महिला भलिबल प्रतियोगिताको आइतबारका खेलहरु

Loading...
Spread the love

पौष २७ , काठमाडौं । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता२०७१’ अन्तर्गत आइतबार विभिन्न खेलहरु सम्पन्न भएका छन् ।
यही पौष २५ गतेदेखि २९ गतेसम्म संचालन हुने सो प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल टिम टिम विजयी भएका छन् ।
Apfत्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले श्री चण्डेश्वरी युवा क्लब रामेछापलाई २५–७, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको छ ।
यसैगरी नेपाल पुलिस क्लबले २५–६, २५–६ र २५–७ को फराकिलो अन्तरले ढोरपाटन स्पोटर््स टे«निङ्ग सेन्टरलाई पराजित गरेको छ ।
यसैगरी आजै सम्पन्न अर्को खेलमा पश्चिमाञ्चल भलिबल टिमले न्यू डाइमण्ड एकेडेमीलाई २५–२३, २५–२२, २२–२५, १३–२५ र १५–१२ ले पराजित गरेको छ ।
आज भएका खेलहरुमा एपीएफ क्लबकी सरस्वती चौधरी, पुलिस क्लबकी कोपिला उप्रेती र पश्चिमाञ्चल भलिबल टिमकी मन्जु गुरुङ्ग वमेन अफ द म्याच भएका छन ।
आजका विजयी टिमसहित न्यू डाइमण्ड एकेडेमी समेत सेमिफाइनलमा प्रवेश गरेको छ । भोलीको सेमिफाइनल खेल नेपाल एपएिफ क्लब र न्यू डाइमण्ड एकेडेमी बीच तथा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल टिम बीच हुने छ ।
सशस्त्र प्रहरी बलले दोस्रो पटक आयोजना गरेको उक्त भलिबल प्रतियोगिताको कूल पुरस्कार राशी चार लाख २५ हजार रुपैयाँ तथा ट्रफि रहेको छ भने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप एक थान स्कुटर प्रदान गरिनुका साथै उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई समेत जनही पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डाइमण्ड एकेडेमी, श्री चण्डेश्वरी युवा क्लब रामेछाप, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर, पश्चिमाञ्चल भलिबल टिम र श्री गाउँ खेलकुद विकास समिति दाङ्गको टिम गरी कूल आठवटा टिमको सहभागिता रहेको छ ।
लिग कम नकआउटको आधारमा हुने उक्त प्रतियोगिताका सवै खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन भइरहेका छन् ।

Loading...

यसमा तपाइको मत

कानुन र खेलकुद बाट अन्य

बन्नेभयो रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन

Spread the loveकाठमाण्डौ: इन्धन आपूर्तिका हिसाबले महत्वपूर्ण मानिएको योजना सीमवर्ती रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत कार्यान्वयनमा भारतीय पक्षले तत्परता देखाएको छ । भारतीय केन्द्र सरकारले मन्त्रिस्तरीय टोलीले त्याहाको सम्बन्धित पूर्वी...

इन्सुरेन्स कम्पनीको सहयोग पाउने आशमा बिरामी कुमार

Spread the loveमेरा श्रीमान कुमार पौडेल कतार जानुभएको थियो । त्यहाँ गएको डेढ वर्षपछि दुईवटै मृगौला काम नलाग्ने भएका हुन् । दुई चार महिना उतै उपचार गराउनुभयो । नेपाल आएको झण्डै एक वर्ष हुन...

ग्याँस र फलामको उत्खनन कार्य यसरी हुँदैछ नेपालमा

Spread the loveकाठमाण्डौ: आगामी तीन वर्षभित्र पेट्रोलियम पदार्थको खानी अध्ययन गरी उत्खनन काम सुरु हुने उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको कार्यक्रमममा मन्त्री पाण्डेयले मुलुक आर्थिक समृद्धिको दिशामा अघि...

अन्तत विराट पेट्रोलको मूल्य प्रतिलिटर ९९ कायम

Spread the loveविराट पेट्रोलियम कम्पनिले अन्ततः ९९ रूपैया प्रतिलिटरमा पेट्रोल बिक्री गर्न थालेको छ। शनिबारसम्म सोही तेल १ सय ३० रूपैया प्रतिलिटरमा बिक्री गर्दै आएको थियो । आफूखुसी १ सय ३० मा बिक्री सुरू गरेपछि...

साग विजेता टोलीलाई झापामा भव्य स्वागत (फोटोफिचर)

Spread the loveनेपालाई २३ वर्षपछि ठूलो जित हाँसिल गराउने साग विजेता फुटबल टोली केही बेरपछि नेपाल आइपुग्दैछ नेपाली भूमि प्रवेश गर्न साथ स्वागतका लागि सीमावर्ती नेपाली क्षेत्र काँकरभिट्टामा सयौं सर्वसाधरण हरु लामबद्ध भएर नेपाली...

अस्पतालको लापरबाहिले बच्चीको मृत्यु

Spread the loveजेठ १५, काठमाडौं । काठमाडौंको एउटा चल्तीको बाल अस्पतालले गरेको गलत डाइग्नोसिसका कारण मस्तिष्कघात भएपछि १५ महिनादेखि दिल्लीस्थित गंगाराम अस्पतालको सघन उपचार कक्षामा उपचाररत २२ महिने आनभी रिजालको मृत्यु भएको छ । शरीरको...

जाँदा जाँदै … ….

Spread the loveकाठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दासले क्रिकेट खेल्नबाट चैत २८ गते सन्यास लिएका छन्। त्रिवि क्रिकेट मैदानमा आफ्नो अन्तिम खेल खेल्दा उनले फिलिप ह्युजको सम्झनामा खेलिएको खेलको टिम ब्लुको कप्तानी गरेका...

अष्ट्रेलिया पाँचौं पटक विश्व च्याम्पियन

Spread the loveचैत १५, काठमाडौं । न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट ग्राउण्डमा न्यूजिल्याण्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३.१ ओभरमा...

सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता सन्चालन

Spread the loveचैत १५, काठमाडौं ।  सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा चैत्र ११ गतेबाट संचालित ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ अन्तर्गत शनिबार विभिन्न इभेन्ट्सका फाइनल, सेमीफाइनल तथा क्वार्टरफाइनलका खेलहरु भएका छन् । आज...

के अनुष्का र विराटबीच प्रेम हुनु गलत हो ?

Spread the loveविश्वकपमा अष्ट्रेलियासँग भारतको नराम्रो हार पछि भारतीय नागरिकहरुले बिराट कोहली र नायिका अनुष्काको फोटोहरु च्यातेर बिरोध जनाए । उनीहरुले बिराटले नराम्रो खेल्नुको पछाडि अनुष्काको हात भएको बताएर उक्त बिरोध जनाइरहेका बेला भारतीय पूर्व कप्तान...