आन्दोलनलाई सशक्त पार्ने : विपक्षी

Loading...
Spread the love

पौष ३०,काठमाडौ । संविधानसभाको पाँचवर्षे इतिहासमा विपक्षीविनाको बैठक गरेर सत्तारुढ दलहरूले गम्भीर षड्यन्त्र थालेको निष्कर्ष एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले निकालेको छ ।

उपत्यका तथा तराई बन्दको समीक्षा तथा संविधानसभामा विकसित घटनाक्रममाथि छलफल गर्न मंगलबार साँझ बसेको मोर्चाको बैठकले सहमतिका लागि थप दबाब पैदा गर्न आन्दोलनलाई सशक्त पार्ने निर्णय गरेको छ ।

‘बन्दको दिन बैठक नगर्नुहोस्, स्थगित गर्नुहोस् भन्ने १९ दलको आग्रहलाई सभामुखले सकारात्मक रूपमा लिएका थिए, तर पछि हामीलाई थाहै नदिई बैठक बसाले, यो प्राप्त उपलब्धि तुहाउने गरी षड्यन्त्रमूलक ढंगले संविधान बनाउने संकेत हो,’ मोर्चाको बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘यो गलत हो र यसको विरोध हुन्छ । प्रतिपक्षविना पहिलोपटक संविधानसभाको बैठक बसालिएको छ, यसमा गम्भीर षड्यन्त्र छ ।’

बहुमतका आधारमा संविधान बनाउने सत्तारुढ दलहरूको योजनाअनुसार विपक्षी दलहरूको अनुपस्थितिमा बैठक बसालिएको मोर्चाको निष्कर्ष छ । ‘यसरी षड्यन्त्रमूलक ढंगले बैठक बसाल्नुको तात्पर्य बल प्रयोग गरेर संविधान ल्याउने खेल गरिँदै छ भन्ने हुन्छ,’ महतोले भने, ‘गणितका आधारमा जान उनीहरूले आजबाटै सुरु गरे, त्यसको त्यहीस्तरको जवाफ दिइन्छ ।’

दलीय सहमतिविना प्रक्रिया अगाडि बढाउने सत्तारुढ दलहरूको तयारीविरुद्ध कडा प्रतिरोध गर्ने निर्णय मोर्चाले गरेको छ । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमतिका लागि थप दबाबको आवश्यकता रहेको बताए । ‘सहमतिबाट अगाडि बढ्नुपर्छ भन्ने हाम्रो कुरा हो र यसका लागि हामी थप पहल गर्छौं,’ उनले भने, ‘एकलौटी तरिकाले उनीहरू ९सत्तारुढ दल० अगाडि बढ्छन् भने त्यसको त्यहीस्तरमा प्रतिवाद हुन्छ ।’

मोर्चाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र मस्यौदा समिति विघटन गरेर संविधानसभाबाट प्रश्नावली समिति बनाउन चुनौती दिएको छ । सहमतिविना बन्ने त्यस्तो समिति आफूहरूलाई मान्य नहुने मोर्चाले जनाएको छ । ‘संवाद समिति र मस्यौदा समिति विघटन गरेर मात्रै प्रश्नावली समिति बनाउन सम्भव छ,’ यादवले भने, ‘यो संविधानसभा नियमावलीविपरीत हुन्छ ।’

विपक्षी दलहरूले संविधानसभा बहिष्कार गरेको भन्ने सत्तारुढ दल र सभामुखको भनाइ गैरजिम्मेवार र गलत भएको निष्कर्ष पनि मोर्चाले निकालेको छ । ‘विपक्षीहरू संविधानसभा बहिष्कार गरेर भागे भन्ने गलत हो,’ फोरम अध्यक्ष यादवले भने, ‘सभामुखले बैठक नबोलाउने भनेका थिए, बोलाएर हामीलाई नै धोका दिए ।’

मोर्चाले राष्ट्रिय पर्व माघीका दिन डाकिएको संविधानसभाको बैठक स्थगित गरेर अर्को दिन बोलाउन सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । ‘राष्ट्रिय पर्वको दिन किन बैठक डाकिएको छ, हामी यसलाई अर्को दिन सार्न भनेर बुधबार सभामुखलाई भन्छौँ,’ सद्भावना अध्यक्ष महतोले भने । नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...