पूर्वबडामहारानी रत्न राज्यलक्ष्मीको दैनिक अचेल दयनीय र निरस

Loading...
Spread the love

माघ ३ ,काठमाडौं । नेपाली राजसंस्थामा कुनैबेला रत्न मानिने पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाहको दैनिक अचेल दयनीय र निरस छ ।

ratnaउमेर र स्वास्थ्यका कारण कमजोर बन्दै गएकी उनी पारिवारिक रुपमा पनि एक्लै छिन् । तत्कालिन युवराज महेन्द्रसँग बिहे गरेर दरबारमा भित्रिएकी रत्न आफ्नो जमानामा शालीन महारानीका रुपमा चिनिन्थिन् ।

राजकाजमा उनी खासै चासो र हस्तक्षेप पनि राख्दैनथिन् । तत्कालिन राजा महेन्द्रको निधनपछि उनको जीवनमा दुःखका दिन सुरु भए । २०६२ ०६३ को जनआन्दोलनपछि राजसंस्था अन्त्य भएर देशमा गणतन्त्र आएपछि त उनी पारिवारिक रुपमा पनि एक्लै परेकी छन् । गणतन्त्र घोषणापछि रत्नको परिवार ९छोरा ज्ञानेन्द्र, बुहारी कोमल, नाति पारस, नातिनी बुहारी हिमानीलगायत० नारायणहिटी छाडेर नागार्जुन दरबार गए । तर, पनि स्वर्गीय महेन्द्रसितको भावनात्मक सम्बन्धका कारण रत्नले नारायणहिटी छाड्न मानिन् । रत्न बस्दै आएको नारायणहिटीभित्रको महेन्द्र मञ्जिल तत्कालिन राजा महेन्द्रले उनकै लागि बनाइदिएका थिए ।

गणतान्त्रिक सरकारले पनि उनको भावनाको कदर गर्दै त्यहीं बस्ने अनुमति दियो । गणतन्त्र कार्यान्वयनपछि परिवारले नारायणहिटी छोड्दा रत्नले नारायणहिटीमै बस्ने इच्छा व्यक्त गरेकी थिइन् । आफू बाँच्दासम्म महेन्द्र मञ्जिल नछाड्ने उनको इच्छा छ । गत ४ भदौमा रत्नले ८७ औं जन्मदिन मनाइन् । पछिल्ला सात वर्षमा उनी मुस्किलले ४ ५ पटक महेन्द्र मञ्जिलबाट बाहिर निस्किइन् । चार वर्ष पहिले खुट्टामा देखिएको घाउमा क्यान्सरको आशंकामा रत्न उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल गएकी थिइन् । त्यतिखेर उनी पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारसित गएकी थिइन् ।

पछिल्लोपटक असोज पहिलो साता छोरा ज्ञानेन्द्र हृदयघात भएर अस्पताल भर्ना हुँदा उनी भेट्न थापाथालीस्थित नर्भिक अस्पताल पुगेकी थिइन् ।

त्यतिबेला गाडीबाट ओर्लेपछि नातिनी बुहारी हिमानीले रत्नलाई हात समातेर अस्पतालभित्र लगेकी थिइन् । उमेर बढ्दै जाँदा रत्न थलिँदै पनि गएकी छन् ।

राम्रोसित हिंडडुल गर्न पनि गाह्रो हुन थालेको छ । हातगोडा दुख्ने र करकर खाने रोगले उनलाई सताएको छ । गणतन्त्र आएपछि ज्ञानेन्द्रको परिवारले नारायणहिटी छाडेपछि रत्नसँगै उनकी सासु सरला मानन्धर पनि नारायणहिटीमै बसेकी थिइन् । सरला राजा त्रिभुवनकी भित्रिया हुन् । तर, ०६६ फागुनमा रत्नको निधन भएपछि रत्न एक्लै भएकी छिन् । सरलाको निधनपछि रत्नको दिनदिनै भेट्ने र कुरा गर्ने साथी टुटेको सुसारेहरु बताउँछन् । सरला नारायणहिटीभित्र रत्न बस्ने महेन्द्र मञ्जिलसँगैको बम्बै चोकमा बस्थिन् । महेन्द्र मञ्जिलमा रत्नलाई सघाउने दुई पुरुष र चार महिला सुसारेहरु छन् । ती सबै उमेरले ६० कटेका छन् ।

