दस्ता आगामी ६ महिनाभित्र बनाउने तयारी

Loading...
Spread the love

माघ २, काठमाडौं । सरकारले भूकम्पको उच्च जोखिममा रहेको नेपालमा सेना, प्रहरी र सशस्त्र प्रहरीभित्र प्रकोप सम्बन्धी काम गर्नेहरुको छुट्टै दस्ता आगामी ६ महिनाभित्र बनाउने तयारी गरेको छ।Earthquike

ठूलो भूकम्प आएमा घरहरु भत्केर बनेका भग्नावशेष व्यवस्थापन गर्ने विषयको रणनीति पनि चाँडै जारी गरिने गृह मन्त्रालयका अधिकारीले बताए।

विक्रम सम्वत १९९० र २०४५ सालमा गएका भूकम्पहरु नै आधुनिककालमा नेपालका ठूला भूकम्पहरुमध्ये पर्छन्।

नेपाली सेना र सशस्त्र प्रहरीमा मध्यम प्रकृतिको र नेपाल प्रहरीमा सात वटा सामान्य प्रकृतिको दस्ता बनाउने भनेर निर्णय भयो, पाँच ६ महिनभित्रमा प्रकोपमा मात्रै काम गर्ने तालिम प्राप्त शक्ति तयार हुन्छ प्रदीप कोइराला, उप सचिव, गृह मन्त्रालय यदि ८ वा सोभन्दा बढी रेक्टर स्केलको भूकम्प आएमा काठमाण्डू उपत्यकामा मात्रै ६० देखि ८० प्रतिशत घरहरु ध्वस्त वा नराम्रोसँग क्षतिग्रस्त हुने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको अनुमान छ।

यस्ता ठूला भूकम्पहरुमा उद्धारको काम गर्न छिमेकी मुलुकहरु भारत र चीनमा छुट्टै दस्ता भए पनि नेपालमा त्यस्तो नहुँदा विपद्का बेला सुरक्षा निकायहरु, खास गरी सेना र प्रहरीले उद्धारको काम गर्दै आएका छन्।

तर अब प्रकोपको लागि मात्रै खटिने छुट्टै दस्ता बनाउने तयारी भईरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका उप(सचिव प्रदीप कोइरालाले बताए।

उनले भने, “मन्त्रिपरिषद्ले खोज-उद्धार रणनीतिक कार्ययोजना स्वीकृत गरिसक्यो, नेपाली सेना र सशस्त्र प्रहरीमा मध्यम प्रकृतिको र नेपाल प्रहरीमा सातवटा सामान्य प्रकृतिको दस्ता बनाउने भनेर निर्णय भयो, अब त्यसको प्रक्रियागत काम हुँदैछ, पाँच ६ महिनभित्रमा प्रकोपमा मात्रै काम गर्ने तालिम प्राप्त शक्ति तयार हुन्छ।”

रणनीति
ठूला खाले भूकम्पमा परेर घरहरु भत्किएर बनेका भग्नावशेष हटाउनु निकै ठूलो चुनौती हुने गरेको अन्तर्राष्ट्रिय अनुभव छ।

ठूला भूकम्पबाट काठमाण्डू उपत्यकामा मात्रै साढे पाँच देखि साढे ६ करोड टन भग्नावशेष उत्पादन हुने अनुमान गरिएको छ।

यसको व्यवस्थापनकाबारे पनि गृहकार्य भईरहेको कोइरालाले बताए, “स्थानीय विकास मन्त्रालयले कसले सफा गर्ने, कसरी सफा गर्ने र कहाँ राख्ने भनेर एउटा रणनीति चाँडै जारी गर्छ।”
प्रकोपको अवस्थामा खोज तथा उद्धार टोली तयारी अवस्थामा रहेको, राहत वितरणको लागि संघ संस्थाहरुसँग समन्वय जारी रहेको र आपतकालीन अवस्थामा खाद्य तथा गैर खाद्य वस्तु भण्डारणका लागि काम भईइरहेको कोइरालाले बताए।

पाँचै विकाश क्षेत्रमा आपतकालीन सामाग्रीका लागि भण्डार गृह बनाउने तयारी अनुसार पुर्वाञ्चलको सुनसरी र मध्यमाञ्चलको हेटौडामा तयार भईसकेको र अन्य ठाउँमा निर्माणाधीन रहेको उनले बताए।

यद्यपि भूकम्पपछिको उद्धारमा भन्दा यसबाट बच्नलाई पूर्वतयारी गर्नु नै उत्तम रहेको विज्ञहरुको भनाई छ। विविसि

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...