होटलमा शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ

Loading...
Spread the love

कैलालीको धनगढीमा रहेको एक होटलमा शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ परेका पुरुषलाई प्रहरीले छोडे पनि युवतीलाई भने अहिलेसम्म पनि हिरासतमै राखिएको छ।

श्रीमतीले दिएको सुराकीका आधारमा प्रहरीले धनगढीको अत्तरियास्थित ज्ञानु प्लाजाबाट डोटीको घण्टेश्वर ३ बसन्तपुरका ४५ वर्षीय कमल ओलीलाई र डोटी बुडरकी रमिता बुढा (नाम परिवर्तन) सँग शुक्रबार आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो।

शुक्रबार अपरान्ह साढे पाँच बजे दुवैजना पक्राउ परे पनि पुरुष राजनीतिक दबाबमा छोडिएका छन्। डोटीमा शिक्षक समेत रहेका ओली एमालेको तर्फबाट समानुपातिक सभासद् गौरी ओलीका दाई भएकाले राजनीतिक दबाबका कारण प्रहरीले छोडेको ओलीकी श्रीमती जानकी ओलीले अन्नपूर्णसँग बताइन्।

उनीहरूले होटलको प्रवेश रेकर्डमा आफूहरू श्रीमान श्रीमती भनेर कोठा बुक गराएका थिए। कमल ओलीकी श्रीमती जानकी ओलीले होटलमा पसेको थाहा पाएपछि वडा प्रहरी कार्यालय धनगढीलाई तुरुन्त खबर गरेकी थिइन् र दुवैजनालाई प्रहरीले लजको कोठाबाटै समातेको थियो। प्रहरीले ढोका खोल्न लगाउँदा कमल शरिरमा सामान्य कपडा बेरेको अवस्थामा र रमिता बाथरूमभित्र कपडाविहीन अवस्था फेला परेको वडा प्रहरीले जनाएको छ। ओलीको घरमा श्रीमती जानकी र ६ जना छोराछोरी छन्।

ओलीकी श्रीमती जानकीले आइतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गर्न गएपनि मुद्दा दर्ता नगरिएको बताइन्। ‘प्रहरी उपरीक्षक मोहनराज जोशीले जे पायो त्यही मुद्दा दर्ता हुन्छ ? एक हजार तिर्दैमा मुद्दा दर्ता हुँदैन भनेर हप्काएर पठाए’ जानकीले भनिन्।

तर कैलालीका प्रहरी उपरिक्षक मोहनराज जोशीले भने ओलीसँगै पक्राउ परेकी महिलालाई प्रहरीले हिराशतमा नराखेको तर उनी आफै नै सुरक्षा कारणभित्रै बसिरहको बताए। ‘ शिक्षक कमल ओली र उनकी श्रीमतीका बीचमा लामो समयदेखि विवाद थियो, शुक्रबार उनीहरुले खबर गरेपछि नै प्रहरीले पक्राउ पनि गरेको हो, तीन वर्षदेखि श्रीमतीसँग सम्पर्क नभएको बताउँदै ओलीले बुढासँग विवाह गर्ने बताएका छन्, ओलीलाई उधृत गर्दै उपरीक्षक जोशीले भने।

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...