नौ बुँदेलाई निर्णयार्थ प्रस्तुत गर्न काँग्रेस–एमालेको माग

Loading...
Spread the love

माघ ३, काठमाडौँ । संविधानसभाको आजको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले)लगायत दलका सभासद्ले सहमतिका लागि धेरै समय खर्च भइसकेकाले अब विवादित विषयमा आफूहरूले प्रस्तुत गरेको नौ बुँदे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरी अविलम्ब मस्यौदा समितिमा पठाउन माग गर्नुभएको छ ।

CPN-UML-FLagसंवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको जारी छलफलमा भाग लिँदै उहाँहरूले संविधानसभालाई अनिर्णयको बन्दी बनाउँदा माघ ८ गतेभित्र संविधान जारी गर्ने भनी जनतामा गरिएको प्रतिबद्धता पूरा नहुने स्थितितर्फ ध्यानाकर्षण गराउँदै विपक्षी दललाई आन्दोलनमा नलाग्न, सकेसम्म सहमतिमा आउन, अन्यथा लोकतान्त्रिक प्रक्रियाबाट टुङ्गोमा पुग्न आह्वान पनि गर्नुभयो ।

विपक्षी दलका सभासद्ले भने आन्दोलनकारी शक्तिलाई पाखा लगाएर ल्याइने संविधान कार्यान्वयनमा आउन नसक्ने बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाले पारित गरेको कार्यतालिका अनुसार भदौ महिनामा गर्नुपर्ने काम आजसम्म पनि हुन नसकेको, संविधान पारित गरेर जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने समय आइसक्दा असहमतिका विषयलाई के गर्ने भनेर छलफल गर्न विवश हुनु दुःखद् हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “संविधानसभालाई अनिर्णयको बन्दी बनाएर देश अघि बढ्न सक्दैन । सबै सभासद्लाई जनताले संविधान आउँछ वा आउँदैन भन्ने प्रश्न गरिरहेका छन् । तर हामीले ल्याएको प्रस्ताव निर्णयार्थ पेस गर्न र मतदान गर्न पाएका छैनौं । यस्तो अवस्था हो भने संविधानसभालाई कायम राख्नुको के औचित्य हुन्छ ?”

सिटौलाले मस्यौदा समितिमा पठाइसकेपछि पनि सो प्रस्तावमा सहमतिका लागि पहल गर्न सकिने बताउँदै संविधानसभालाई कामकाजी बनाउन जोड दिनुभयो ।

नेकपा ९एमाले०का उपाध्यक्ष भीमबहादुर रावलले पनि अघिल्लो संविधानसभाको अन्त्यतिर अन्तरवस्तुमा भएको सहमतिमा एनेकपा माओवादी र मधेसी दल पछि फर्केकाले त्यो सभा विघटन भएको स्मरण गराउँदै एक वर्षभित्र संविधान ल्याउने भीष्म प्रतिज्ञालाई कार्यान्वयन नगरेर जनताको चाहनामा तुषारापात गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।

एमाओवादी र यस सम्वद्ध ३० दलीय मोर्चाले आन्दोलन घोषणा गरेकोमा चिन्ता व्यक्त गर्दै उहाँले देशलाई संविधान नदिने र शान्तिको बाटोमा जान नदिने कार्य नगर्न पनि आग्रह गर्नुभयो ।

नेता रावलले भन्नुभयो, “यो छलफल आजै सकेर आफूहरूको प्रस्तावलाई मस्यौदा समितिमा पठाउनुपर्छ । मस्यौदा समितिले चाँडो गरेर जनताको प्रतिक्रिया लिएर संविधानसभामा प्रस्तुत गर्नुपर्छ ।”

एमाओवादीका नेता हरिबोल गजुरेलले अघिल्लो संविधानसभामा किन प्रक्रियामा नगएको भनी प्रश्न गर्दै सभाध्यक्ष सुवास नेम्वाङलाई निष्पक्षताको ख्याल गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

बहुमतको बलमा पेलेर जान खोजिएमा आफूहरू अन्तिम समयसम्म लड्न तयार रहेको जनाउ दिँदै उहाँले एमाओवादीलाई उत्तेजित नबनाउन आग्रह गर्नुभयो ।

उहाँले सत्तारुढ दलले भनेजस्तो मस्यौदा समितिमा सोझै प्रस्ताव पठाउने व्यवस्था नियमावलीमा नभएको तर्क पनि गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशीलकुमार श्रेष्ठले सहमति पनि नभएको र विधि र प्रक्रियामा जान पनि आनाकानी गरिएको स्थितिमा सङ्घीयतालगायतका विवादित विषयलाई जनमत सङ्ग्रहबाट छिनोफानो गर्न माग गर्नुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले सहमतिका लागि प्रधानमन्त्री सुशील कोइराला लचिलो भए पनि उहाँका सहयोगीले त्यो नचाहेको आरोप लगाउँदै मतादेशलाई जनादेश नठान्न सम्झाउनुभयो ।

सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले पहिचानका आधारमा प्रदेश बनाउँदैमा देश टुक्रने सोच गलत भएको बताउनुभयो । बैठक जारी छ । रासस

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...