ओलीको स्वास्थ्य अब पूर्ण रूपमा ठिक

Loading...
Spread the love

माघ ३, काठमाडौं । केही समयअघिसम्म ओलीको स्वास्थ्यलाई लिएर अनेक खाले टीकाटिप्पणी हुने गर्थे । महाधिवेशनका वेला पार्टीकै जिम्मेवार नेताहरूले उनको स्वास्थ्यलाई लिएर कटाक्ष पनि गरे । ओलीको प्रतिस्पर्धी समूहका नेताले उनको स्वास्थ्यकै कारण पार्टीको नेतृत्व लिन नसक्ने दाबीसमेत गरेका थिए ।

K P Oli CPNUMLमहाधिवेशनको समापन समारोहमा त ओलीले नै ‘आफ्ना लागि बिस्तारै काम गरौँला भन्ने अवसर आफूसित नभएको’ भन्ने भावनात्मक मन्तव्य नै दिएका थिए । त्यसवेला ओलीको अनुहार पनि निन्याउरो र गलेको देखिन्थ्यो ।

तर, अहिले ओलीको अनुहारमा चमक देखिन्छ । चिकित्सकहरू ओलीमा रोगप्रतिरोधी क्षमता कमजोर भए पनि उनी अहिले पूर्ण रूपमा स्वस्थ रहेको बताउँछन् ।

गत वर्ष टिचिङ हस्पिटलमा म्यानेन्जाइटिस उपचार गर्न गठित टोलीका संयोजक डा। शशी शर्माले ओलीको स्वास्थ्य निकै राम्रो भएको बताए ।

‘मैले एक महिनाअघि हेरेको हुँ, स्वास्थ्य निकै राम्रो छ,’ उनले भने, ‘एक हिसाबले उहाँ पूर्ण रूपमा तन्दुरुस्त हुनुहुन्छ भन्दा फरक पर्दैन ।’ ओलीको स्वास्थ्यको नियमित फलोअप गरिरहने डा। शाहले पनि यतिवेला ओलीको स्वास्थ्यमा थप कुनै समस्या नभएको बताइन् । ‘उहाँ पूर्ण रूपमा फिट हुनुहुन्छ, हातमा इन्फेक्सनबाट जोगाउन लगाइएको पट्टी निकालेपछि त्यो प्रस्ट देखिन्छ,’ उनले भनिन् ।

ओलीका सहयोगी रमेश आचार्यले पनि ओली पूर्ण रूपमा निको भएको बताए । ‘स्वास्थ्यको नियमित चेकअप त हुने नै भयो, अहिले त्यस्तो कुनै समस्या छैन,’ उनले भने, ‘उहाँले आफ्ना नियमित कामहरू खटेरै गर्न सक्नुभएको छ ।’

आचार्यका अनुसार पछिल्लो समय ओलीको खानेकुरामा रुचि पनि बढेको छ । ‘उहाँमा खानाको रुचि पनि बढेको छ, मजाले खानुभएको छ । त्यसैले पछिल्लो समय उहाँ मोटाउनु पनि भएको छ,’ उनले भने । ओलीले बिहान पाउरोटी, अन्डा, सुप, फलफूलको नास्ता गर्छन् । दिउँसो १२ बजे खाना खान्छन् । ‘खानामा दालभात, तरकारी, अचार, माछामासु सबै खानुहुन्छ, बेलुकाको खानामा पनि प्रायस् त्यस्तै हुन्छ, कहिलेकाहीँ मात्रै रोटी खानुहुन्छ,’ स्वकीय सचिव आचार्यले भने ।

के भएको हो ओलीको हात ?