उनीहरुको तलब र रत्नको आवश्यक खर्च भने निर्मल निवासले व्यवस्था गरिदिने गर्छ । सुसारेहरुको सेवा सुविधा अत्यन्त न्युन छ । स्रोतका अनुसार मासिक ४ देखि ६ हजारसम्ममा सुसारेहरु काम गर्ने गर्दछन् । पूर्वराजपरिवारका बाँकी सदस्यहरुलाई सुविधा उपलब्ध गराउँदै आएको सरकार रत्नप्रति भने उदासिन छ । सरकारबाट उनले कुनै सुविधा पाएकी छैनन् । यहाँसम्मकी नारायणहिटी दरबारभित्रै पालिएका गाईको दूधसमेत उनले खान पाउँदिनन् ।

८६ वर्षीया रत्न आफ्नो बाँकी जीवन पूरै धार्मिक कार्यक्रम र पूजापाठमै बिताउने योजनामा छिन् । उनी हरेक एकादशीमा ब्रत बस्छिन् । केही समयअघिसम्म नारायणहिटीभित्रै रहेको नारायणथान मन्दिर गएर पूजापाठ गर्छिन् । त्यस्तै हरेक मंगलबार नारायणहिटीभित्रैको गणेश मन्दिरमा पूजापाठ गरेकी थिइन् । तर, पछिल्लो समय हिंडडुल गर्न गाह्रो भएपछि मन्दिरमै गएर पूजापाठ गर्न छाडेकी छन् ।
निर्मल निवास श्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र हरेक सोमबार रत्नलाई भेट्न नारायणहिटी आउने गर्छन् ।

बेलुकी करिब चार बजे उनी महेन्द्र मञ्जिल पुग्ने गरेको श्रोत बताउँछ । कहिलेकाहीं ज्ञानेन्द्रसँगै पूर्वरानी कोमल पनि जाने गर्छिन् । करिब एक घण्टा ज्ञानेन्द्र महेन्द्र मञ्जिलमा बस्ने गर्छन् र आमा रत्नसँगै चिया लिने गर्छन् । रत्नका नातिनी बुहारी, नातिनी, पनाति , पनातिनीहरु भने प्रायः मंगलबार भेट्न आउँछन् ।

नेपालमा हुँदा पूर्वयुवराज पारस शाह पनि हजुरआमा रत्नलाई भेट्न बेलाबेलामा आउने गर्थे । परिवारका सदस्य र नजिकका नातेदारबाहेक अरुलाई भेट्न रत्नले पनि रुचाउँदिनन् ।

कुनै सार्वजनिक कार्यक्रममा जान पनि उनलाई रुची हुँदैन । मुमाबडामहारानी कसैलाई भेट्ने इच्छा गरिबक्सन्न । भेट्न खोज्नेहरुले पनि अब त प्रयास गर्नै छाडे एक सुसारेले भने ।

पूर्वपरिवारका सदस्यहरु रत्नलाई भेट्न जाँदा जयनेपाल सिनेमा हलको अगाडिको दरबारको गेटबाट नारायणहिटी छिर्ने गर्छन् ।
त्यो गेटभित्र सँगै नेपाली सेनाको उपत्यका पृतना छ । राजतन्त्र समर्थकहरु पनि रत्नप्रति पूरै बेखबर छन् ।
रत्नलाई भेट्न उनीहरुले कुनै चासो देखाएका छैनन् ।

को हुने रत्न ?

