दरबार हत्याकाण्डको रहस्य औँठा छापमा

Loading...
Spread the love

बरिष्ठ अधिवक्ता पद्यराज काफ्ले

नेपालमा हालसम्म धेरै व्यक्तिले लेखेका अक्षर फलाना फलानाका हुन् । यो हस्ताक्षर र औंला छाप सद्दे वा कीर्ते हो भनेर फ्याट्टै भन्न सक्ने एकजना मात्र यो विषय पढेका व्यक्ति हुनुहुन्छ बरिष्ठ अधिवक्ता पद्यराज काफ्ले । उहाँ २०३१ सालदेखि नै न्यायाधीशहरुलाई पनि यस्ता यस्ता औंला छाप र सही कीर्ते हुन्छन् । यसमा यसरी फैसला दिनुपर्छं भनेर पढाउँदै र प्रहरी अधिकारीहरुलाई पनि औंठा छापको अनुसन्धान यसरी गर्नुपर्छ भनेर पढाउँदै आउनुभएको छ ।

उहाँको २०३७ सालमा र भर्खरै पनि औंठा छाप लिखत कीर्ते सम्बन्धी लिखतपरीक्षण विज्ञान नामक पुस्तक प्रकाशित छन् । उहाँ भन्नुहन्छ यो विषय पढ्ने व्यक्तिको नेपालमा मात्र होइन विश्वमा नै ठूलो करिअर रहेको छ । यो अमूल्य विद्याका देशकै एक मात्र विशेषज्ञ, बरिष्ठ अधिवक्ता तथा लिखतपरीक्षण विज्ञान नामक कृतिका कृतिकार पद्यराज काफ्लेसँग नेपाल कानुन डट कमका लागि लोचना शर्माले गरेको कुराकानी :

सवालः तपाईँ व्यक्तिका हस्ताक्षर (सही) र अक्षर हेरेका उसको आनीबानी आदि थाहा पाउन सक्नुहुन्छ ?

 जवाफः पहिले त म कसैको हस्त लिखित सामग्री हेर्नासाथ किर्ते वा सद्दे छुट्याउन भन्दा उसको अक्षर अक्षरमा यो मानिस यस्तो छ भनेर उसको व्यक्तित्व मेरो अगाडि आउँथ्यो । मैले छ महिना लगाएर यसलाई हटाएँ । नत्र त म किर्ते र सद्दे छुट्यायनु भन्दा पनि ज्योतिष जस्तै पो भएको थिएँ । ओहो मेरो काम त त्यो होइन भनेर बल्ल बल्ल त्यो लिखत सद्दे वा किर्ते के हो यकिन गर्नमा मात्र ध्यान केन्द्रित गर्न थालेँ । त्यो पाटोमा म जान चाहन्न त्यो काम मेरो होइन , ज्योतिषको हो । म अक्षर हेरेर उसको बारेमा राम्ररी नै भन्न सक्छु तर म त्यता जान चाहन्न ।

सवालः किर्ते र सद्दे कसरी थाहा पाउन सकिन्छ ?

 जवाफः सद्दे लिखत हेलचेक्र्याइँ गरी लेखिएको हुन्छ । यसका रेखाहरु कमशः मसिनो हुँदै जान्छ । सरसरती लेखिने हुँदा अवरोध हुँदैन । रेखाहरुमा कम्पन हुँदैन । रेखाहरुमा स्पष्ट छायांकन बनेको हुन्छ । सीधा वा बक्र रेखामा कलम उठेको हुँदैन आदि आदि लक्षण हुन्छ । त्यसै गरी किर्ते लिखत सतर्क र सावधानी पूर्वक लेखिएको हुन्छ । नियन्त्रित भएर लेखिने हुँदा रेखाहरु मोटा र भद्दा हुन्छन् । सीधा र बक्र रेखामा कलम अडिएको हुन्छ । रेखामा कम्पन उत्पन्न भएको हुन्छ । बडो सतर्क भएर सच्याइने लगायतका लक्षणहरु हुन्छन् । सद्दे लिखत जति पटक लेख्यो त्यति नै फरक फरक हुन्छ तर किर्ते लिखत पटकै पिच्छे दुरुस्तै पनि हुन्छ । किर्ते गर्ने व्यक्ति बढी सावधानी हुने हुनाले ।

सवालः तपाईँले न्यायाधीसहरु र प्रहरी अधिकारीहरुलाई पनि कस्ता कागज कीर्ते वा सद्दे हुन्छन् भनी विशेषज्ञका हैसियतमा पढाउनु भएको छ तर कति प्रतिशत जति मुद्दामा कीर्ते पत्ता लगाउन वा औंठा छापबाट घटनामा संलग्न भएका व्यक्ति पत्ता लगाउन सकेका छन् उनीहरुले ?

