करको संरचनामा पनि परिवर्तन हुनपर्ने

Loading...
Spread the love

पौष २७, काठमाडौं । देश संघीयतामा जान लागेकाले करको संरचनामा पनि परिवर्तन हुनपर्ने बताइएको छ । उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगले द्वारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा सो कुरा बताइएको हो ।
सो आयोगले पुस २६ गते नेपाल उद्योग वाणिज्य संघ कास्की र नेपाल उद्योग वाणिज्य संघ दमौलीमा छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आयोगका अध्यक्ष डा. रुपबहादुर खड्काले देश संघीयतामा जान लागेकाले करको संरचनामा पनि परिवर्तन हुनपर्ने बताएका छन् । वर्तमान कर कानुनहरु लागू भए पश्चातका परिवर्तनहरुलाई समेट्नेगरी पुनरावलोकनको आवश्यक रहेको रहेको पनि उनले सोही कार्यक्रममा बताए ।
Irdनेपालको कर प्रणालीको प्रतिफल पनि राम्रो रहेको बताउनुहु“दै करदाताको कर सहभागिता बढाउनका लागि कर प्रणालीलाई सरल र सहज बनाएको खण्डमा ४० प्रतिशत जनता करको दायरामा आउछन् भन्ने सर्वमान्य सिद्धान्त रहेको बताए ।
आर्थिक विकासमा निजी क्षेत्रको विशेष भूमिका हुने भएकाले त्यसलाई अध्ययन गरेर प्रतिवेदन पेश गरिने बताए । देश संघीयतामा जान लागेकाले करको संरचनामा पनि परिवर्तन हुने बताए ।
सरकारको गठन जहिलेबाट शुरु भयो, त्यही बेलादेखि कर उठाउन थालिएको बताउनुहु“दै राज्यले समाजमा शान्ति सुरक्षा कायम गर्ने, न्याय सुलभ गराउने, मुलुकलाई वाह्य आक्रमणवाट वचाउने, देश विकास गर्नका लागि आवश्यक विकास तथा निर्माण सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने र समाजका अशक्त तथा असहाय व्यक्तिका लागि सामाजिक सुरक्षाको व्यवस्था गर्र्ने जस्ता कार्यहरु गर्दछ ।
त्यसको लागि अन्य कुराका साथै राजस्वको आवश्यकता पर्ने भएकाले राजस्वको प्रमुख श्रोत कर भएकोले राज्यले सोको संकलन नागरिकवाट गर्ने बताए ।
आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्माले कर प्रशासन सहभागिता मूलक प्रणालीमा आधारित भएका कारण व्यवसायिक गुनासा, सुझाव, संकलन गर्ने क्रम निरन्तर चलिरहेको बताए ।
हाम्रो मुलुक हामीले नै बनाउने हो भन्नुह“दै यही कुरालाई मध्य नजर गरेर आम व्यवसायी सरोकारवाला पक्षको अपेक्षा, समग्र पर्यावरणीय अवस्था, हाम्र अप्ठ्याराहरु विश्वमा भएका आदर्श र अभ्यास आदि विषयमा अध्ययन विश्लेषण गरी असल अभ्यास अनुसार नै अबको बाटो पहिल्याउने हो भन्ने श्री शर्माको भनाइ थियो ।
विधिसम्मत् र विवेक सम्मत ढंगले समस्या समाधान गर्ने उल्लेख गर्दै सामाजिक सुरक्षाका विषयमा करदाताले उठाएका विषय गहन भएको समेत उनले बताए ।
पौष मसान्तसम्म व्यवसायीका लागि विभिन्न स्किमको व्यवस्था भएकाले त्यसको सदुपयोग गरौं, अहिले सुखको समय छ यदि स्किमको सदुपयोग नगरे दुःखको समय आउने उनको भनाई थियो ।

