नेपाल एपीएफ क्लबले उपाधि हात पार्‍यो

Loading...
Spread the love

पौष ३०,काठमाडौ ।  नेपाल एपीएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक कप महिला खुला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले मंगलबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्‍यो ।

apf1राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा एपीएफले २५-११, २५-१८ र २५-२३ को नतिजा निकाल्यो । उपाधिसँगै एपीएफले दुई लाख ५० हजार रुपैयाँ हात पार्‍यो । दोस्रो भएको पुलिसले एक लाख २५ हजारमै चित्त बुझायो ।

प्रतियोगिताको समूह चरणको खेलमा पनि एपीएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको थियो । १० दिनको अन्तरमा एपीएफको यो दोस्रो उपाधि हो । अघिल्लो आइतबार मात्र एपीएफले बुटवलमा पुलिसलाई नै फाइनलमा ३-२ सेटले पराजित गरी १९औं महिला राष्ट्रिय भलिबल जितेको थियो ।

एपीएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले मिहिनेतको फल पाइएको बताए । सबैले राम्रो खेले, हामी दैनिकजसो अभ्यास गर्छौं, त्यसअनुसार नतिजा आइरहेको र अब हाम्रो लक्ष्य ढोरपाटन कपमा ह्याट्रिक गर्ने हो श्रेष्ठले भने ।

न्यु डाइमन्ड एकेडेमीले पश्चिमाञ्चललाई ३ -० को सोझो सेटमा पराजित गरी तेस्रो भयो । न्यु डाइमन्डले २५-२१, २५-२२ र २५-२१ को नतिजा निकाल्दै समूह चरणमा पाएको ३-२ सेटको पराजयको बदला पनि लियो । न्यु डाइमन्डले ५० हजार पायो ।

एपीएफकी नेबिका चौधरी उत्कृष्ट खेलाडी चुनिइन् । उनी उत्कृष्ट हुँदै स्कुटर हात पार्न सफल भइन् । न्यु डाइमन्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, पुलिसकी रमिला तन्डुकार उत्कृष्ट सर्भर, पुलिसकै कमला पुन उत्कृष्ट डिफेन्स, एपीएफकी सरस्वती चौधरी उत्कृष्ट ब्लकर र विनिता बुढाथोकी उत्कृष्ट सेटरमा चुनिइन् । एपीएफका कपिलकिशोरले उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाए । सबैलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।

Loading...

यसमा तपाइको मत

कानुन र खेलकुद बाट अन्य

बन्नेभयो रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन

Spread the loveकाठमाण्डौ: इन्धन आपूर्तिका हिसाबले महत्वपूर्ण मानिएको योजना सीमवर्ती रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत कार्यान्वयनमा भारतीय पक्षले तत्परता देखाएको छ । भारतीय केन्द्र सरकारले मन्त्रिस्तरीय टोलीले त्याहाको सम्बन्धित पूर्वी...

इन्सुरेन्स कम्पनीको सहयोग पाउने आशमा बिरामी कुमार

Spread the loveमेरा श्रीमान कुमार पौडेल कतार जानुभएको थियो । त्यहाँ गएको डेढ वर्षपछि दुईवटै मृगौला काम नलाग्ने भएका हुन् । दुई चार महिना उतै उपचार गराउनुभयो । नेपाल आएको झण्डै एक वर्ष हुन...

ग्याँस र फलामको उत्खनन कार्य यसरी हुँदैछ नेपालमा

Spread the loveकाठमाण्डौ: आगामी तीन वर्षभित्र पेट्रोलियम पदार्थको खानी अध्ययन गरी उत्खनन काम सुरु हुने उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको कार्यक्रमममा मन्त्री पाण्डेयले मुलुक आर्थिक समृद्धिको दिशामा अघि...

अन्तत विराट पेट्रोलको मूल्य प्रतिलिटर ९९ कायम

Spread the loveविराट पेट्रोलियम कम्पनिले अन्ततः ९९ रूपैया प्रतिलिटरमा पेट्रोल बिक्री गर्न थालेको छ। शनिबारसम्म सोही तेल १ सय ३० रूपैया प्रतिलिटरमा बिक्री गर्दै आएको थियो । आफूखुसी १ सय ३० मा बिक्री सुरू गरेपछि...

साग विजेता टोलीलाई झापामा भव्य स्वागत (फोटोफिचर)

Spread the loveनेपालाई २३ वर्षपछि ठूलो जित हाँसिल गराउने साग विजेता फुटबल टोली केही बेरपछि नेपाल आइपुग्दैछ नेपाली भूमि प्रवेश गर्न साथ स्वागतका लागि सीमावर्ती नेपाली क्षेत्र काँकरभिट्टामा सयौं सर्वसाधरण हरु लामबद्ध भएर नेपाली...

अस्पतालको लापरबाहिले बच्चीको मृत्यु

Spread the loveजेठ १५, काठमाडौं । काठमाडौंको एउटा चल्तीको बाल अस्पतालले गरेको गलत डाइग्नोसिसका कारण मस्तिष्कघात भएपछि १५ महिनादेखि दिल्लीस्थित गंगाराम अस्पतालको सघन उपचार कक्षामा उपचाररत २२ महिने आनभी रिजालको मृत्यु भएको छ । शरीरको...

जाँदा जाँदै … ….

Spread the loveकाठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दासले क्रिकेट खेल्नबाट चैत २८ गते सन्यास लिएका छन्। त्रिवि क्रिकेट मैदानमा आफ्नो अन्तिम खेल खेल्दा उनले फिलिप ह्युजको सम्झनामा खेलिएको खेलको टिम ब्लुको कप्तानी गरेका...

अष्ट्रेलिया पाँचौं पटक विश्व च्याम्पियन

Spread the loveचैत १५, काठमाडौं । न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट ग्राउण्डमा न्यूजिल्याण्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३.१ ओभरमा...

सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता सन्चालन

Spread the loveचैत १५, काठमाडौं ।  सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा चैत्र ११ गतेबाट संचालित ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ अन्तर्गत शनिबार विभिन्न इभेन्ट्सका फाइनल, सेमीफाइनल तथा क्वार्टरफाइनलका खेलहरु भएका छन् । आज...

के अनुष्का र विराटबीच प्रेम हुनु गलत हो ?

Spread the loveविश्वकपमा अष्ट्रेलियासँग भारतको नराम्रो हार पछि भारतीय नागरिकहरुले बिराट कोहली र नायिका अनुष्काको फोटोहरु च्यातेर बिरोध जनाए । उनीहरुले बिराटले नराम्रो खेल्नुको पछाडि अनुष्काको हात भएको बताएर उक्त बिरोध जनाइरहेका बेला भारतीय पूर्व कप्तान...