 

 
जवाफः हाम्रो नाङ्गो आँखाले देख्न नसकिने लिखतमा अदृश्य रूपमा रहे–भएका वास्तविक तथ्यहरूलाई अनुसन्धान गर्दै तस्बिरमा उतारेर देखाउन सकिन्छ । पूर्वप्रधानन्यायाधीश श्री हरिप्रसाद प्रधान डेरा गरी बस्नुभएको ललितपुर,पुलचोकस्थित घरको स्वामित्वसम्बन्धी विवादमा राणाकालीन छेभडेल अड्डाबाट पारित नक्सामा देखिएको नामको पछाडि सानो क्षेत्रफलमा भिजेको टाटो भित्रबाट अदृश्य रूपमा लुकेर रहेको वास्तविक घरधनीको नाम लेखिएको हस्ताक्षरहरूको तस्बिरसमेत खिँचेर साविकमा लेखिएको बेहोरा मैले देखाई वास्तविक रूपमा सही र सत्य निष्कर्षमा पुग्न अदालतलाई सहयोग गरेको छु । र बैङ्कको कारोवार भएको लेजरको पातो नै च्यातेर फालिएको अवस्थामा पनि च्यातेर फालिएको पातोभन्दा तल्लो पाताको अध्ययन गरेर च्यातेर फालेको पातोमा लेखिएको बेहोराको तस्बिर समेत उतार गरी शङ्कित व्यक्तिको नमुना हस्ताक्षरसित त्यसको तुलनात्मक अध्ययन गरी अभियुक्त पत्ता लगाई अदालतबाट दोषीलाई सजाय दिलाएको छु ।

सवालः यसको फोटो कसरी खिचिन्छ ?

 

 
जवाफः अल्ट्रा भायोलेट रेमा अँध्यारो कोठामा फोटो खिच्नुपर्छ । कुनै प्रकारको रसायन प्रयोग गरी बेहोरा मेटिएको भएमा अल्ट्रा भायोलेट रेमा फोटो खिच्दा पहिलेका अक्षरहरु देखिन सक्छन् । सामान्यतया फोटो खिच्न प्रकास चाहिन्छ तर अल्टा भायोलट रेमा फोटो खिच्न अध्यारो ठाउँमा साबधानीपूर्वक खिच्दा मात्र फोटो आउँछ । पहिलो अक्षर माथिबाट पछि अर्को मसिले मेटिएका अक्षरहरु पहिलो मसिको रंगको फिल्टर प्रयोग गरेर फोट खिच्दा पछिल्लो मसी फोटोमा नदेखिएर अघिल्लो मसिबाट लेखिएको बेहोरा वा अक्षर , अंक देखिन्छ । तर फिल्टरको प्रयोगमा सावधानी हुनुपर्दछ । यसको लागि फोटो ग्राफीसम्बन्धी आधारभूत ज्ञान पनि चाहिन्छ । अपार्चर घटबढ गर्नुपर्छ । सामान्य फोटो ग्राफरले फोटो खिच्दा त्रूटि पनि हुन सक्छ ।

सवालः लिखतपरीक्षणमा कस्तो फोटो चाहिन्छ ?

