डिग्री पढ्ने केटी,गर्व निरोधक चक्की र म,

Loading...
Spread the love

पौष २९, काठमाडौं । आज तिम्रो जन्मदिन ! बधाइ छ ! शुभकामना पनि ! अर्को जीवनको शुभेच्छाहरू !

Ram gopal ashutosh

 रामगोपाल आशुतोष

मैले सुनेको कुरा कि झरी बर्षातमा भेटेको माया चोखो हुन्छ । “भगवानले पवित्र जल छर्केर हाम्रो जोडिलाई पवित्र बनाएको हुनुपर्छ ।” याद छ तिमीलाई रु मैले यस्तै भनेको थिएँ ।

हाम्रो भेटको पहिलो दिन निकै ठूलो त होइन तर ठूलै पानी परेको थियो । तिमी रुझेर आएकी थियौ । मेरो नभिजेको केही पनि थिएन । कार्यक्रममा पहिलो भेट भएको याद होला नि ?

तिम्रो चुँडेको चप्पल मेरो भिजेको शरीर । कतिले जिस्काएका है ? अम् ! आखिरमा तिम्रो र मेरो पुग्ने गन्तव्यको बाटो एकै । चिसो निकै थियो । तर पुग्यौँ एउटै बाइकमा सवार भएर । याद आयो रु कत्ति मज्जाका किस्सा सुनाएको थिएँ है ?
तिम्रो हँसाई र इनोसेन्ट बोलाइले त हो नि म मुग्ध भएको । कति मज्जाले हाँस्थ्यौ नि तिमी !

उम् ..!!! तिम्रो चञ्चल नयन । मधुर बोली । बालापन । म त नि ‘। भुतुक्कै ! कस्तो खुबी तिम्रो ! याद छ ज्यान ? घन्टौँ च्याट गर्दाको क्षण रु पख पठाउँछु तिमी र मैले च्याट गर्दाका सम्बाद ।

अँ, मेरो नाम त याद छ नि तिमीलाई १रु याद छ मेरो स्कुलको अन्तिम घन्टी बज्नुपूर्व के हुन्थ्यो तिम्रो छातीमा रु लौ बिर्स्यौरु कस्ती भुलक्कड भाकी तिमी रु मास्टर्स पढ्ने तिम्रो रिटेनिङ पावर यही हो त । तिमीले नै भनेकी होइन कि तिमी अरूजस्तै होइन । कलेज नगए पनि राम्रो मार्क्स ल्याएर पास हुन्छु भनेको पनि बिर्सियौ ?

अँ म के भन्दै थिएँ भन त । ए ए, हो त नि । एकदिन मेरो छातीमा शिर राख्दै भनेथ्यौ नि, ‘थाहा छ अनुमान, तिम्रो स्कुलको अन्तिम घण्टी बज्नुपूर्व मेरो छातीमा तिम्रो मायाको अलार्म बज्छ । त्यसैले म तिमीलाई हरेक दिन ४स्२५ मा कल गर्छु ।’
आज तिम्रो जन्मदिन हो । मैले बिहान फोन गर्दा तिमी पशुपतिमा छु भन्दै थियौ । साँच्ची किन गएकी पशुपति ? योभन्दापूर्व त तिमी मेरो छातीलाई सबैभन्दा ठूलो तीर्थ भन्थ्यौ नि । होइन रु कि बिर्स्यौ यो पनि ?

हरेक साँझ, हरेक बिहान र हरेक बिदामा म तिम्रो साथ सरी ज्यान तिमी मेरो साथ हुन्थ्यौ । आज यो पवित्र र विशेष दिनमा तिमीले मलाई भेट्न त के बाचा गरेर फोन गर्न पनि आवश्यक ठानिनौ किन रु कतै आज पनि चप्पल चुँड्यो कि तिम्रो ? कस्ले लिफ्ट दियो तिमीलाई ? आज पनि ठूलो त होइन तर पानी परेको थियो । मन कता कता दुखे दुखे जस्तो आभास किन भैरहेको छ ज्यानरु

चप्पल चुँडिए त जोडिने संयोग धेरै हुने रहेछ है ?!

आज तिम्रो जन्मदिनकै दिन तिमीले जानीजानी चँडालेर टुक्राटुक्रा यो मनलाई कसरी सिलाउने होला ज्यान । भन न ज्यान यो टुक्रा मन सङ्गालेर जोड्ने कसरी ?

बाहिर झरी छ । आँखामा बाढी छ ।

अस्ति हामी नगरकोटबाट फर्केपछि खाएको आइपिल्स आज पनि खायौ कि ? सुन है त्यसको आयु सेभेन्न्टी ट्यु आउर्स मात्र हो !! मिडियाएनपी

Loading...

यसमा तपाइको मत

साहित्य बाट अन्य

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

संस्कृति बचाँउ भन्दै कानून व्यवसायी शितलले ल्याइन तिज गित “लै वरि लै”

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

सवैले देख्छन खुशीयाली, विछोड भएको देख्ने कसले ?

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

सम्वन्धको समाप्तीसँगै मुसुक्क मुस्कुराई “ह्याप्पी डिभोर्स” भन्न सकियोस

Spread the loveह्याप्पी डिभोर्स कथा  निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे  मृजन  भाउजु खै ? उसले के भनु ?...

“तिज विकृती होइन संस्कृती हो” भन्दै शितलको गित बजारमा

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

बहुमुखी प्रतिभा सोनीको नयाँ पप गीत

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

कानूनी क्षेत्र प्यारो लागेकी नानीको अभिनय यात्रा

Spread the loveकाठमाडौं:  बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...