मन्त्रीबाटै प्रस्तावको विरोध भएपछि

Loading...
Spread the love

पौष २७, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला आफैंले सदर गरेर मन्त्रिपरिषद्मा पेस गरेका पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने र नेपाली सेनाको पुनर्ढांचासम्बधी दुई प्रस्ताव बिहीबारको बैठकबाट अस्वीकृत भएका छन् ।

नेपाल एकीकरणको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिन पारेर मनाइँदै आएको राष्ट्रिय एकता दिवससबन्धी प्रस्ताव उनकै पार्टीका सञ्चारमन्त्री मीनेन्द्र रिजालले तर्काइदिएका थिए भने सेनाको पुनर्ढांचासम्बन्धी प्रस्ताव एमालेका मन्त्री दलबहादुर रानाले पारित गर्न मानेनन् ।

स्रोतअनुसार प्रधानमन्त्री कोइरालाले बैठकमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउनेसम्बन्धी ठाडो प्रस्ताव पेस गरे । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई यसबारे औपचारिक पत्र लेखेर सुझाव मागेको बैठकमै बताए ।

प्रधानमन्त्रीको प्रस्तावपछि गौतमले हातमा कागज देखाउँदै राष्ट्रिय एकता दिवस मनाउन फरक नपर्ने र सरकारी बिदा दिन सकिने धारणा सुनाए । तर सञ्चारमन्त्री रिजालले यसबारे तत्काल निर्णय गर्नु उचित नहुने भन्दै माघ ८ पछि मात्रै निर्णय गर्नु उचित हुने तर्क गरे ।

कांग्रेस मन्त्रीबाटै प्रस्तावको विरोध भएपछि एमालेका मन्त्रीहरू दलबहादुर राना र लालबाबु पण्डितले पनि यसबारे अहिले निर्णय नगर्दा राम्रो हुने बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले अन्नपूर्णसँग भने, ुप्रधानमन्त्री र एमालेका हामी १० जना मन्त्रीहरू एकता दिवस मनाउने पक्षमा थियौं तर कांग्रेसकै केही मन्त्रीहरूले विरोध गरे। त्यसपछि प्रधानमन्त्रीले भन्नुभएन ।ु

केही मन्त्रीले एकता दिवस नभनी राष्ट्रिय एकीकरण दिवस भनेर मनाउन सकिने तर्क गरेको पनि स्रोतले जनाएको छ ।

यस्तै लामो समयदेखि अड्किएको नेपाली सेनाको पुनर्ढांचासम्बन्धी प्रस्तावमा एमाले मन्त्री रानाले एकपटक पनि नपढी सेनाको यत्रो विषय कसरी पारित गर्ने भन्दै विरोध गरे। उनले प्रश्न उठाएपछि सहजीकरण गर्दै मुख्य सचिव लीलामणि पौड्यालले मन्त्रीज्यूले प्रश्न उठाएकाले अहिले पारित नगरी मन्त्रिपरिषद्कै प्रशासनिक समितिमा छलफलका लागि पठाइदिनु उचित हुने सुझाव दिए ।

आफ्ना प्रस्ताव क्रमशस् असफल भएपछि प्रतिक्रियाविहीन भएका प्रधानमन्त्री कोइरालाले थप जोड नगरेकाले उक्त प्रस्ताव प्रशासनिक समितिमा पठाइएको छ ।

झन्डै तीन हजार सिपाहीको दरबन्दी कटौती गरी अधिकृत र जुनियर अधिकृत हुँदै सहायक रथीसम्मका पद थप गर्ने उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट समेत स्वीकृत भएर मन्त्रिपरिषद् पुगेको थियो ।

प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले नै राखेका प्रस्ताव परित नहुनुलाई कमजोर नेतृत्वको परिणाम भन्दै मन्त्रीहरूले आलोचना गरेका छन् । आइतबार नै पुस २७ गते परेकाले यस दिन एकता दिवस मनाउने प्रस्ताव यस वर्षलाई टरेको छ भने सेनाको प्रस्ताव समितिबाट फेरि मन्त्रिपरिषद् पुग्नुपर्छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा परराष्ट्र मन्त्रालयको सचिव पदमा अध्यादेशमार्फत छुट्टै सेवाको मान्यता दिलाई त्यहींभित्रबाट मात्र बढुवा गर्नेसम्बन्धी अध्यादेश पनि अस्वीकृत भएको छ ।

कामुसचिव भएका शंकरदास बैरागी कामु पदको अवधि नियमतस् सकिएपछि फेरि निमित्त सचिवमा घटुवा हुनुपरेकाले हौसला घटेको तर्क गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अध्यादेश सदर गर्न आग्रह गरे। तर रक्षा मन्त्रालयका सचिव पदमा पनि कामु हुँदै निमित्त भएर देवेन्द्रप्रसाद सिटौलाले काम गरिरहेको तर्क गर्दै अध्यादेश नल्याउन कांग्रेसी मन्त्रीहरूले विरोध गरेपछि मन्त्री पाण्डे बैठकमै आक्रोशित भए ।

उनले क्याबिनेटस्तरको मन्त्रीलाई काम गर्दागर्दै राज्यमन्त्रीमा झार्दा कस्तो हुन्छ भन्दै आक्रोश पोखे पनि प्रस्ताव पारित हुन नसकेपछि परराष्ट्रमा सचिवको विशेष पद सिर्जना गरी पदस्थापन गर्न सकिने निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले मुख्यसचिव पौड्याललाई यसको जिम्मेवारी दिएको छ ।

बैठकमा शिक्षामन्त्री चित्रलेखा यादव र परराष्ट्रमन्त्री पाण्डेबीच पनि विवाद भयो । यादवले उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष र सदस्यसचिवमा कांग्रेस निकट व्यक्तिहरू नियुक्तिको ठाडो प्रस्ताव प्रधानमन्त्रीमार्फत पेस गरेपछि गठबन्धन संस्कृति नभएको भन्दै एमाले मन्त्रीहरूले विरोध गरे ।

रिसाएर आफ्नो प्रस्ताव फिर्ता लिएको बताएकी मन्त्री यादवलाई ऊर्जामन्त्री राधा ज्ञवालीले एमालेले पनि एउटा पद पाउनुपर्ने भनेपछि प्रधानमन्त्री कोइरालाले मन्त्री ज्ञवालीलाई पहिला आफैंमा सुधार गरेर देखाउनु निर्देशन दिए । अन्नपूर्ण पाेस्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...