 

 
जवाफः क्यामेराले खिचेर विशेष कागतमा उतारिएको सो किर्ते सामग्री वा कागजको चित्र जुन नेगटिभबाट वा डिजिटल क्यामेराबाट वा स्क्यानरबाट आवश्यकता अनुसारको साइजमा तयार गरिएका फोटोहरु लिखतपरीक्षणका निमित्त आवश्यक पर्दछ । यो छायाँप्रति तयार गर्न जेरोक्स मेसिन १९६० देखि प्रयोगमा आएको हो । यस्तो फोटोलाई जेरोक्सकपि पनि भनिन्छ ।

सवालः कानुनी पेशा नै मुख्य पेशा बनाउन अझै पनि गाह्रो छ आम्दानीका हिसाबले, तर तपाईँले त्यो बेला नै हस्ताक्षर परीक्षण र लिखत परीक्षणलाई आफ्नो विशेषज्ञताको क्षेत्र बनाएर अरु खालका मुद्दा हेर्दिनँ भनेर लाग्नु भयो । के त्यो क्षेत्र अझै पनि करिअर बन्न सक्छ ?

 

 
जवाफः यो पेशामा लाग्नुको कारण २०१७ सालको कुरा हो-म इन्टरमिडिएटको परीक्षा दिएर वाराणसीबाट पाल्पाको रूपसेस्थित आफ्नो घर फर्केको थिएँ । त्यसै समयमा पाल्पामा नेपाल राष्ट्र बैङ्कको शाखा खुल्यो मेरो पनि असिष्टेन्ट पदमा नाम पनि निस्क्यो र नियुक्ति लिएँ । बैंकको काम थियो तीन साँचोमा रहेका सिक्का बुझेर लिनु । बुझबुझारथ गर्ने क्रममा भुइँमा तन्ना ओच्छ्याई मालको कर्मचारीको रोहबरमा खजान्चीले चाँदीका पाँच पाँचवटा सिक्काका थुप्रा गनेर बिस्कुन सुकाए झैँ लहरै फिँजाउँथे । त्यसको सुरक्षाका निमित्त एक जना पियन सानो टुलमा टुक्रुक्क बसिरहन्थे । उनको काम सिक्काको विस्कुन हेरेर बस्नु बाहेक केही थिएन । तर, उनले दिन भर त्यहाँ बसेर मेरो जस्तै सही गर्ने अभ्यास गर्दा रहेछन् । मलाई जानकारी थिएन । बैङ्कको आर्थिक कारोवारमा मेरो सहीसमेत आवश्यक हुन्थ्यो ।

एक दिन मेरो सही गरेर फालिएको एउटा खाली बैङ्क भाउचर (अङ्क–अक्षर नलेखिएको रकम बुझेका भरपाई) मेरो सहकर्मी साथीले भेटेर मलाई दिए मैले हेरेँ दुरुस्त नै छ । तर मैले सही गरेकै छैन । म बडा अचम्ममा परेँ पछि थाहा भयो सो सही तिनै पीयनले गरेका रहेछन् । आफ्नै सही चित्र सकिनँ । आफ्नै सही पनि चित्र नसक्नेले अरूको सही चिनेर बैङ्कको कारोवार कसरी सञ्चालन गर्नु ? म अति चिन्तित भएँ । पाल्पाको प्रशाखामा आफूभन्दा माथिल्लो तहका एक जनाकर्मचारी मात्र थिए । ‘हस्ताक्षरपरीक्षण गर्ने तरिका के हो ? सद्दे र किर्ते सहीमा के–कस्ता परिचयात्मक लक्षण हुन्छन् ?’ भनी मैले उनीसँग सोधँ । उनले अनभिज्ञता प्रकट गरे । अरुको सही हेरेरर दिनहुँ हजारौँको कारोवार गर्नुपर्ने म जस्तो बैँकको कर्मचारीले आप्mनै सही सद्दे किर्ते पत्ता लगाउन नसकेपछि मैले मेरो भविष्य अन्धकारमय देखेँ । त्यसपछि  बैंकको जागिर छोडेर काठमाडौँ आएँ । पछि विएल पास पनि गरेर सञ्चयकोषमा जागिरे भएँ त्यहाँ त मलाई झनै धेरै हस्तक्षर हेर्ने अवसर मिल्यो । हस्ताक्षर परीक्षण गर्ने तरिकाको अध्ययन अनुसन्धानका क्रममा पछि २०३१ सालमा कोलम्बो प्लानमा गएर यो विषयको अध्ययन पूरा गरेँ ।

सवालः कमाइ कतिको छ ?

