आठवटा नेपाली नियोग राजदूतविहीन

Loading...
Spread the love

माघ ४, काठमाडौं । सरकारले किस्ताबन्दीमा राजदूत नियुक्ति गरिरहँदा आठ नेपाली नियोग अझै नेतृत्वविहीन छन् ।भदौमा ६ देशका लागि राजदूत सिफारिस गरेपछि शुक्रबार दुई देशका लागि राजदूत सिफारिस भएको छ ।

Singha Darbarभारतका लागि दीपकुमार उपाध्याय र अमेरिकाका लागि अर्जुन कार्कीलाई राजदूतमा सिफारिस गरिएको छ । भारतमा राजदूत रिक्त भएको चार वर्ष पुग्नै लाग्दा र अमेरिकामा रिक्त भएको करिब एक वर्षपछि राजदूत सिफारिस गरिएको हो ।

अझै आठवटा नेपाली नियोग राजदूतविहीन छन् । कूटनीतिक सेवाबाट र राजनीतिक नियुक्तिबाट ५०–५० प्रतिशत राजदूत नियुक्त गर्ने नीतिअनुसार गत भदौमा परराष्ट्र मन्त्रालयका ६ सहसचिव राजदूतमा सिफारिस भएका थिए । उनीहरूले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

राजनीतिक नियुक्तितर्फ १० मध्ये दुईजना भारत र अमेरिकाका लागि राजदूत सिफारिस भएका छन् । सन् २०११ जुनदेखि भारतमा राजदूत थिएनन् ।

एमाओवादी सरकारका पालामा नेता राम कार्कीको नाम सिफारिस गरिए पनि भारतले एग्रिमो नदिँदा उनी जान पाएनन् । अमेरिकाबाट गत वर्ष पुसमा कार्यकाल सकिएर शंकर शर्मा फर्किएपछि राजदूत पद खाली थियो ।

सरकारले ०७० साउनमा परराष्ट्रसचिव दुर्गा भट्टराईलाई न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी प्रतिनिधि र शिष्टाचार महापाल निरञ्जनसिंह बस्न्यातलाई मलेसियाको राजदूतमा सिफारिस गरेको थियो । सार्क महासचिवका लागि तत्कालीन परराष्ट्रसचिव अर्जुनबहादुर थापालाई ०७० असोजमा सिफारिस गरिएको थियो ।

इजिप्टमा दुई वर्षदेखि, कतारमा डेढ वर्षदेखि, जर्मनीमा करिब डेढ वर्षदेखि, श्रीलंकामा झन्डै एक वर्षदेखि, बेलायतमा ६ महिनादेखि राजदूत छैनन् । ओमान र बहराईनमा पनि सरकारले राजदूत नियुक्त गर्न सकेको छैन ।

इजिप्टका लागि तत्कालीन राजदूत श्यामलाल तबदारको मृत्यु भएपछि राजदूत नियुक्ति हुन सकेको छैन । कतारबाट मायाकुमारी शर्मालाई फिर्ता बोलाएपछि राजदूत नियुक्तिको पहल गरिएको छैन ।

कतारमा राजदूत नहुँदा समस्या भएको त्यहाँ काम गर्ने नेपाली कामदारको गुनासो छ । कतारमा पाँच लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राम्रा मान्छे पठाउने गृहकार्य भएकाले राजदूत नियुक्तिमा ढिलाइ भएको बताए । ‘कतिपय विषयमा मिलेर जानुपर्ने हुन्छ । राम्रो मान्छे पठाउने नीति भएको र सरसल्लाह गर्ने समय नभएकाले राजदूत नियुक्तिमा ढिलाइ भएको हो ।

अब बिस्तारै त्यो काम हुन्छ,’ पाण्डेले भने । सबै समय संविधानसभामा दिनुपरेकाले राजदूत नियुक्तितर्फ ध्यान दिन नसकिएको पनि उनको भनाइ छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सत्तारुढ दल कांग्रेस र एमालेबीच भागबन्डा नमिल्दा खाली रहेका देशमा राजदूत नियुक्ति हुन नसकेको हो । ‘एमालेले भारतका लागि राजदूत कांग्रेसले सिफारिस गर्ने भए बेलायत र अमेरिका हामीले गर्ने हो भन्यो ।

बाँकी रहेका देशमा पनि दुई हामी रोज्छौँ, दुई तपार्इंहरू लिनुहोस् भन्नेखालको प्रस्तावले नियुक्तिमा ढिलाइ भएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘कांग्रेस ठूलो दल हो । बराबर कसरी हुन सक्छ रु’

परराष्ट्रका एक उच्च अधिकारीले प्रोफेसनल विषयलाई राजनीतीकरण गर्दा राजदूत नियुक्तिमा भद्रगोल भएको बताए । ‘यस्तो विषयमा पनि राजनीतिक रंग दिँदा ढिलाइ त भइहाल्छ नि,’ ती अधिकारीले भने ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले अब अन्य देशमा पनि बिस्तारै राजदूत नियुक्त हुने बताए । उनले भने, ‘सबै राजदूतावास महत्त्वपूर्ण हुन्छन् ।

भारत र अमेरिका झनै महत्त्वपूर्ण देश हुन् । सरकारले यी देशबाट राजनीतिक नियुक्ति गरेर राम्रो काम गरेको छ । बिस्तारै अरूमा पनि हुँदै जान्छ । नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...