प्रेमको नाटक लाखौ को ठगि

Loading...
Spread the love

पौष २६, जनकपुरधाम । सर्लाहीकी एक युवतीले प्रेमको नाटक गरी एक महिनाको अवधिमा पाँच जना यूवालाई ठगेकी छिन् । सर्लाहीबाट १२ कक्षा पास गरी ६ महिनादेखि जनकपुरको एक क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत्त ती युवतीले पाँच जना यूवा (प्रहरीले नाम सार्वजनिक नगर्न आग्रह गरेकाले नाम सार्वजनिक नगरिएको) लाई एकै शैलीमा ठगेकी हुन् ।

love pictureठगिएका यूवाका अनुसार ती २० वर्षकी युवतीले प्रेमको नाटक गरी जनकपुरबाट काठमाडौंसम्म लगेर ठगेकी हुन् । खर्चालु र उत्तेजक तथा पैसा भएका यूवाहरुको मोवाईल नम्बर पत्ता लगाएपछि उनले सुरुमा मोबाइलमा मिस कल गरिन् । त्यसपछि युवकले कल गर्न थाले र उनले युवकहरुलाई प्रेमको नाटक गरी आफ्नो जालमा पारिन् ।

त्यसपछि उनीहरुसँग प्रेमको नाटक गर्दै भेटघाट गर्न थालिन् र विस्तारै पैसा धुत्ने काम गरिन् । आफूले प्रेमको नाटक गरेको युवकले पैसा खर्च गर्न सक्छ भन्ने बुझेपछि उनले सँगै रात पनि बिताउने र घुमघाम पनि गर्ने भन्दै युवकलाई काठमाडौं जान उत्प्रेरित गरिन् । ठगिएका यूवालाई उनले काठमाडौंमा घुम्न पुग्ने पैसा बोक्न लगाइन् । युवकसँगै रात्री बस चढेर काठमाडौं पनि पुगिन् ।

काठमाडौं पुगेपछि उनले युवकलाई आरामसँगै रमाइलो गर्ने भन्दै लजमा लगिन् । लजमा पुगेपछि युवकलाई नुहाउनका लागि बाथरुम छिराएर उनी युवकसँग भएको सबै पैसा बोकेर फेरि जनकपुर फर्कने गर्थिन् ।

‘म नुहाएर आउँदा त केटी कोठामा छैन ।’ ठगिएका एक युवकले भने ‘प्यान्टको गोजीमा भएको पैसा पनि छैन । फोन गर्दा मोबाइल अफ छ । त्यसपछि मात्र ठगिएछु भन्ने थाहा पाएँ ।’ त्यसपछि आफू काठमाडौंमा नै रहेका एक साथीले आर्थिक सहयोग गरेपछि आफू जनकपुर फर्किएको ती युवकले बताए ।

उनले एक एक गर्दै ५ जना यूवालाई यसैगरी उनले फरक फरक सिमकार्ड प्रयोग गर्दै यहि शैली अपनाएर फसाएको जिल्ला प्रहरी कार्यालय धनुषामा स्वीकार गरिन् । उनले ५ जना यूवासँग कम्तिमा १२ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ठगेको पाईएको छ ।

रंगभूमी मैदानमा युवक र युवतीको जम्काभेट

यसरी ठगिएका युवक र युवतीबीच गएको हप्ता जनकपुरको रंगभूमी मैदानमा जम्काभेट भयो । त्यसपछि उनीहरुबीच विवाद भइरहेको बेला प्रहरी पुग्यो र प्रहरीले केरकार गर्दा ठगिको रहस्य खुलेको हो । आफूहरुको मानप्रतिष्ठा जाने भन्दै युवतीलाई नभेट्दासम्म ठगिएको गुनासो कतै नगरेको ठगिएका युवकले बताए ।

प्रहरी श्रोतका अनुसार जानकी प्रहरी चौकीबाट ती यूवतीलाई पक्राउ परेकै दिन जिल्ला प्रहरी कर्यालयमा पठाई युवतीका अविभावकलाई बोलाएर आयिन्दा यस्तो गलत काम नगर्ने कागजात गरि छोडिएको छ । उनले ठगेका ५ जना यूवा सम्पर्कमा आएको तर उनले अरु यूवालाई पनि प्रेमको नाटक गरेर ठगेको हुन सक्ने प्रहरीको अनुमान छ । शैलेन्द्र महतो : उज्यालो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...