एमाले अध्यक्ष केपी ओलीले दायाँ हत्केलामा पट्टी बाँध्न थालेको करिब आठ महिना भइसक्यो । सुन्निएको हत्केला र औँलाहरूलाई आंशिक रूपमा छोप्ने गरी बाँधिएको त्यही सेतो पट्टीबारे उनका कार्यकर्तादेखि सर्वसाधारणसम्मले थरी–थरीका टिप्पणी गर्ने गर्छन् ।

हातमा पट्टी लगाउन थालेको केही महिनासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुँदा ओली थकितजस्ता देखिन्थे । तर, पछिल्लो केही समययता उनी निक्कै जोसिला र आक्रामक देखिएका छन् । त्यही पट्टी बाँधेको हातले माइक्रोफोन समाएर भाषण गर्छन्, त्यही हातले मोबाइल चलाउँछन् । तर, पट्टीभित्र हातको अवस्था के छ भन्ने थोरैलाई मात्र थाहा छ ।

ओलीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। दिव्यासिंह शाहका अनुसार फंगस इन्फेक्सनले सुन्निँदै गएको दायाँ हत्केला र औँलाहरू निको पार्न तथा थप संक्रमण फैलन नदिन पट्टी बाँधिएको हो ।

उनका अनुसार एक महिनाभित्रमा पट्टी खोलिनेछ । ‘सुन्निएको दायाँ हत्केला तथा औँलाहरू लगभग पुरानै अवस्थामा आइसकेका छन् । ९० प्रतिशत निको भइसकेको छ,’ डा। शाहले भनिन्, ‘अब तीन–चार हप्तामा पट्टी खोलिन्छ होला ।’

सुन्निएका औँला र हत्केलाका घाउ ओबाउने औषधि ओलीले नियमित सेवन गरिरहेका छन् । उनले हत्केलाको एक दिन बिराएर ड्रेसिङ गराउँछन् । ‘त्रिवि शिक्षण अस्पतालमा गएर ड्रेसिङ गराउनुहुन्छ’ ओलीका स्वकीय सचिव रमेश आचार्यले भने, ‘हरेक ड्रेसिङपछि नयाँ पट्टी त फेरिने नै भयो ।’

केही महिनाअघिसम्म असहज लाग्ने गरी सुन्निएको हत्केला र औँलाहरू अहिले पुरानै अवस्थामा आउन थालेका छन् । अभिवादन साटासाट गर्दा वा हात मिलाउँदा पनि देब्रे हात प्रयोग गर्ने ओली अचेल पट्टी बाँधेकै हातले मोबाइल चलाउने, माइक्रोफोन समाउने गर्न थालेका छन् ।

लामो समयसम्म ओलीलाई औषधि खान र कपडा लगाउन पनि सहयोगी चाहिन्थ्यो । सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि ओलीलाई उनका आफन्त राजेश बज्राचार्यले नियमित औषधि खान सघाइरहेका हुन्थे ।

के भएको हो हातमा  ?

ओलीको उपचारमा संलग्न वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। दिव्यासिंह शाहका अनुसार उनको हातमा फंगस इन्फेक्सन भएको हो । यस्तो समस्या जोकोहीलाई पनि हुन सक्छ, तर रोगप्रतिरोधी क्षमता कमजोर भएकाहरूमा बढी समस्या देखिन्छ ।

आठ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई ‘इमिनो कम्प्रोमाइज’ अर्थात् रोगप्रतिरोधी क्षमता घटाउने औषधिहरू चलाइँदै आएको थियो । जसका कारण ओलीको रोगप्रतिरोधी क्षमता एकदमै कमजोर भयो । सोही कमजोरीको फाइदा उठाउँदै फंगसले संक्रमण गर्‍यो ।

डा. शाहका अनुसार फंगसको संक्रमण ओलीको दायाँ हत्केला मात्रै होइन, पाखुरा र खुट्टामा समेत घाउ देखिएको थियो । तर, अन्यत्रको संक्रमण सजिलै नियन्त्रणमा आएकाले त्यति साह्रो बढ्न पाएन । हत्केलाको संक्रमण भने बल्झिरह्यो । घाउबाट रगत मिसिएको पिप आउन थाल्यो ।

‘हत्केला सुन्निँदै र औँलाहरू राता हुँदै गए । पछि–पछि त घाउसमेत देखापर्‍यो । रगत मिसिएको पिपजस्तो पदार्थसमेत हत्केलाबाट निकाल्नुपर्‍यो । पछि बढ्दै जाँदा हत्केलाको अगाडि र पछाडिको भागमा समेत घाउहरू देखा पर्न थाले । संक्रमण बढेर झन्डै नाडीसम्मै घाउ देखियो,’ डा। शाहले भनिन्, ‘तर, अहिले अवस्था फरक छ । उहाँको हातको समस्या ९० प्रतिशत हटिसकेको छ, औँलाहरूको साइज पनि लगभग नर्मल अवस्थामा आइसकेको छ । ३–४ हप्तामा उहाँको पट्टी पनि खोलिदिन्छौ ।’