स्वर्गीय राजा महेन्द्रकी कान्छी श्रीमती हुन् रत्न । जेठी श्रीमती इन्द्रराज्यलक्ष्मीको निधन भएपछि महेन्द्रले रत्नसित बिहे गरेका थिए । वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र जन्मेपछि इन्द्रको निधन भएको थियो । राणा प्रधानमन्त्री जुद्धशमरेशरका नाति हरिशमशेरकी छोरी हुन् रत्न । महेन्द्रकी जेठी श्रीमती इन्द्र राज्यलक्ष्मी रत्नकै दिदी हुन् ।

२००७ सालको इन्द्रको निधन भएको थियो । श्रीमतीको निधनले राजा महेन्द्र विक्षिप्त बनेका थिए । उनी तनावमा रहन थालेका थिए । पछि उनको रत्नसित प्रेम बस्यो । बिहे गरेपछि भने उनी सामान्य बन्न थाले । राजा महेन्द्रले रत्नलाई निकै माया पनि गर्थे । अहिले रत्न बस्दै आएको महेन्द्र मञ्जिल उनले रत्नलाई उपहार दिएका थिए । रत्नकातर्फबाट एउटा पनि सन्तान भएनन् । पति महेन्द्रको निधन भएपछि रत्न उदास हुन थालेकी हुन् ।

रत्नको परिवारका सबै सदस्यसित राम्रो सम्बन्ध रहे पनि पूर्वरानी ऐश्वर्यासित भने कहिल्यै राम्रो सम्बन्ध हुन नसकेको दरबारनिकट श्रोतको भनाइ छ । पूर्वअधिराजकुमार धीरेन्द्रको पदवी खोसिनुमा ऐश्वर्याको महत्वपूर्ण भूमिका थियो । जुन, रत्नलाई मन परेको थिएन ।

दरबार हत्याकाण्डकी साक्षी

रत्नले आफ्नो जीवनमा धेरै दुःख, पीडा र बियोग पनि झेल्नुपरेको छ । तर, पनि उनी कहिल्यै विचलित भइनन् । जानकारहरु भन्छन्, मुमाबडामहारानीमा दुःख पीडा सहने सक्ने र अरुलाई आफ्नो पीडा सुनाएर दुःखी नबनाउने सोच छ । तत्कालिन युवराज महेन्द्रले रत्नसित बिहे गर्न खोज्दा राजा त्रिभुवनले विरोध जनाएका थिए । कुनै पनि हातलमा त्रिभुवनको बिहे रत्नसित नगराउने पक्षमा त्रिभुवन थिए । उता रत्नको प्रेममा चुर्लुम्म डुबेका महेन्द्र कुनै पनि हालतमा बिहे गर्न चाहन्थे । बरु त्यसका लागि युवराज पद छाड्न पनि उनी मानसिक रुपमा तयार भइसकेका थिए ।

तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र गृहमन्त्री बीपी कोइरालाले महेन्द्रका बाबुछोराको विवाद मत्थर पारेका थिए । त्यसपछि मात्र महेन्द्रको रत्नसित बिहे भयो । बिहे भएको दुई वर्षपछि नै राजा त्रिभुवनको निधन भयो । महेन्द्र राजा र रत्न महारानी बनिन् । २०२८ सालमा राजा महेन्द्रको निधन भयो । र, २५ वर्षमा महारानी बनेकी रत्न ४२ वर्षकै उमेरमा विधवा भइन् । त्यसपछि उनी राजकाजबाट क्रमशः टाढिँदै आध्यात्मिक बन्दै गइन् ।

२०५८ सालमा भएको दरबार हत्याकाण्डकी जीवित साक्षी पनि हुन् रत्न । यद्यपि त्यस घटनाबारे उनले अहिलेसम्म कहींकतै बोलेकी छैनन् ।

यो घटनाले उनलाई थप विक्षिप्त बनायो । हत्याकाण्डमा दुई छोरा र दुई छोरी, बुहारी र नाति नातिना गुमाएको पीडा पनि रत्नले बूढेसकालमा सहिन् । श्रोतहरुका अनुसार उनी दरबार हत्याकाण्डको रातभरि उनी छाउनीस्थित सैनिक अस्पतालमा बसेकी थिइन् ।
रत्नले दरबारमै बसेर चार राजाको शासन हेरिन् । त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको शासन देखिन् ।

