२–४ वर्ष अझै जेल बस्न पाए हुन्थ्यो

Loading...
Spread the love

माघ ३ , काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनमा पुरानो नाम हो मोहनविक्रम सिंह अर्थात् कमरेड एमबी । ६० वर्ष त उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएकै भइसक्यो । उमेरले ८० वर्ष पुगेका उनी अहिले पनि नेकपा मसालको महामन्त्रीको कार्यकारी पदमा छन् ।

prision६ दशक लामो राजनीतिक जीवनमा मोहनविक्रमले झन्डै १५ वर्ष जेलमा बिताए भने ४० वर्षभन्दा बढी भूमिगत भए । कहिले पूर्ण त, कहिले अर्धभूमिगत राजनीतिमा उनले समय खर्चे । अहिले पनि उनको पार्टी पूरै भूमिगत छ, उनी अर्धभूमिगत । पत्रपत्रिकामा पटक–पटक अन्तर्वार्ता दिए पनि उनले आफ्नो अनुहार आउने गरी अहिलेसम्म टिभीलाई अन्तर्वार्ता दिएका छैनन् । भन्छन्, ‘भिडियो दिने पार्टीको नीति छैन ।’

मोहनविक्रमको भूमिगत जीवनबारे बजारमा विभिन्न थरी टीकाटिप्पणी हुने गर्छन् । देश गणतन्त्रमा पुगिसक्दा पनि उनी किन भूमिगत रु उनी भूमिगत भएर नेपाली कम्युनिस्ट आन्दोलनलाई के फाइदा भयो रु चार दशकको भूमिगत जीवन उनले कसरी बिताए रु
म अर्धभूमिगत, पार्टी पूर्ण भूमिगत

हामीले पार्टीलाई अर्ध होइन, पूर्ण भूमिगत रूपमा राखेका छौँ । म पो अर्धभूमिगत छु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष फलानो, जिल्ला अध्यक्ष फलानो भनेर देख्नुहुन्छ । तर, हाम्रो पार्टीको त एकजना पनि पाउनुहुन्न । सदस्यहरू को हुन् भन्ने कसैलाई थाहा छैन । खालि केन्द्रमा एउटा प्रवक्ता बनाएका छौँ । पार्टी त सम्पूर्ण रूपमा भूमिगत छ । पार्टीलाई भूमिगत राख्दा जो नेताहरू भूमिगत हुनुहुन्छ, संसद्मा उठ्न पाउनुहुन्न ।

अरू पार्टीमा हेर्नुस्, तँछाड–मछाड, गुटबन्दी गर्छन् सांसद, मन्त्री बन्नलाई । हाम्रोमा हेर्नुस्, बहुदलीय व्यवस्था आएपछि एउटा पनि मन्त्री भएका छैनन् । हामीभन्दा साना पार्टी, जसको एक मात्र सदस्य छ ती पनि कैयौँपटक मन्त्री भए । हामीलाई पनि पटक–पटक बोलाएका हुन् । तर, हामी गएनौँ । मन्त्री बन्नका लागि झगडा भएका छैनन् । कैयौँ साथीहरू चुनावमा खडा हुन पाएका छैनन्, भूमिगत भएका कारण । म आफै पनि चुनावमा खडा भएको छैन । अरू पार्टीमा मन्त्री बन्न नपाउँदा कुण्ठा पाल्छन्, पार्टी छाड्छन् । तर, हामीले त्यो अवस्थाबाट पार्टीलाई बचाएका छौँ । हाम्रा साथीहरूमा त्यो महत्त्वाकांक्षा छैन । हामीले साथीहरूलाई लगातार प्रशिक्षण दिने गरेका छौँ ।

हाम्रो तात्कालिक गतिविधि दीर्घकालीन उद्देश्यसँग सम्बन्धित छ । हामीले व्यक्तिगत फाइदाका लागि काम गर्ने होइन, पार्टी क्रान्तिका लागि काम गर्ने हो भन्ने चेतना साथीहरूलाई लगातार दिने गर्छौँ । एमाले, माओवादीहरू पहिले भूमिगत थिए । प्रचण्डको अन्तर्वार्ता पढ्नुस्, २००२ को ‘द हिन्दु’मा दिएको । ‘हामी सरकारमा जाने सम्भावना देखा पर्‍यो भने हामी पहिलो पंक्तिका कोही पनि जाँदैनौँ’ भनेका छन् । गान्धीजस्तो बन्छौँ भने ।

तर, सरकारमा जानुपर्ने भएपछि आफै गए । गए मात्र होइन, राष्ट्रपति बन्ने चाहना निरन्तर राखिरहेका छन् । हामीले त्यो कुरालाई कन्ट्रोल गरेका छौँ । पार्टी सानो भएर होइन । कांग्रेस, एमाले, एमाओवादीभन्दा सानो छौँ । तर, हामीभन्दा साना अरू पनि छन् । तिनीहरू पनि मन्त्री भएका छन् । हामी त्यसबाट बचिरहेका छौँ । लगातारको माक्र्सवादी, लेनिनवादी शिक्षाले हामीलाई त्यसबाट जोगाएको हो । सानो मिहिनेतले हाम्रो पार्टीको जस्तो संरचना, दृष्टिकोण, विचार बन्दैन । अरू पार्टीमा हेर्नुस्, सबभन्दा पहिले मलाई के फाइदा हुन्छ भनेर जान्छन् ।

२–४ वर्ष अझै जेल बस्न पाए हुन्थ्यो जस्तो लाग्छ

भूमिगत जीवन मैले कहिल्यै कठिन महसुस गरिनँ । कठिन भन्ने महसुस गर्ने कुरा हो । महसुस गर्‍यो भने सानो समस्या पनि कठिन हुन्छ । महसुस गरिएन भने केही पनि हुँदैन । म लगातार नौ वर्ष जेल बसेँ । कतिपय मान्छे एक महिना वा एक वर्ष बस्दा पनि कठिन मान्थे ।

तर, मैले जेलको जीवन रमाइलो मानेँ । अझ मलाई त दुई–चार वर्ष बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । मैले पढ्न पाउँथेँ । लेखहरू पूरा गर्न पाउँथेँ । जेलबाटै आइए र बिए पास गरेँ । जेलमै कैयौँ किताब लेखेँ । जेलमा मैले सम्पूर्ण ध्यान अध्ययन र लेखनमा लगाएँ । बाहिर आएर त्यो गर्न सकिनँ ।

प्रवासमा बसेर जति ध्यान दिएर लेखपढ गर्न सकेँ, नेपाल आएर गर्न सकिनँ । जोगी हिँडिरहेको हुन्छ । हाम्रो नजरमा उसले दुस्ख पाइरहेको हुन्छ । तर, ऊ हिँड्दै नयाँ–नयाँ ठाउँमा पुगिरहेको हुन्छ । र, आनन्द मानिरहेको हुन्छ । सिकारी हेर्नुस्, राति बन्दुक लिएर कालिज मार्न निस्कन्छ । हाम्रो दृष्टिकोणमा दुस्ख हो । तर, ऊ त्यसैमा रमाइरहेको हुन्छ । जेल र भूमिगत जीवनमा मलाई कहिल्यै पनि अप्ठ्यारो महसुस भएन । नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...