 

 
जवाफः म यो पेशामा कमाउन लागेको होइन । रुचिको विषय भएर लागेको हुँ । यो मेरो तपस्या हो । मैले २०३३ ०३४ सालमा एउटा ल्याप्चे जाँचेको २५ र सही(हस्ताक्षर ) जाँचेको ५० रुपैयाँ पाउँथे । कमाइ गर्न मैले सकिनँ । मभन्दा जुनियरहरुले धेरै राम्रो कमाइ गर्नु भयो । म यो पेशामा लागेकै कारण आर्थिक रुपमा पछाडि परेँ । ल्याप्चे जाँचेको २५ रुपैयाँभन्दा बढी लिँदा मसँग स्पष्टीकरण लिइएको थियो । एकै पेजमा भएका छुट्टा छुट्टै चारवटा ल्याप्चेको एक सय मागेको हुँ भनी मैले स्पष्टीकरण दिएको थिएँ । त्यो समय धेरै गाह्रो थियो ।

सवालः पहिला र अहिलेको दर रेट कस्तो छ ?

जवाफः एउटा ल्याप्चे वा सही जाँचेको अहिले रु १० हजारसम्म लिन्छु । अहिले ठीक छ । कसैले स्पष्टीकरण माग्दैन । यो विषयको महत्व मानिसले बुझेका छन् ।

सवालः तपार्इँ सरकारी वकील, न्यायाधीस नभए पनि अदालतले तपाईँका राय अदालतले प्रमाणमा लिन्छ, त्यस्तो अदालतलाई प्रभावित गर्ने राय दिने मान्छेलाई अपराधीका धम्कीहरु आउँदैनन् ?

जवाफः कुरै नगरौँ, मलाई त्यस्ता धम्कीहरु प्रशस्त आउँछन् । यो काम नै च्यालेन्जिङ छ, अहिलेसम्म सामना गर्दै आएको छु ।

 

 

सवालः औठा छाप र हस्ताक्षरको पहिलो र एक मात्र विशेषज्ञ हुनुहुन्छ यहाँ अनि के आफैँलाई नै त्यस्तो काम गरुँजस्तो लागेन ?

 

 
जवाफः मेरो ध्यान त्यता जानु होइन ,मसँग आएका किर्ते पक्षका मुद्दा पनि मैले कहिल्यै हेरिनँ । म त्यस्ता मुद्दा हेरेर भनीदिन्थेँ तिमी गलत छौ । म गलतको पक्षमा बोल्न सक्दिनँ भनेपछि उनीहरु मसामु देखापर्दैन थिए । म सत्यको पक्षमा मात्र लागेँ तर एउटा अविश्मरणीय घटना छ तर उनको नाम भन्न चाहन्न— एकजना वकिल मसँग किर्ते गर्न सिकाइदिनु पर्यो हजुर भन्दै आएका थिए । मैले उनलाई साफ गालि गरेर पठाएँ । अहिले पनि तिनले मेरो अनुहारमा सिधा हेर्न सक्दैनन् । विद्याको सही सदुपयोग गर्नुपर्छ, दुरुपयोग होइन ।

सवालः उत्तराधिकारी को होला यहाँको ?

 

 
जवाफः दुखद पक्ष नै यही हो । कोही छैन । तालिम त धेरैलाई दिएँ । न्यायाधीश , कानुन व्यावसायी न्यायसेवाका कर्मचारी बैक कर्मचारीलगायत धेरैलाई प्रशिक्षण दिँदै आइरहेको छु । यो काम एउटा तपस्या हो । यसको लागि साधना चाहिन्छ । मैले यो विषय पढ्न खोज्दा नेपालमा पुस्तक नै थिएन । मैले एस के मेहताले लेखेको आइडेन्टिफिकेसन अफ ह्याण्डराइटिङ क्रस एक्जामिनेसन अफ एक्स्पर्ट नामक पुस्तक रत्नपुस्तक भण्डार मार्फत भारतबाट मगाएर पढेको थिएँ । त्यो पुस्तक आउन दुई महिना लागेको थियो । मैले रत्नपुस्तक भण्डारमा दुई हजार डिपोजिट राखेर त्यो बुक मगाएको थिएँ । पछि रत्नपुस्तकले पुस्तकको खर्च कटाएर बाँकी रकम मलाई फिर्ता पनि दिएको थियो । तत्कालिन समयमा त्यो पुस्तकको मुल्य रु ३२. ५० पैसा थियो । अहिले इन्टरनेटको सुविधा छ पढ्न मन लाग्दा सामग्रीहरु प्रशस्त पाइन्छन् । मैले लेखेको यो लिखतपरीक्षण विज्ञान पनि उत्तिकै उपयुक्त छ । मलाई मेरा केही मित्रहरुले तपाइँको लिखतपरीक्षण सम्बन्धी ज्ञान बाँड्नुपर्छ भनेर घचघच्याउनु भएकोले पनि मैले यो पुस्तक लेखेको हुँ । सबैलाई उपयोगि हुने पुस्तक हो लिखतपरीक्षण विज्ञान ।