कार्यक्रममा आयोगका सदस्य माधव ढकालले आयकर ऐन र मूल्य अभिवृद्धि कर लागू भएको लामो समय वितिसकेकाले अर्थतन्त्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै कर प्रणालीलाई सुधार गर्नको लागि आयोगले म्याण्डेट पाएकोले त्यसै अनुसार सुझाव दिने बताए ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण राउतले केही वर्ष अघिसम्म जीडीपीमा १०–१२ प्रतिशत मात्र राजस्व उठेकोमा अहिले १८–२० प्रतिशत असुल भइरहेकाले आशावादी हुनुपर्ने बताए ।
व्यवसायीले एकातिर राज्यलाई किन कर तिर्ने भन्ने अर्कोतिर विकास किन भएन भन्ने विवादास्प विषय उठाउने गरेकाले हामी करदाता हौं कर तिर्नु मेरो भविष्यको लगानी हो भनेर सोच्न आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्री चण्डीराज ढकालले कर प्रशासनले करको दायरामा आएका व्यवसायीलाई आफ्नो निर्धारित लक्ष्य पूरा गर्नकै लागि करकाप पार्ने काम गर्न नहुने बताउनउँदै करको दायरामा नआएका व्यवसायीलाई दायरामा ल्याउने विशेष कार्यक्रम ल्याउन आग्रह गरे । खुल्ला सीमाना भएका कारण अनाधिकृत ट्रेड मार्कका सामानलाई अनुगमन गर्न समेत उनले सुझाव दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री विन्दूकुमार थापाले अबको कर प्रणाली २०–२५ वर्षका लागि पुनरावलोकन गर्न नपर्ने गरी डिजाइन हुनुपर्ने बताउनुहुँदै कर प्रशासनलाई अझै सहज बनाउन आवश्यक पर्ने सुझावका लागि साना व्यवसायीसँग पनि अन्तक्र्रिया गर्न सुझाव दिए । बस व्यवसायीहरुले देशको पर्यटन क्षेत्रमा सेवा पु¥याउँदै आएको बस सेवालाई मूल्यअभिवृद्धि कर लगाउन नहुने बताए ।

२०५२÷५३ सालमा लागू भएको थ्रेस होल्डको विषयमा पुनर्विचार गर्नुपर्ने समेत उनीहरुको सुझाव थियो । त्यस्तै सक्कली ट्रेडमार्कमा नक्कली कस्मेटिक सामानले बजार भरिंदा राज्यलाई घाटा भएकाले त्यस तर्फ पनि अनुगमन गर्न आग्रह गरे । सुनचाँदी व्यवसायीहरुले कमसल गुणस्तरको सुन बजारमा छ्याप छ्याप्ती भएकाले बैंकमार्फत् आउनुपर्ने बताए । कर बुझाउँदै गर्दा राज्यले करदातालाई दिने सम्मान के हो ? उद्योग धन्दाहरु दिनानु दिन किन बन्द भइरहेका तर्फ पनि सरकारले अध्ययन गर्नुपर्ने उनीहरुको बनाई थियो ।

एउटा करदातालाई व्यवसाय शुरु गर्नु अघि पूर्ण पले करसम्बन्धी शिक्षा दिने व्यवस्था हुनुपर्ने बताउँदै घर भाडामा ठूलो मात्रामा राजस्व चुहावट भएकाले ऐन बनाएर घर धनीराँग घर बहाल कर लिने व्यवस्था गर्न आग्रह गरे । राज्यले करको दायरामा नआई गरेको व्यवसाय अवैध हो भनेर नीतिगत व्यवस्था गरोस् भन्दै राज्यको उत्पादन नवढाई राज्य समृद्ध हुन नसक्ने भएकाले सरकार तथा कर प्रशासनको व्यवहार लगानीमैत्री र करदाता मैत्री हुनुपर्ने बताए ।
Ird 1कार्यक्रममा कर सप्ताह २०७१ को अवसरमा उत्कृष्ट घोषित भएका करदाताहरु क्रमशः मेट्रो डेभलपमेन्ट बैंक लिमिटेड, सांग्रिला भिलेज रिसोर्ट प्रा. लि. फेवासिटी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि., कुश ट्रेडर्स, कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंक लि., हाम्रो पसल सेन्टर, प्रधान ब्रदर्स, पर्वत आयल डिष्टिव्युटर्स, वेष्ट पोईन्ट एजुकेशन फाउण्डेसन म्याग्दी प्रा. लि., मदरल्याण्ड एकेडेमी कास्की प्रा. लि., डा. आनन्द बहादुर श्रेष्ठ, नेपाल हवाई खेलकुद संस्था र उत्कृष्ट कर्मचारीमा ना. सु. श्री हेमराज पोख्रेललाई सम्मान गरिएको थियो । त्यसैगरी दमौलीमा आयोजित कार्यक्रममा करदाता सेवा कार्यालय दमौली अन्तर्गतका अकलादेवी ट्रेडर्स र सूर्य ब्लेन्डरलाई पनि सम्मान गरिएको थियो ।

