उनकै कोठामा ठूलो आवाजसहित बम पड्किएपछि

Loading...
Spread the love

माघ ४, काठमाडौं । शुक्रबार राति स्युचाटारस्थित कृष्णहरि बिडारीको घरमा डेरामा बस्दै आएकी एक युवतीलाई मदिराको नशासँग झन्डै बमले उडाएन ।

डेढ महिनाअघिदेखि अमृत शर्मा नाम गरेका युवकसँग डेरामा बसेकी इलामकी सीतामाया राईको मदिरा नशा केहीबेरमै सकियो, जब उनकै कोठामा ठूलो आवाजसहित सुतली बम पड्कियो ।

राति साढे नौ बजेतिरको यो घटनाले स्युचाटारमा कोलाहल मच्चियो । विस्फोटको आवाजपछि ुबचाऊ बचाऊु भनेर राईले कराएपछि एउटै घरमा डेरामा बस्ने सर्वसाधारण र अन्य स्थानीय बासिन्दा पुगेर ढोकाको ग्रिल फोडिदिए। कोठा बारुदको मुस्लोले भरिएको थियो ।

प्रहरी करिब २० मिनेटपछि घटनास्थल पुगेको थियो। प्रहरी पुगेर केरकार गर्दा युवती मदिरामा लठ्ठ थिइन्। युवतीले पिएको भर्जिनको बोतलसँगै कटुवा पेस्तोल भुइँमै थियो ।

पेस्तोलमा दुईवटा गोली लोड गरिएको थियो। एकातिर मदिरामा लठ्ठ युवती र अर्कोतिर कटुवा पेस्तोल देखेपछि प्रहरी टोली झस्कियो। कुनै आतंककारी समूह त छैन भनेर घर घेरेर सर्च गर्दा केही फेला परेन। बरु अर्को सुतली बम र बारुद कोचिएको बट्टा फेला पर्‍यो ।

ओच्छ्याननजिकै तराई जनतान्त्रिक ज्वाला सेना (समूह) लेखेको चन्दा रसिद फेलापर्यो‍। कोठामा राईको राहदानी र कतार एअरलाइन्सको टिकट पनि फेला परेको छ । घटनास्थलमा महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्तबहादुर पाल र काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्की पनि पुगेका थिए ।

फेला परेको सुतली बम डिस्पोजल टोलीले डिस्पोज गरायो । फरार शर्माको खोजीका लागि नाकानाकामा प्रहरी तैनाथ भए पनि उनी फेला परेनन् । युवतीले दिएको युवकको परिचय सही नभएको निष्कर्षमा प्रहरी पुग्यो ।

शर्माले राईलाई डेढ महिनादेखि डेरामा राखेका थिए । पतिपत्नीकै हैसियतमा बसेका उनीहरूमाथि घरबेटी र अन्य स्थानीयले खासै ख्याल गरेनन् ।

राईले प्रहरीलाई दिएको बयानअनुसार उनी दुईतीनपटक इजरायल गएर स्वदेश फर्किएकी हुन्। फरार शर्माले आफूले चढ्ने मोटरसाइकल घरबेटी बस्ने अर्को घरनजिकै राखेका थिए । बा ६४ प ३०३३ नम्बरको कालो पल्सर उक्त मोटरसाइकल भने सिन्धुपाल्चोककी सानु नेपालको नाममा रहेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

बसको टिकटमा भने शर्माले अमृत सिंह भनेर टिपाएका थिए। राईलाई शर्माले आफ्नो काठमाडौंमै सिमेन्ट फ्याक्ट्री छ भनेर ढाँटेका थिए । काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीले भने, मदिराले लठ्ठ युवतीलाई झन्डै बमले उडाएन । घरबेटी बिडारीले नाम, थर र ठेगनासमेत थाहा नपाई डेरा दिएका रहेछन् ।

प्रहरीले कोठा खानतलासी गर्दा शर्माको पहिचान हुने कुनै वस्तु फेला नपरेको कार्कीले बताए । चन्दा रसिद फेला परेको छ, नाम नसुनेको पार्टी देखिएको छ, खोजतलास गर्छौुं, कार्कीले भने । अन्नपूर्ण पोस्ट

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...