सवालः त्यो पुस्तक कस्तो थियो सजिलै बुझिन्थ्यो ?

 

 
जवाफः त्यो पुस्तक अंग्रेजी भाषामा थियो म त्यतिबेला अंग्रेजी खासै जान्दिन थिएँ । मैले डिक्सनरी अगाडि राखेर त्यो पुस्तक पढेँ । मलाई अरु कुरा त बुभ्न सजिलै भयो । तर , त्यहाँ भएको प्राविधिक शब्द बुभ्mन गाह्रो भयो । म झन् रनभुल्लमा परेँ । पुस्तकमा भएको प्रकासनको ठेगाना अनुसार मैले एस के मेहतालाई कठिन शब्दको सूचीसहित चिठी लेखेँ । उनले त्यो पत्र पाएपछि मैले मागेको भन्दा बढी जवाफ यहाँसम्म की पाना नं. यतिको यो शब्दको अर्थ र तस्विर यो हो भनेरसमेत पठाएका थिए । त्यसले मलाई प्राविधिक कुरा बुभ्न यति सरल भयो कि मैले ऐना हेरेझैँ भयो अर्थात म व्यूझिएँ । मलाई आँैठा छापको बारेमा धेरै ज्ञान भयो । त्यो बेलासम्म मैले विएल पनि पास गरिसकेर सञ्चय कोषमा जागिरे भएको थिएँ । यो विषयमा बाहिर पढ्न जान अफिसको तर्पmबाट योजना आयोगलाई आफैँले पत्र लेखेँ । पछि कोलम्बो प्लान अन्तर्गत मलाई पढ्नको लागि बोलाइएछ तर त्यो समय म विरामी विदामा भएकोले अफिसले अर्कै साथीलाई पठाएछ । उहाँको योग्यता पुगेन भनेर फिर्ता पठाएछ । त्यो समय म अफिसमा हाजिर भएको थिएँ । पुनः अफिसले मलाई नै त्यो अवसर दियो र म पढ्न कलकत्ता गएँ । त्यहाँ म र भारतीय पुलिस लगायत ७।८ जना थियौँ । त्यहाँ मलाई अरु कुराको ज्ञान थियो अनि मैले ल्याप्चेको आधारमा मुद्दा कसरी दर्ता गर्ने ? लगायतका मेरो सबै प्रस्नको जवाफ दिन उनीहरुलाई कठिन भयो । त्यसपछि मलाई डाइरेक्टर कहाँ पठाइयो । त्यसपछि मलाई अर्काे अफिसमा पठाइयो जहाँ मैले मेरो प्रश्नको जवाफ पाएँ ।

सवालः यहाँले एस के मेहतालाई प्रत्यक्ष्य भेट्नु भयो ?

 

 
जवाफः मेरो गुरु एस के मेहतालाई भेट्ने मेरो अभिलाषा तुहियो । कसरी भन्नुहुन्छ भने म एक समय मेरो गुरुको प्रत्यक्ष दर्शन गर्छु भनेर उहाँलाई पशुपति मन्दिरको प्रतिमा उपहार बोकेर देल्ली एयरपोर्ट पुगेर उहाँको घरमा फोन गर्दा उहाँको डेथ भएको खवर पाएँ । म त्यहाँबाट नेपाल नै पर्किएँ । ममा उहाँको घर जाने सामथ्र्य रहेन । त्यो उपहार पनि त्यहीँ कसैलाई दिएर आएँ । त्यो समयको बारेमा वर्णन गर्न मलाई कठिन हुन्छ ।
 

 

सवालः अनि ल्याप्चेको आधारमा मुद्दा कसरी दर्ता गरिने रहेछ ?

