प्रक्रियाबाट संविधान निर्माण गर्नुपर्ने: कांग्रेस

Loading...
Spread the love

पौष ३०,काठमाडौ । कांग्रेसले विवादित विषयमा सहमति नहुने भन्दै प्रक्रियाबाट संविधान निर्माण गर्नुपर्ने निर्णय गरेको छ । सहमतिका आधारमा विवादित विषय टुंग्याउन पहल गरे पनि विपक्षी दलहरू तयार नभएको कांग्रेसको आरोप छ ।

Flag-congres21प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले संविधानसभा पुगेको सहमति र असहमतिको प्रतिवेदन संविधानसभाबाट मस्यौदा समितिमा पठाएर प्रक्रिया अघि बढाउनुपर्ने निर्णय गरेको हो । निर्धारित समयमै संविधान ल्याउन प्रक्रिया अघि बढे पनि सहमतिको प्रयास नछोड्ने निर्णय पनि कांग्रेसको छ ।

‘हामीले निरन्तर सहमतिका लागि पहल गरेका छौँ । एमाओवादी र मधेसी मोर्चा तयार भएनन् । सहमति नभएपछि सहमति र असहमतिको प्रतिवेदन संविधानसभामा पुगेको छ । अब संविधानसभाबाट प्रक्रिया अघि बढ्छ । संविधानसभामा पुगेको प्रतिवेदन अब मस्यौदा समितिमा जानुपर्छ,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘हामी कहिले पनि सहमतिलाई तोड्दैनौँ । प्रक्रियासँगै विवादित विषयमा सहमति खोज्ने प्रयास जारी रहन्छ ।’

केन्द्रीय समिति बैठक आज

कांग्रेसले संविधानसभाका अन्तर्वस्तुमा थप सुझाब र छलफल गर्न बुधबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकमा अहिलेसम्म भएका प्रगतिबारे जानकारी दिने र सदस्यहरूको सुझाब सुन्ने वनमन्त्री महेश आचार्यले जानकारी दिए ।

विपक्षी दल संविधानसभामा उपस्थिति नहुनु ‘गम्भीर त्रुटि’

कांग्रेस पदाधिकारी बैठकले मंगलबारको संविधानसभा बैठकमा एमाओवादीसहितका दल अनुपस्थित हुनुलाई गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । ‘संविधानसभा मुद्दाको उठान गर्ने दल नै उपस्थित नहुनु गम्भीर भएको हाम्रो ठहर छ,’ कांग्रेस सहमहामन्त्री खड्काले भने, ‘यो माओवादीको गम्भीर त्रुटि हो ।’

यसैगरी, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराई संविधानसभा बैठकमा अनुपस्थित हुनुलाई कांग्रेसले दुर्भाग्यपूर्ण भनेको छ । खड्काले भने, ‘संवाद समितिको सभापति भनेको सभामुखजस्तै हो । उहाँ आफैँले प्रतिवेदन बुझाएपछि संविधानसभा बैठकमा पनि उपस्थित हुनुपथ्र्यो । तर, सभापतिको भूमिका होइन, पार्टी नेताको जिम्मेवारी निभाउनुभयो । बैठकमा अनुपस्थित भएर उहाँ पदीय कर्तव्य पालनामा च्युत हुनुभयो भन्ने हाम्रो निष्कर्ष छ ।’

बन्द फिर्ता लिन आग्रह
सहमति, सहकार्य र एकताका आधारमा मुलुकका सबै समस्या समाधान हुने भन्दै कांग्रेसले आमहडतालजस्ता आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई आग्रह गरेको छ ।

सहमति खोज्दै लोकतान्त्रिक पद्धति र प्रक्रियाअनुसार अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा बन्द–आमहडताल फिर्ता लिन आग्रह गरिएको छ । नयाँ पत्रिका दैनिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...