरेको केही समयपछि दुवैजना जोरपाटीमा कोठा लिएर बस्न थाले । तर केही दिनपछि ती युवक कोठामा जान छाडे । अनि नक्कली बिहे गरेकाले आफ्नो पछि नलाग्न धम्की दिन थाले ।

बेलाबेलामा युवतीलाई कुट्ने, पिट्ने र मानसिक रुपमा दवाव दिन थाल्यो । भनेको नमानेमा बलात्कारको भिडियो इन्टरनेटमा राखिदिने धम्की समेत दियो । त्यति मात्र होइन, कुरा खोलेमा युवतीलाई मारेर विदेश जाने भनेर तर्सायो ।
त्यसपछि पीडित युवतीले नेपाल प्रहरीको महिला सेलमा उजुरी गरिन् । केही समय युवाले तारेखमा पनि धाए। तर महिला सेलले मिलेर जान अनुरोध गरेपछि कुरा मिलाइयो ।

गएको पुस १० गते ती युवक अचानक युवतीको कोठामा पुग्यो । तर पुगेको केही क्षणमै युवती बेहोस भइन । उनलाई हतार हतार अस्पताल पुर्याइयो । उपचारको क्रममा युवतीले विष सेवन गरेको देखियो ।

सुरुमा महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि नेपाल प्रहरी अस्पताल लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि युवतीलाई वीर अस्पतालको आइसीयू कक्षमा राखिएको छ ।

पीडित युवती नेपाल प्रहरीकै कर्मचारी भएपनि कोही पनि प्रहरी उनको अवस्था बुझ्न अस्पतालमा गएका छैनन् । बरु प्रहरीकै उच्च अधिकारीले यो घटनालाई गुपचुप राख्न दबाब दिइरहेको पीडित युवतीकी आफन्तले बताए । घटना भएको १० दिन बितिसक्दा पनि कुनै मानव अधिकारवादी र महिला अधिकारवादीले घटनाको बारेमा कुरा उठाएको छैनन ।

ती युवक समय समयमा अस्पतालमा आएपनि उम्कने मात्रै कुरा गरेको आफन्तले बताए । पीडित युवतीका आफन्तका अनुसार उमेश अधिकारीले नै उनलाई विष खुवाएको हो ।

तर यसबारे अनुसन्धान हुन सकेको छैन । पीडित युवती अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छिन् । घरको आर्थिक अवस्था पनि नाजुक भएकाले उपचारमा समस्या परेको आफन्तले बताएका छन् । स्रोत : अर्जुन पोख्रेल उज्यालो

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...