सम्पूर्ण तागत आन्दोलनमा

Loading...
Spread the love

माघ २, काठमाडौं । सत्ताधारी दलहरुले आफूहरुको साझा प्रस्ताव संविधानसभामा निर्णयार्थ प्रस्तुत गरी संविधानको पहिलो मस्यौदा तयार गर्नुपर्ने धारणा अघि सारेपछि प्रमुख विपक्षी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना सम्पूर्ण तागत आन्दोलनमा लगाउन आव्हान गरेका छन्।

images_newsflash_prachandaसंविधानसभा बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र जनजाति समूहहरुसँग मिलेर संयुक्त आन्दोलन अघि बढाउने गृहकार्यका लागि बोलाइएको बैठकमा उनले त्यस्तो भनाइ राखेका हुन्।

यसैबीच सहमतीय प्रकृयाबाट संविधान निर्माण अघि बढाइए संविधानसभा भित्रै त्यसको कडा प्रतिवाद गर्ने एक जना विपक्षी नेताले बताए।

शुक्रबार बस्ने संविधानसभाको बैठकबाट बहुमतीय प्रकृया अनुरुपको मस्यौदा लेखन प्रकृया आरम्भ गर्न सतारुढ दलहरुले दबाब दिइरहेका छन्।

आन्दोलन
सत्तापक्षीय दलहरुसँग वार्ता र सम्वाद समेत टुटेको पछिल्लो अवस्थामा बिहीबार एकीकृत माओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले मोहन बैद्य नेतृत्वको नेकपा माओवादी र पदमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिसँग संयुक्त छलफल गरेको थियो।

हामी को संविधानसभा भित्र छौँ, को बाहिर छौँ, त्यो त्यति धेरै ठूलो कुरा होइन
प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी राजधानीको एउटा पार्टी प्यालेसमा भएको उक्त छलफलपछि संयुक्त रुपमा आन्दोलन अघि बढाउने तयारी तीनै पक्षले गरेका छन्।

सो बैठकलाई सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भने, “संयुक्त आन्दोलनको कार्यक्रम तय भएको छ, यसलाई सफल बनाउन हामी सबैले आआफ्नो ठाउँबाट पुरै तागत लगाउन जरुरी छ, आउने दिनमा यो राष्ट्रको नेतृत्व गर्ने एउटा वैकल्पिक शक्ति बन्ने आँट र दृष्टिकोण सहित हामीले आफूलाई तयार पार्नु जरुरी छ।”

यसअघि फरक फरक दिनका लागी आव्हान गरिएको आमहडताल संयुक्त रुपमा गर्ने सहमति गर्दै तीनै पक्षले भावी आन्दोलनका कार्यक्रमहरु तय गर्न एउटा १९ सदस्यीय कार्यदल गठन गरेका छन्।

टक्कर
प्रचण्डले पहिचान सहितको संघीयता लगायतका, उनकै शब्दमा, परिवर्तनका एजेण्डा जोखिममा परेकाले पछिल्लो परिस्थितिमा संविधानसभा भित्र वा बाहिर रहेका शक्तिहरुमा खासै अन्तर नरहेको बताए।

उनले भने, “हामीको संविधानसभा भित्र छौँ, को बाहिर छौँ, त्यो त्यति धेरै ठूलो कुरा होइन, जनताले बलिदान गरेर प्राप्त भएका उपलब्धि खोसिने कुराले चिन्तित छौँ हामी। संविधानसभा पहिलोमा देखिएको तिक्तता फेरी यो चिन्ताका कारण एक ठाउँमा केन्द्रित हुने वातावरण बन्दैछ।”
सत्तापक्षीय दलहरुले शुक्रबार बस्ने संविधानसभाको बैठकबाट बहुमतीय प्रकृया आरम्भ गर्न संविधानसभाका अध्यक्षलाई दबाब दिने रणनीति लिएका छन्।

तर सहमतीय प्रकृया मिच्न खोजिए संविधानसभामै कडा प्रतिकार गर्ने निर्णय बिहीबार बसेको पार्टीको पोलिटब्युरो बैठकले गरेको एकीकृत माओवादीका एकजना नेता अग्नि सापकोटाले बताए।
उनले भने,“हाम्रो प्रतिवादको रुप कस्तो हुन्छ भन्ने कुरा सत्तापक्षको रवैयामा भर पर्छ, बहुमतले निर्णय गर्न खोजियो भने हामी कडा प्रतिवाद गर्छौँ।”

संविधान जारी गर्न आफैँले निर्धारण गरेको समयसिमा गुज्रन लगभग एक हप्ता बाँकि रहँदा सत्तापक्षीय र विपक्षी दलहरु बिच टकराव बढ्दै गएको देखिन्छ।

तर अझै सहमतिको सम्भावना कायम रहेको भन्दै एकीकृत माओवादीका नेताहरुले तत्कालै संविधानसभाबाट बाहिरिने पक्षमा आफूहरु नरहेको बताएका छन्। विविसि

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...