नेपालमा किन घटेन तेलको मूल्य ?

Loading...
Spread the love

पौष ३०,काठमाडौ ।  नेपाल आयल निगमले तीन महिनाअघि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४७ प्रतिशतले गिरावट आइसकेको छ । तर, यस अवधिमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य भने १५ प्रतिशत मात्र घटेको छ । अन्तर्राष्ट्रिय बजारअनुसारको लाभ नेपाली उपभोक्ताले लिन पाएका छैनन् ।

Ayal nigamनिगमले १३ असोजमा स्वचालित मूल्य प्रणाली लागू गर्दा पेट्रोलियम उत्पादन र निर्यातकर्ता देशहरूको संगठन ९ओपेक०ले कच्चा तेलको मूल्य ९७.३ डलर प्रतिब्यारेल ९६७ लिटर तोकेको थियो । त्यतिखेर नेपाली बजारमा पेट्रोल १३३.०६, डिजेल र मट्टीतेल समान १०५.२३ रुपैयाँ प्रतिलिटर थियो ।

ओपेकले सोमबारका लागि कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य ५१.१० डलर प्रतिब्यारेल तोकेको छ । यसअनुसार तीन महिनामा ४७ प्रतिशत गिरावट आएको छ । तर, नेपाली बजारमा पेट्रोल ११३.५०, डिजेल र मट्टीतेल समान ९० रुपैयाँ प्रतिलिटर छ । यस अवधिमा पेट्रोल २१.५०, डिजेल र मट्टीतेल समान १५ रुपैयाँ प्रतिलिटर मात्रै घटेको छ । जसअनुसार १५ प्रतिशत मात्र घटेको छ ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम खरिद गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । भारतले नाफा राखेर बेचेको तेलमा निगमले समेत नाफालगायत अन्य खर्चका शीर्षक जोड्दा अन्तर्राष्ट्रियकै दरमा नेपाली बजारमा पेट्रोलियम पदार्थको भाउ घट्न सकेको छैन ।

आइओसीले नाफा राखेर नेपाललाई रक्सौल नाकामा ४८ रुपैयाँ ८९ पैसामा पेट्रोल बेचेको छ । आइओसीबाट खरिद गरेको पेट्रोल निगमले उपभोक्तालाई एक सय १३ रुपैयाँ ५० पैसा प्रतिलिटरमा बिक्री गरिरहेको छ । पेट्रोलको खरिद मूल्यमा निगमले राजस्व ३२.८० रुपैयाँ, ढुवानी भाडा २.१२ रुपैयाँ, बिमा तीन पैसा, प्रशासनिक खर्च ५० पैसा, कार्यगत नोक्सानी ६४ पैसा, ब्याज खर्च चार रुपैयाँ र विक्रेतालाई कमिसन खर्च तीन रुपैयाँ ८२ पैसा जोड्छ ।

यति लागतमा निगमले १२ प्रतिशत हुन आउने रकम नाफाका रूपमा जोड्छ । ‘पेट्रोलको उपभोक्ता मूल्यमा नाफा १० रुपैयाँ ४५ पैसा जोडिएको छ,’ निगम प्रवक्ता मुकुन्द घिमिरेले भने । स्वचालित प्रणाली लागू गर्दा निगमले अन्तर्राष्ट्रिय बजार मूल्य जुनसुकै दरमा उतारचढाव आए पनि नेपाली बजारमा २।५ प्रतिशतभन्दा तलमाथि नगर्ने कार्यविधि बनाएको छ ।

‘कार्यविधिअनुसार नेपाली बजारमा साबिकको भन्दा २.५ प्रतिशतभन्दा कम मूल्य घटाउन मिल्दैन,’ प्रवक्ता घिमिरेले भने । मूल्य बढेको समयमा पनि २.५ प्रतिशतभन्दा बढी नबढ्ने उनले बताए ।

नेपाललाई भारतीय सीमा क्षेत्रको पनि अप्ठ्यारो छ । नेपालमा तेल सस्तो भए भारततिर अवैध रूपमा जाने गरेको छ । त्यसैले भारतको सीमा क्षेत्रमा तोकिएको मूल्यअनुसार नेपालमा बढी मूल्य तोक्नु बाध्यता भएको उनले बताए । ‘भारतीय सीमा क्षेत्रमा भन्दा नेपालमा पेट्रोलियमको मूल्य बढी तोक्नुपर्छ,’ घिमिरेले भने, ‘नेपालमा सस्तो भए भारततिर तेल जाने खतरा हुन्छ ।’

हाल भारतीय सीमा क्षेत्रमा डिजेल ८९ रुपैयाँ ८३ पैसा छ भने काठमाडौं उपत्यकामा ९० रुपैयाँ तोकिएको छ । तर, तराईका जिल्लामा उपत्यकाभन्दा डेढ रुपैयाँ सस्तो मूल्य तोकिने प्रावधान छ । जसअनुसार तराईमा हाल डिजेलको मूल्य ८८ रुपैयाँ ५० पैसा प्रतिलिटर छ । ‘एक वा डेढ रुपैयाँ मूल्य कम हुँदैमा भारतमा तेल जाँदैन,’ प्रवक्ता घिमिरेले भने, ‘प्रतिलिटर दुई रुपैयाँ कम भयो भने भारततिर डिजेल जाने खतरा छ ।’

त्यस्तै निगमले तोक्ने उपभोक्ता मूल्यमै मूल्यस्थिरीकरण कोषका लागि रकमसमेत छुट्याइन थालिएको छ । कोषका लागि पेट्रोलबाट १० रुपैयाँ २४ पैसा र डिजेलबाट १० रुपैयाँ २२ पैसा काट्न थालिएको छ । जुन रकम उपभोक्ता मूल्यमा जोडिएको छ । नाफा र कोषका लागि मात्रै पेट्रोलको उपभोक्ता मूल्यमा २० रुपैयाँ ७० पैसा जोडिएको छ । डिजेलको उपभोक्ता मूल्यमा नाफा एक रुपैयाँ ११ पैसासहित एघार रुपैयाँ ३३ पैसा जोडिएको छ ।

रकम अभावमा पेट्रोलियम पदार्थको आपूर्ति नहुने विगतका समस्यालाई हल गर्न सरकारले नै कोषको व्यवस्था गरेको छ । ‘मूल्य बढेको समयमा घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ,’ निगमका कार्यकारी निर्देशक डा। चन्द्रिका भट्टले भने, ‘त्यसैले कोषमा अहिले रकम जम्मा गरेर अप्ठ्यारो परेका वेला तेल किन्न सोही रकम प्रयोग गर्नेछौँ ।’

कोषमा हालसम्म निगमले १० करोड रुपैयाँ जम्मा गरिसकेको छ । ‘तत्कालै एक अर्ब ६९ करोड रुपैयाँ कोषमा राख्न लागेका छौँ,’ प्रवक्ता घिमिरेले भने । नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

कानुन र बिजनेश बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...