 

 
जवाफः कहीँ घटना घट्यो भने त्यो ठाउँमा पहिला आँैठा छाप हेर्न सक्ने प्रहरीहरु गएर त्यहाँको संभावित वस्तुमा परीक्षण गरी आँैठा छाप पत्ता लगाउँछन् । स्थानीय व्यक्तिलाई पनि साक्षी राखेर त्यसको फोटोसहित मुचुल्का तयार गरी ल्याउँछन् । त्यो नमूना कसको हो भनी आँैठा छाप संग्रहमा भिडाइन्छ । त्यहाँ पत्ता लाग्यो भने त्यो शाखाले अर्काेलाई जिम्मा दिन्छ र अपराध गर्ने व्यक्तिले पत्तै नपाई समातिन्छ । तर नेपालमा आँैठा छाप संकलन नगरिएको कारण यो प्रक्रियाद्वारा मुद्दा दर्ता गर्न गाह्रो छ ।

सवालः नेपालमा हाल सम्म कति मुद्दा औँठा छापको आधारमा हेरिएका छन् होला ?

 

 
जवाफः नेपालमा हालसम्म जम्मा तीनवटा मुद्दामा औँठा छापको आधारमा हेरेको थाहा पाएँ । यसरी अभ्यास गरिनुपर्छ भनेर २०३१ साल देखि नै भनीरहेको छु तर यहाँ औँठा छापको बारेमा काम नै भएको छैन । आँैठा छापको अभ्यासलाई व्यवस्थित बनाएर लैजाने हो भने अपराधी समात्न सजिलो हुन्छ । भारतमा पनि ३ महिना भन्दा बढी जेल बसेका कैदीहरु प्रत्येकको दश आँैलाको छाप राख्ने गरेको छ । त्यस्ता अपराधीले पटके अपराध गर्न सक्छन् भनेर त्यो गरेका हुन् हामी कहाँ त्यसको अभ्यास गरौँ भनेर मैले धेरै अगाडिदेखि भन्दै आएपनि काम हुन सकेको छैन । तर यसरी हस्ताक्षरलाई व्यवस्थित गर्न सकेमा अपराधी पक्राउ गर्न धेरै सजिलो हुने थियो ।

सवालः कसरी पत्ता लाग्छ औँठा छाप ?

 

 
जवाफः हाम्रो शरीरबाट निस्कने पसिनामा ९५ प्रतिशत पानी र ५ प्रतिशत केमिकल हुन्छ । कुनै पनि व्यक्तिले केही सामग्री समाउँदा पानी सुकेर जान्छ तर केमिकल ९।१० महिनासम्म सुक्दैन । त्यो संभावित सामग्रीमा फिंगर प्रिन्ट पाउडर छर्केपछि केमिकल भुवादार बब्रसले सफा गर्दा केमीकल भएको भागमा त्यो पाउडर बस्छ र अन्य भाग खाली हुन्छ अर्थात ल्याप्चे जस्तै देखिन्छ । दरबार हत्याकाण्डको पनि फिंगर प्रिन्ट टेष्ट गरेको भए जनतामा रहेको भ्रम टुट्ने थियो नि । तर त्यो नहुँदा विवादित कुरा अहिलेसम्म उठीरहेका छन् । औठा छापको राम्रोसँग प्रयोग गरे अपराधि चिन्न गाह्रो हुन्न ।

सवालः एक व्यक्तिको ल्याप्चे र अर्काे व्यक्तिको ल्याप्चे मिल्छ कि मिल्दैन ?

 

 
जवाफः राम्रो प्रस्न गर्नु भयो । यो ल्याप्चे औँलामा भएका रेखा संख्या ,रेखाको स्थिति आदि धेरेै काणले हेर्दा एक व्यक्तिको अर्काे व्यक्तिसँग मिल्दैन । मैले यी र यस्ता कुराको विस्तारित जवाफ लिखतपरीक्षणमा गरेको छु ।

सवालः यो विषयको माग कस्तो छ ? उत्तराधिकारी बन्न चाहनेलाई सहयोग गर्नुहुन्छ ?

