कुमारलाई बेलायत सरकारबाट कानुनी सहायता

Loading...
Spread the love

पौष २९, काठमाडौं । बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाले युद्धअपराधविरुद्धको मुद्दा लड्न बेलायत सरकारबाट कानुनी सहायता (लिगल एड) पाएका छन् । बेलायतले उपलब्ध गराएको वकिलहरूको टोली उनीविरुद्धका प्रमाणको जाँचबुझ गर्न नेपाल आउने भएको छ ।

justiceप्रधानसेनापति गौरवशमशेर राणाले आइतबार राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई यसबारे जानकारी गराएका छन् । ‘लिगल एड पाइसकेपछि वकिलहरूको टोली कर्नेल लामाविरुद्ध परेका उजुरी र प्रमाणको यथार्थ जाँचबुझ गर्न आउने जानकारी पाएका छौँ,’ आयोग टोलीसँगको छलफलमा सहभागी सैनिक प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले भने, ‘कहिले र को–को आउने भन्ने जानकारी आएको छैन ।’

लामाको पक्षमा वकालत गर्न लन्डनको ‘द किंग्सले नाप्ले’ नामको ल फर्मलाई डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले खर्च उपलब्ध गराएको थियो । ल फर्मका वकिलहरू माइकल कप्लान क्युसी र जेम्स लुइसले लामाका पक्षमा वकालत गर्न चार लाख ३० हजार पाउन्ड ९६ करोड ६३ लाख रुपैयाँ० शुल्क मागेको थियो । सरकारले पटक–पटक गरेर दुई लाख २० हजार पाउन्ड ९करिब साढे तीन करोड रुपैयाँ० दिएको थियो । तर, बाँकी रकम नदिने निर्णय सरकारले गरेपछि लामा अन्योलमा परेका थिए ।

मुद्दाखर्च व्यहोर्न नसकेपछि उनले बेलायत सरकारलाई निवेदन दिएका आधारमा कानुनी सहायता प्राप्त गरेको सैनिक स्रोतले जनाएको छ । बेलायत सरकारले उपलब्ध गराएका स्वतन्त्र वकिलहरूको टोलीले नेपाल आएर उनीमाथि परेका उजुरी र प्रमाणबारे विस्तृत जाँचबुझ गर्नेछ । स्रोतका अनुसार सैनिक नेतृत्वले सो टोलीलाई सक्दो सहयोग गर्ने वचन दिएको छ ।

नेपालको एड्भोकेसी फोरम र बेलायतको हिकम्यान्ड एन्ड रोज सोलिसिटर्सको उजुरीका आधारमा लामा लन्डनको इस्ट ससेक्सस्थित घरमा १९ पुस ०६९ मा पक्राउ परेका थिए । सो घर बेलायतको नागरिकता पाएकी उनकी श्रीमती लक्ष्मीको नाममा छ ।

UKआइतबार जंगीअड्डा पुगेका आयोग अध्यक्ष अनुपराज शर्मासहितको टोलीसँग प्रधानसेनापति राणाले लामाविरुद्ध गलत प्रमाणका आधारमा उजुरी परेको आरोप लगाए । ‘कर्नेल लामामाथि अन्याय भएको छ, फेक ९गलत० प्रमाणका आधारमा उनलाई थुन्ने र मुद्दा चलाउने काम भएको छ,’ प्रधानसेनापतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बेलायतबाट लिगल एड टिम आएर भेरिफिकेसन गर्दै छ, त्यसपछि सकारात्मक परिणाम आउने अपेक्षा गरेका छौँ ।’

०६२ सालमा गोरुसिंगे ब्यारेकमा गणपति हुँदा स्थानीय जनकबहादुर राउत र करम हुसेनलाई ६ महिना सैनिक हिरासतमा राखेर चरम यातना दिएको अभियोग लामामाथि छ । सो अभियोगमा लामामाथि पहिले नै कारबाही भइसकेको प्रधानसेनापतिले आयोग टोलीलाई बताए । जिल्ला अदालत कपिलवस्तुको आदेशअनुसार सेनाले उनलाई १५ महिनासम्म बढुवा रोकेको थियो ।

लामाको रिहाइ प्रयासका लागि डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले कानुनी प्रक्रियामा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको थियो । उनकै सरकारले नेपालका लागि ब्रिटिस राजदूतलाई बोलाएर यो घटनाप्रति अप्रसन्नता व्यक्त गरेको थियो । तत्कालीन परराष्ट्रसचिव अर्जुनबहादुर थापा र प्रधानसेनापति राणा बेलायत भ्रमण गरेर लामाको रिहाइका लागि प्रयास गरे पनि सकेनन् । खिलराज रेग्मी नेतृत्वको सरकारले लामाको मुद्दा खर्च महँगो भएको भन्दै पूर्ववर्ती सरकारको निर्णय उल्ट्याएर पछि हटेको थियो ।

‘मैनाकाण्डमा कतिपटक कारबाही गर्ने ?
मानवअधिकार आयोग टोलीसँगको छलफलमा प्रधानसेनापति गौरवशमशेर राणाले सेनाद्वारा मारिएकी मैना सुनुवारका विषयमा मानवअधिकारसम्बन्धी राष्ट्रसंघीय उच्चायोग र नेपाली मानवअधिकारवादीको भूमिकाप्रति असन्तुष्टि जनाए ।

काभ्रेकी किशोरी मैना सुनुवारलाई ५ फागुन ०६० मा घरबाट पक्राउ गरी सेनाले वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल ब्यारेकमा यातना दिएर हत्या गरेको थियो । हत्यामा संलग्न तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई नागरिक अदालतमा किन उपस्थित नगराएको भन्दै आयोग टोलीले प्रश्न गरेको थियो ।

जवाफमा प्रधानसेनापतिले बस्नेतलाई तीन महिना थुनेको र विभागीय कारबाही गरिसकेको बताएका थिए । ‘एकपटक कारबाही गरिसकेका व्यक्तिलाई दोस्रोपटक कारबाही गर्नु अन्तर्राष्ट्रिय प्रचलनसँग मेल नखाने भएकोले उनलाई अदालतमा बुझाइएन । यसमा हामी स्पष्ट छौँ,’ प्रधानसेनापतिलाई उद्धृत गर्दै सैनिक स्रोतले भन्यो ।

सेनाले सुरुमा मैना भाग्न खोजेपछि मृत्यु भएको जवाफ दिँदै हत्या स्वीकार गरेको थिएन । तर, ९ चैत ०६३ मा पाँचखालस्थित ब्यारेकबाट उनको अस्थिपन्जर उत्खनन भएपछि हत्या स्वीकार गरेको थियो । बस्नेतलाई काभ्रे जिल्ला अदालतले पटक–पटक उपस्थित हुन आदेश दिए पनि सेनाले उपस्थित गराएको थिएन । नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...