डा। शाहले फंगसको संक्रमण अरूजस्तो छिटो निको नहुने र रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई त वर्षौँसम्म पनि दुस्ख दिन सक्ने बताइन् । ‘प्रत्यारोपण गरेको मिर्गौला बचाउन उहाँलाई रोगप्रतिरोधी क्षमता घटाउने औषधि चलाउनुपर्छ, त्यसको फाइदा फंगसले लियो र इन्फेक्सन भयो,’ डा. शाहले भनिन् ।

ओलीको हातमा समस्या देखिनुमा दुईवटा कारण भएको डा. शाहले बताइन् । पहिलो, फंगस संक्रमण भएकै वेला त्यसको राम्ररी उपचार नहुनु । ‘हात रातो हुँदै सुन्निँदै जाँदा सही औषधि पाएको भए सायद यति बढ्न सक्ने थिएन कि,’ उनले भनिन् । दोस्रो, म्यानेन्जाइटिसको उपचारका लागि बैंकक जाँदा त्यहाँका चिकित्सकहरूले फंगसको संक्रमणप्रति वास्ता गरेनन् । नेपालमा चलाइरहेको औषधि उनीहरूले रोकिदिए । त्यसपछि निको हुनुको सट्टा झन् बल्झियो ।
दिन बिराएर ड्रेसिङ

ओलीको दायाँ हत्केलामा सेतो पट्टी देखिन थालेको धेरै महिना भयो । तर, सेतो भए पनि सफा र चम्किलो देखिन्छ । दैनिक सभासमारोह र मिटिङमा व्यस्त हुने ओलीले अचेल त्यही हातले मोबाइल चलाउने, माइक्रोफोन समाउने पनि गर्छन् । तर पनि, उनको हातको पट्टी सफा देखिन्छ, किन रु ‘उहाँ दिन बिराएर हातको ड्रेसिङ गर्नुहुन्छ, नयाँ पट्टी लगाउनुहुन्छ,’ ओलीका सहयोगी रमेश आचार्यले भने । फंगसको संक्रमण नहोस् भन्नका लागि मात्रै पट्टी बाँधिएको उनको दाबी छ । ड्रेसिङ गर्न ओली दिन बिराएर त्रिवि शिक्षण अस्पताल जाने गरेको आचार्यले बताए ।

उपचारमा संलग्न डा. शाहका अनुसार हत्केलामा देखिएको घाउ अहिले सुक्दै गएको छ । ‘सुन्निँदै जाँदा संक्रमणले घाउसमेत गरायो, त्यसैले रोगप्रतिरोधी क्षमता कम भएको व्यक्तिको कुनै अंगमा भएको संक्रमणले फेरि ठूलो रूप लिन पनि सक्छ । पहिले हत्केलाको अगाडि र पछाडिको पूरै भागमा घाउ थियो, अहिले बाहिरी भागमा एकदमै सानो सुक्दै गरेको घाउ मात्रै छ,’ डा. शाहले भनिन् ।

कहिलेदेखि हो समस्या ?

अघिल्लो वर्ष मंसिरमा भएको संविधानसभा चुनाव प्रचारमा सक्रिय रहेका वेलादेखि नै ओलीको नियमित स्वास्थ्य परीक्षण प्रभावित भएको थियो । नियमित स्वास्थ्य परीक्षण छुटाएर प्रचारमा खटिएका उनी चुनाव सकिंनासाथ अस्वस्थ भए । धपेडीसँगै नियमित स्वास्थ्य परीक्षण नहुँदा उनको स्वास्थ्य समस्या बल्झियो ।

जटिल अवस्थामा पुगेको स्वास्थ्यका कारण ओलीले गत फागुनदेखि साउनसम्मको ६ महिनामा चार देशका गनिएका पाँच अस्पतालमा उपचार गराए । नेपालको ग्रान्डी इन्टरनेसनल हस्पिटल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भारतको दिल्लीस्थित म्याक्स अस्पताल, थाइल्यान्डको बैंककस्थित बुमरुनगार्ड अस्पताल र सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा भर्ना भएर उनले उपचार गराए ।