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

काठमाडौं महानगरपालिकामा निम्न कामहरुका लागि कर नलाग्ने

Spread the loveकाठमाडौ: देशैभरि अहिले करको चर्चा र परिचर्चा तिव्र भईरहेको वेलामा काठमाडौँ महानगरपालिकाले सेवा प्रवाह गर्दा लाग्ने सेवा शुल्कको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण २०७५ श्रावण १ गतेदेखि लागू भएको दस्तुर...

वल्डलिंकको अफर इन्टरनेट खरिद गरे नेट टिभी र सेटअपबक्स सित्तैमा

Spread the loveकाठमाण्डौ: वल्डलिंक कम्युनिकेसनले आफ्ना ग्राहकहरुका लागि लक्षित गर्दै नयाँ नयाँ अफरहरु प्रदान गर्ने कार्यलाई निरन्तरता दिदै अफर जम्बो खर्च कम भो नामक अफरको सुरुवात गरेको छ । जस अन्र्तगत ग्राहकहरुले ६ महिनाको...

मेगा बैंक नेपाल नवौं बर्षमा प्रवेश, संघीय संचरना अनुरुप हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’

Spread the loveकाठमाडौं: मेगा बैंक नेपाल आठौं बर्ष पूरा गरी आजबाट नवौं बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा सोमबार काठमाडौंको दरवार मार्ग स्थित अन्नपुर्ण होटलमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा...

वल्ड कपलाई लक्षित गर्दै वल्डलिकको अफरै अफर

Spread the loveकाठमाडौं: विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२...

वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् स्मार्ट फोन पाउनुहोस

Spread the loveकाठमाण्डौ: साथीलाई वल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिनुहोस् र स्मार्ट फोन पाउनुहोस् । लामो समयदेखी इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान दुई कान आफरको सुरुवात गरेको...

वल्र्डलिंकको “तीनको तड्का” ग्राहक योजना: इन्टरनेटमा अफरै अफर

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले तीनको तड्का नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने ग्राहकयोजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना...

वल्डलिंकको इन्टरनेट अफर, टिभीसँगै कार उपहार

Spread the loveकाठमाण्डौ: इन्टरनेट सेवा प्रदायकको क्षेत्रमा वल्र्डलिंकले पहिलो पटक “ए हजुर कता ! इस्क्राच गरौँ यता” भन्ने अफरको सुरुवात गरेको छ । यो अफर अन्र्तगत भाग्यशाली ग्राहकहरुले लक्की ड्र मा हरेक हप्ता १२...

नेपालमा जिमेल र यूट्युब ढिलो खुल्नको यस्तो छ कारण

Spread the loveकाठमाण्डौ: यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति...

कानून विपरीत यसकारण सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर

Spread the loveनयाँ संविधान बमोजिम देश संघीयतामा गई सकेको र कार्यन्वयनको पाटो पनि सँगसँगै अघि वढिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गत भदौ ५ गते देखि सवारीसाधनमा इम्बोस्ड प्लेट...

वल्डलिंकद्धारा नेपालमै पहिलो पटक सुरक्षित इन्टरनेट सेवाको सुरुवात

Spread the loveकाठमाण्डौ: विगत लामो समयदेखि नेपाली जनमानसमा इन्टरनेट सेवा तथा सुविधा पुर्याउदैँ आएको वल्र्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ । सेफनेटले...