सँगसँगै निरंकुश पञ्चायती व्यवस्थाको शक्तिशाली दरबार, राजासंस्थाको पतन र गणतन्त्रको उदय पनि रत्नले नजिकबाट हेरिन् । एकथरी दरबारियाहरु उनलाई राजसंस्थाको जीवित इतिहास मान्छन् र भन्छन् । १६ वर्षकै उमेरमै रत्नले आमा गुमाएकी थिइन् । आफूभन्दा मुनिका दुई भाई बहिनी उनैले हुर्काएकी थिइन् । आफूभन्दा मुनिका दुई भाइबहिनी उनैले हुर्काएकी थिइन । यस्तै युवराज्ञीका रुपमा दरबार छिरेपछि दिदी इन्द्रका छोराछोरी पनि उनैले हुकाईन्।

दुःखको पहाड

१६ वर्षको उमेरमै आमाको देहान्त भएपछि उनीमाथि थप जिम्मेवारी पनि आइलाग्यो । आफूमुनिका तीन भाई बहिनीको स्याहार सुसार उनैले गरेकी हुन् । एक किसिमले उनी नै भाइबहिनीकी अभिभावक बनिन् । तत्कालिन युवराज्ञी इन्द्रराज्यलक्ष्मीको २००७ मा निधन भयो । इन्द्र रत्नको दिदी थिइन् । त्यसपछि दिदीका छोराछोरी हुर्काउने जिम्मेवारी पनि रत्नकै थाप्लोमा आयो । महेन्द्रसित बिहे गरेर नारायणहिटी भित्रिएपछि त्यो जिम्मेवारीले औपचारिकता पायो । दिदीका छोराछोरी हुर्काउनका लागि आफू सन्तान नपाउने निर्णय पनि लिइन् ।

तत्कालिन राजा त्रिभुवन छोरा महेन्द्रको विवाह रत्नसित नगराउने पक्षमा थिए । त्यसैले बुहारी बनेर दरबार छिरेपछि पनि त्रिभुवनले रत्नलाई राम्रो व्यवहार गरेनन् । त्रिभुवनको मृत्युपछि भने उनी महारानी नै बनिन् । पति महेन्द्रसँगै रत्न २०२७ सालमा शिकार खेल्न कैलालीको टिकापुर गएकी थिइन् । त्यहाँ महेन्द्रकै गोली लागेर उनी घाइते भइन् ।

२०२८ सालमा राजा महेन्द्रको हृदयघातबाट निधन भयो । ४२ वर्षको उमेरमै रत्न विधवा भइन् । पति महेन्द्रले सुरु गरेको निरंकुश पञ्चायती व्यवस्था २०४६ सालको जनआन्दोलनले भत्काइदियो । देशमा प्रजातन्त्र आयो । दरबारको भूमिका खुम्च्यएर संवैधानिक बनाइयो ।

२०५८ सालमा त रत्नमाथि ठूलो बज्रपात भयो । नारायणहिटीभित्रै भएको हत्याकाण्डमा उनका जेठा छोरा वीरेन्द्र ९तत्कालिन राजा० को बंशबिनास भयो । अर्का छोरा धीरेन्द्र, दुई छोरी र एक ज्वाइँको आँखै अगाडि निधन भयो ।

यो घटनाले उनलाई थप विक्षिप्त बनायो । २०६२ ०६२ को जनआन्दोलनले त राजसंस्था नै समाप्त भयो । ०६५ सालमा गणतन्त्र घोषणा भएपछि रत्नको परिवार ९छोराबुहारी, नाति, नातिनीलगायत० नारायणहिटी छाडेर नागार्जुनतिर लागे । र, सुरु भयो रत्नको एक्लो र निरस जिन्दगी । मिरर न्यूजबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...