सहमतिको सम्भावना क्षीण भएकाले बहुमतीय प्रक्रिया

Loading...
Spread the love

पौष २९, काठमाडौं । सहमतिका सबै भावना लगभग अन्त्य भएपछि सत्ता साझेदार कांग्रेस-एमाले दुई तिहाइबाटै एमाओवादी र मधेसी मोर्चासहित विपक्षीलाई पराजित गर्ने मानसिकतामा पुगेका छन् ।

constitutionसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसहित सोमबार बिहान बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सहमतिको सम्भावना क्षीण भएकाले बहुमतीय प्रक्रियाका आधारमा अघि बढाउनुपर्ने बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री कोइरालाले भने, हामीले धेरै लामो समय सहमतिको प्रयास गर्‍यौं तर सम्भावना क्षीण हुँदै गएको छ, त्यसैले संविधानसभाबाट बहुमतीय प्रक्रियाबाट काम अगाडि बढाऔं, सहमतिको कोसिस पनि जारी राखौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भनाइमा समर्थन रहेको बताए । त्यसपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कसैलाई संविधानसभाको माया छैन भने आफूले मात्र सहमति भनेर यसलाई जोगाउन नसक्नेु बताएको एक सहभागीले बताए ।

कांग्रेस-एमाले दुवै संसदीय दलका मुख्य सचेतकहरूले सोमबारै सभासद्हरूलाई माघ ८ सम्म राजधानी नछाड्न र संविधानसभा बैठकमा अनिवार्य उपस्थिति हुन ह्विप जारी गरेका छन् ।

ह्विप जारी गर्नुपर्नाको कारणबारे एमाले मुख्य सचेतक अग्नि खरेलले भने, माघ ८ भित्र संविधान जारी गर्ने कांग्रेस, एमालेलगायत सबै दलको प्रतिबद्धता हो, हामीले सभासद्लाई काठमाडौंमै रहन र नियमित उपस्थित रहन ह्विप जारी गरेका हौं ।

कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले मंगलबारदेखि संविधान निर्माणको सबै काम सभामुखको हातमा जाने बताए । अब सहमतिका लागि भनेर रोक्ने बाटो छैन, प्रक्रियाबाट अघि बढ्छु, उनले भने, प्रक्रियासँगै सहमति प्रयास पनि माघ ८ सम्मै जारी रहन्छ ।

संविधानसभाले सहमति जुटाउन संवाद समितिलाई दिएको समय सोमबार सकिएको छ। मंगलबार बिहान ११ बजेका लागि सभाध्यक्ष नेम्बाङले बैठक राखेका छन् ।

एमालेले राजनीतिक तहमा भइरहेको छलफलबारे जानकारी दिन सोमबार संसदीय दलको बैठक आयोजना गरेको थियो। संविधानसभा भवनमा भएको बैठकमा एमाले अध्यक्ष ओलीले सभासद्हरूसँग संविधानका विवादित विषयमा सहमतिको सम्भावना क्षीण भएको बताए ।

ओलीले संघीयताका विषयमा मधेसलाई पहाडसँग जोड्नै नहुने र पहाडलाई मधेसको भूभागसँग छुवाउन पनि नहुने भन्ने विषयमा एमाले सहमत हुन नसकेको बताए ।

शीर्ष नेताको छलफलबारे ओलीले भने, राज्य पुनर्संरचना गर्दा राष्ट्रिय अखण्डता र राष्ट्रिय एकतामा आँच आउने गरी सहमति गर्न सकिँदैन, अहिलेसम्म सहमतिको लक्षण छैन ।

बैठकमा वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले पनि अब बहुमतीय प्रक्रियाबाट अघि बढाउनुपर्ने बताए ।

नेपालले भने, जातीय आधारमा प्रदेश बनाउने कुरा गलत हो, यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन ।  उनले पनि सहमतिका नाममा राष्ट्रियता कमजोर पार्ने गरी सहमति गर्न नहुने बताए ।

एमाले संसदीय दलको बैठकमा उक्त पार्टीका मधेसी र जनजाति सभासद्हरूले पनि हिमाल, पहाड र तराई जोडेर प्रदेश निर्माण गर्नुपर्ने बताए । पार्टी स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले मधेसको भूभाग मात्र राखेर प्रदेश बनाउन नहुने उल्लेख गर्दै भने, भोलि जन्मेका तराईका सन्ततिले यस्तो नभनून्- हिमाल र पहाड पनि यही देशमा पर्दोरहेछ ।

हिजो मधेसमात्र राखेर हाम्रा पितापुर्खाले प्रदेश निर्माण गरेछन् भनेर हामीलाई नधिक्कारून् । उनले मान्छेको अन्तर्राष्ट्रिय जाति हुनेछु भनेर गीत गाउने कम्युनिष्टहरूले जातीय राज्यको कुरा उठाउनु विडम्बना भएको बताए ।

जनजाति सभासद्हरू नागेन्द्र चौधरी, गणेश काङवाङ, शेरधन राई, प्रेम आले, मञ्जु चौधरी, रामवीर मानन्धरले जातीय प्रदेशविरुद्ध एमाले नेताहरूलाई दह्रो गरी उभिन आग्रह गरे । अन्नपूर्ण पोस्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...