आठ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्था त्यतिवेला बिग्रियो जतिवेला उनी म्यानेन्जाइटिस र फंगस इन्फेक्सनको संक्रमणमा परे । नेपाल र भारतका अस्पतालमा निको नभएपछि उनी म्यानेन्जाइटिसको उपचारका लागि १७ वैशाखमा थाइल्यान्ड पुगेका थिए । एक महिना लामो उपचारपछि ओली २० जेठमा नेपाल फर्किए ।

स्वास्थ्योपचारबाट नेपाल फर्कंदा पार्टी महाधिवेशनले सिंगै एमालेलाई तताइरहेको थियो, जुन महाधिवेशनमा ओली अध्यक्षका उम्मेदवार बन्दै थिए । महाधिवेशनपछि ओली ६ साउनमा पुनस् सिंगापुर गए । युरिक एसिड बढेको भन्दै १० फागुनमा ग्रान्डी अस्पताल भर्ना हुँदादेखि नै ओलीको दायाँ हात सुन्निन थालेको थियो । रातो हुँदै सुन्निँदै गएको हातलाई डाक्टरहरूले त्यति प्राथमिकतामा राखेनन् । ग्रान्डीमा पाँच दिनको बसाइपछि १५ फागुनमा डिस्चार्ज भएर ओली १७ फागुनमा दिल्लीस्थित म्याक्स अस्पतालमा गए ।

मिर्गौला प्रत्यारोपण गरिएका ओली महाधिवेशनमा व्यस्त हुन चाहन्थे, तर स्वास्थ्यले साथ नदिएपछि उनी उपचारका लागि बिदेसिए । तत्काल थाइल्यान्ड वा अन्यत्र गएर उपचार गर्नुको साटो महाधिवेशनमा छिटो सक्रिय हुन उनी दिल्ली गएका थिए । ‘महाधिवेशनमा अरूभन्दा पनि स्वास्थ्यको मुद्दा मुख्य रूपमा उठ्न थालेको थियो,’ उनीनिकट स्रोतले भन्यो, ‘कार्यकर्ता भेला, भेटघाटमा समय दिनुपर्ने वेला छिट्टै स्वास्थ्यलाभ गरेर फर्किनुपर्छ भनेर दिल्ली जानुभएको थियो ।’

म्याक्समा २७ दिन भर्ना भएर १५ चैतमा डिस्चार्ज भएका ओली नेपाल आएको १२ दिनमै फेरि शिक्षण अस्पतालमा भर्ना हुन पुगे । त्यसपछि मात्रै पत्ता लागेको थियो, उनलाई क्रिप्टोकोकल म्यानेन्जाइटिस भएको । ‘ओलीजी जतिवेला टिचिङमा भर्ना हुनुभएको थियो, उहाँको दायाँ हात सुन्निँदै गएको थियो,’ डा। दिव्यासिंह शाहले भनिन्, ‘मैले नै त्यतिवेलादेखि फंगस इन्फेक्सन रोक्न सेल्युलाइड ट्याबलेट चलाएकी थिएँ । केही कम पनि भएको थियो, तर पछि म्यानेन्जाइटिसको उपचारका लागि बैंकक पुर्‍याएपछि त्यसको औषधि रोकिएछ र पुनस् बल्झेको हो ।’

म्यानेन्जाइटिसको एक महिना लामो उपचारपछि बंैककबाट २० जेठमा नेपाल फर्कंदा ओलीको हात थप सुन्निएको थियो । त्यतिवेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित सञ्चारकर्मी एवं शुभचिन्तकमाझ ‘ठीक भएर आएँ’ भन्दै गर्दा उनको दायाँ हत्केला र औँलाहरू अस्वाभाविक रूपमा सुन्निएको देखिएको थियो । त्यसपछि नै ओलीले हातमा पट्टी बाँध्न थालेका हुन् ।

सुन्निएको हातमा पट्टी बाँधेरै महाधिवेसनमा भिडेका ओली जितेपछि भने हातकै उपचारका लागि सिंगापुर गए । ६ साउनमा एक साताका लागि उनी सिंगापुर गएका थिए । नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...