 

 
जवाफः हाल नेपालमा हस्ताक्षर र ल्याप्चे छापको प्रयोग गरेर कारोवार गर्नुपर्र्ने कुनै पनि व्यक्ति, न्यायिक र अद्र्धन्यायिक निकाय, कानुनव्यवसायी, न्यायाधीश, कानुनका विद्यार्थी, मुद्दाका पक्ष,बैङ्क÷वित्तीय संस्थामा सरकारी÷गैरसरकारी संस्था—सबैलाई लिखतपरीक्षण विज्ञान जानेको व्यक्ति आवश्यक छ । त्यसकारण यो विषयको माग छ । यो विषय पढ्न चाहनेलाई म सहयोग अवश्य गर्नेछु । तर यो सजिलो छैन । यसमा तपस्या चाहिन्छ ।
 

 

सवालः यो विषय विश्वविद्यालयमा पनि पढाइ हुन्छ ?

 

 
जवाफः अमेरिकामा लिखत परीक्षण विज्ञान विषयको विश्वविद्यालयमा नै पढाइ हुन्छ भने भारतमा अपराधीहरुले यो बारेमा जानकारी पाउँदा अपराध झनै बढ्छ भनी प्रहरी प्रसासनलाई मात्र तालिम दिने गरिन्छ । त्यहाँ पनि प्रभावकारी रुपमा काम भएको छ । अपराधीहरु पक्रन यसले ठूलो मद्दत गरेको छ । नेपालमा पनि प्रहरी प्रशिक्षण केन्द्रमा यो विषयको तालिम दिने व्यवस्था भएपनि उपलब्धिमूलक हुन सकेको छैन । यो विषयको विश्व विद्यालयमा नै पढाइ हुनुपर्छ तर निश्चित कुराहरु सम्बन्धित व्यक्ति बाहेक अरुलाई थाहा दिनु हुन्न । तर यो विषयको ज्ञान सबैलाई हुने र अपराध गरेर जेल बसेका व्यक्तिको मात्रै औठा छाप संग्रह गरेर राख्नसके पनि धेरै अपराधी सजिलै समातिन सक्छन् । तिनीहरु धेरैजसो पटके हुन्छन् ।

सवालः लिखतपरीक्षण विज्ञान नामक पुस्तकको बारेमा यहाँको आफ्नो भनाइ केछ ?

जवाफः लिखतपरीक्षण विज्ञान सबै व्यक्तिका लागि उपयुक्त पुस्तक हो । यो पुस्तक पढेर हस्ताक्षर वा ल्याप्चे छापको सद्दे वा किर्ते आफैँ छुट्याउन सक्नुहुन्छ । यो पढ्नु पर्ने , जान्नु पर्ने र बुभ्mनै पर्ने पुस्तक हो ।

Loading...

यसमा तपाइको मत

अन्र्तवार्ता बाट अन्य

मधेसी समुदायका नेपाली र सरकार विच संधै बिचौलियाले मात्र खेलिरहे: डा. अहिराज

Spread the loveसंविधान घोषणा संगै चर्कियो मधेस आन्दोलन, मधेसी जनताका उपयुक्त मागहरु सम्बोधन गर्न सरकारले पटक पटक प्रयास गर्यो तर समाधान हुन सकिरहेको छैन । हालै सरकारले फेरी संविधान संशोधन गरेर मधेशबादी दलहरुको माग...

कारवाहीको क्रममा राजिनामा दिएर भागेका लोकमान कसरी वन्न सक्छन अख्तियार आयुक्त: अर्याल

Spread the loveअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीको नियुक्ति गैह्र कानुनी भएको विषय अदालतमा विचाराभिन र सर्बत्र चर्चामा छ । कार्कीले गर्ने र गरेका काम पनि रिस–ईवी जोडिएको भन्ने आरोप पनी...

न्यायलय सुधारका लागि नेपाल बारको भुमिका कमजोर भयो: रजिस्टार पन्थी

Spread the loveअदालत भित्रका समस्याहरु, सेवाग्राहीका गुनासाहरु र कुन अदालतमा कसरी काम भईरहेको छ भन्ने जानकारी पाठक सामु राख्ने उद्देश्यका साथ बिभिन्न अदालतहरुमा पुगेर अदालतमा काम कारवाही कस्तो भईरहेको छ, कस्ता कस्ता योजनाहरु मार्फत...

