अख्तियारकै अधिकृतले घुस लाखौ लिएपछि

Loading...
Spread the love

पौष ३०,काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै दुई अधिकृतलाई हिरासतमा राखेको छ । अनुुसन्धानमा रहेको भ्रष्टचार मुद्दा मिलाइदिने भन्दै दुई लाख रुपैयाँ घुस लिएका उनीहरूलाई अख्तियारले मंगलबार पक्राउ गरेको हो ।

moneyअख्तियारको क्षेत्रीय कार्यालय पोखरामा कार्यरत शाखा अधिकृत विनोद अमात्य र लेखा अधिकृत तोयानाथ शर्मा पक्राउ परेका हुन् । अख्तियारले दुवै अधिकृतलाई निलम्बन गरी थप छानबिन थालेको छ ।

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आयोगको भ्रष्टचारविरुद्धको गरिमाय अभियानमा धब्बा लगाउने निकृष्ट र निन्दनीय कार्य गरेकाले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको ट्विट गरेका छन् । उनले अख्तियारका कर्मचारीले अनुचित लाभका लागि रकम माग गरेमा सूचना दिएर भ्रष्टचारविरुद्धको अभियानमा सहकार्य गर्न पनि अनुरोध गरेका छन् ।

अख्तियारका अनुसार अमात्य र शर्माले पर्वतको जिल्ला स्वास्थ्य कार्यालयमा भएको भ्रष्टाचार मुद्दा मिलाइदिने भन्दै कार्यालय प्रमुख डा। नारायण ओझासँग दुई लाख रुपैयाँ घुस लिएका थिए । आफ्नै अधिकृतले घुस लिएको उजुरी केन्द्रीय कार्यालयमा परेपछि उनीहरूमाथि आन्तरिक छानबिन भएको थियो ।

छानबिनका क्रममा क्षेत्रीय कार्यालयका अधिकृतद्वय अमात्य र शर्माले अनुसन्धानमा रहेको मुद्दा मिलाइदिने भन्दै दुई लाख रुपैयाँ घुस खाएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीका अनुसार भदौदेखि पर्वत जिल्ला स्वास्थ्य कार्यालयको अनियमितताबारे छानबिन हुँदै आएको छ । स्वास्थ्य कार्यालयमा औषधिलगायतका सामान खरिदमा भ्रष्टचार भएको उजुरी आयोगको क्षेत्रीय कार्यालय पोखरामा परेको थियो । आयोग क्षेत्रीय कार्यालयले अमात्य र शर्मालाई अनुसन्धान अधिकृत तोकेर छानबिनमा खटाएको थियो ।

उनीहरू छानबिन गर्न पटक–पटक स्वास्थ्य कार्यालयमा गएका थिए । अख्तियारका अनुसार स्वास्थ्य कार्यालयकै केही कर्मचारीले बिचौलिया बनेर उनीहरूलाई घुस दिएका थिए । घुस दिएपछि छानबिन प्रक्रिया सुस्त भएको थियो ।

कसरी भयो डिल 
अख्तियारका अनुसार पर्वत स्वास्थ्य कार्यालयमा अनियमितताबारे छानबिन गर्न भदौमै क्षेत्रीय कार्यालयले टोली खटाएको थियो । टोलीले मंसिरदेखि छानबिनमा तीव्रता दिएको थियो । अनुसन्धान अधिकृतद्वय विनोद अमात्य र तोयानाथ शर्माले पटक–पटक पर्वतमै पुगेर कार्यालय प्रमुख डा। नारायण ओझालगायत कार्यालयका कर्मचारीसँग सोधपुछ गरेका थिए । औषधि खरिददेखि अन्य निर्माण कार्यका फाइलसमेत कब्जामा लिएका थिए ।

अख्तियारले फाइलसमेत लगेर छानबिन थालेपछि तनावमा परेका कार्यालय प्रमुख डा। ओझाले घुस खुवाएर मिलाउने कोसिस गरेका थिए । उनले केही बिचौलिया र आफ्नै कर्मचारी प्रयोग गरेर घुसको प्रस्ताव राखेका थिए । स्रोतका अनुसार प्रस्ताव आएपछि अधिकृतद्वय अमात्य र शर्माले सुरुमा दुई लाख ५० हजार मागेका थिए । पछि उनीहरू दुई लाख रुपैयाँमा सहमत भएको स्रोतको भनाइ छ ।

अख्तियार स्रोतका अनुसार डा। ओझाकै योजनामा स्वास्थ्य कार्यालयका केही कर्मचारी र बाहिरी बिचौलियाबाट एक महिनाअघि दुई लाख रुपैयाँ घुस लिएको अमात्य र शर्माले बयान दिएका छन् । हिरासतमा रहेका उनीहरूले घुस लिएको स्वीकार गरिसकेको अख्तियारले जनाएको छ ।

कसरी खुल्यो रहस्य ?
अनियमितताबारे भदौदेखि थालिएको छानबिन मंसिरमा एकाएक सेलाएपछि स्वास्थ्य कार्यालयकै केही कर्मचारीले चासो राखेका थिए । डा. ओझाले अख्तियारका अनुसन्धान अधिकृतलाई घुस खुवाएको थाहा पाएपछि केही कर्मचारी र स्थानीय बासिन्दाले आयोगको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए ।

अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीका अनुसार अधिकृतद्वय अमात्य र शर्माले घुस खाएको उजुरी परेपछि करिब १५ दिनअघि उनीहरूमाथि छानबिन सुरु भएको थियो । उनीहरूलाई केन्द्रमा झिकाएर बयान लिइएको थियो । बयानका क्रममा उनीहरूले दुई लाख रुपैयाँ घुस लिएको स्वीकार गरेका हुन् । अख्तियारले डा. ओझालाई पनि केन्द्रीय कार्यालयमा बोलाएर बयान लिएको थियो । ओझाले पनि घुस खुवाएको स्विकारेको एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

अख्तियारले ओझामाथि पनि थप अनुसन्धान थालेको छ । घुस खुवाउन सहयोग गर्ने स्वास्थ्य कार्यालयका केही कर्मचारी र बिचौलियामाथि पनि अख्तियारले छानबिन थालेको छ । नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...