न्यायले समाजलाई बिकास र दिगो शान्ति तर्फ अगाडि बढाउन सक्नु पर्छ :उपाध्याय

Spread the loveसंबैधानिक कानुनमा नेपाल ल क्याम्पस, त्रिभुवन बिश्वबिद्यालयबाट प्रथम श्रेणीमा एल.एल.एम उर्तिण गर्नु भएका अधिबक्ता लिलाधर उपाध्याय हालै सम्पन्न साधारण सभावाट संवैधानिक तथा न्यायीक पत्रकार मञ्च(Constitutional and Judicial Journalists’ Forum )को अध्यक्षमा निर्वाचित...

अनियमितता गर्ने कर्मचारीलाई तुरुन्त सुईक्याई दिन्छुः श्रेस्तेदार उप्रेती

Spread the loveन्याय दिने निकाय पनि भ्रष्टचारबाट मुक्त नहुनु, अदालतमा न्याय खोज्न गएका पिडित फैसला कुर्दा कुर्दै उल्टै पिडाको महसुस गर्नु, कर्मचारीहरुद्धारा सेवाग्राही प्रति वेवास्ता गरिनु, गुनासाहरु सुनाएपनि कुनै अर्थ नराख्नु जस्ता समस्या अदालतमा...

अदालतमा भ्रष्टाचार रोक्न जस्तोसुकै काम कारवाहीको लागि म पुर्ण प्रतिबद्ध छुः श्रेस्तेदार दाहाल

Spread the love भनिन्छ, लामो समय पछि वा घटनाको बर्षौ पछि दिईने न्याय पिडितलाई न्यायपाएको अनुभुती दिन सक्दैन । त्यसैले अदालतमा न्याय खोज्दै पुगेका पिडीतले समयमै न्याय पाउनुपर्छ वा समयमै मुद्दाको फैसला हुनुपर्छ । नेपालका...

कानूनको नक्कली हिरो मर्नै पर्छ

Spread the loveअधिवक्ता इन्जिनियर दिनेश चौधरी सामाजिक न्यायसँग सम्वन्धित विभिन्न विषयलाई अदालत र विभिन्न निकायमा उठाइरहने सामाजिक अभियानता हुन । उनले गरेका कार्य लगायत अन्य विषयमा नेपाल कानून सँग गर्नुभएको कुराकानी । तपाई सर्वोच्च अदालतमाथि...

कानूनी शासनको महत्वपुर्ण निकाय वन्दैछ महान्यायधिबक्ताको कार्यलय : फुयाल

Spread the loveहरि फुयाल बिगत तिन महीना देखी महान्याधिबक्ताको कार्यलयका प्रमुखको कार्यभार सम्हाल्दै आएका छन । तपाई यहाँ आए देखि अहीले सम्म के के कामहरु गर्नु भयो र के के महत्वपुर्ण कार्यहरु हुदैछन त...

नक्कली डाक्टरका सबै प्रमाणपत्र स्वतः खारेज हुन्छनः डा. पराजुली

Spread the loveनक्कली डाक्टरहरुको बिगबिगी बढदै गएको र पक्राउ परि त्यो प्रकरण अदालत सम्म पुगिसकेको छ । अदालतले के फैसला गर्ला भन्ने चाही अनुमानमै सिमीत रहेका बेला, नक्कली डाक्टर को हुन, यस्ता डाक्टरलाई के...

खारेज मात्र गर्न मिल्ने सन्धीलाई सुधारबारे सल्लाह दिने जिम्मेवारी दिईएको प्रबुद्ध समुह नै अबैधानिक छः श्रेष्ठ

Spread the loveनेपाल भारत बिचको सिमा बिबाद, अन्य सम्बन्ध र सुधार साथै १९५० को सन्धी र हालै यसबारे चलिरहेको बहस, यस्को सुधार गर्न जिम्मेवारी दिईएको प्रबुद्ध समुह लगायतका सम्बन्धमा, यो सन्धी संशोधन, पुनरावलोकन, यथावत...