आज! पूजा बोहोराको मुद्दामा सुनवाइको पालो आएन

Loading...
Spread the love

लोचना शर्मा

माघ ४, काठमाडौँ । सामुहिक बलात्कारमा परेकी पीडित पूजा बोहोराको मुद्दामा सुनवाइको पालो आज आएन । मंसिर २१ गते सर्वाेच्च अदालतमा पूनराबेदनका लागि निवेदन दर्ता गरएकी उनको मुद्दा अब अलिकति लम्बिने भएको छ ।

Puja Bohora

पूजा बोहोरा

सर्वाेच्च अदालतमा आज पूजाको मुद्दाको पेशी थियो । तर १२ नम्बरमा उनको पालो परेकाले समय अभावका कारण आज सुनुवाइ हुननसकेको रक्षा नेपालका कानुनी सल्लाहकार तथा उनको मुद्दामा बहस पैरवी गरीरहेका अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत)ले बताएका छन् ।

इन्जिीनियर भई देशको सेवा गर्ने सपना बोकेर एस.एल.सी परीक्षा दिँदै गर्दा सामुहिक बलात्कारमा परेकी पूजा बोहोरा भन्छिन् ‘बलात्कार हुँदाको पीडा भन्दा बलात्कारीहरू आँखैअघि निर्दोष सावित हुँदाको पीडा हजारगुणा बढी हुने रहेछ ।’

२०६८ सालको एस.एल.सी परीक्षा चलिरहेको बेला गणित विषयको गेश पेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर– ३ को जगन्नाथ पुस्तक पसलका संचालक सागर भट्ट (वर्ष २३) र बैतडी गुजर– २ को चादनी फोटो स्टुडियोको संचालक अमर अवस्थी (वर्ष ३०)ले सामुहिक बलात्कार गरेको पूजाको भनाइ छ ।

२०६९ सालको पुष ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश श्री हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामुहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०\५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्टाउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दाेष सावित गरेको थियो ।

‘पत्रिकामा त्यो समाचार पढेपछि मात्र थाहा पाएकी पूजा बोहोराले पूनः न्यायको माग गर्दै यही मंसिर २६ गते कानुन तथा न्याय मन्त्रीलाई सञ्चारमाध्यम मार्फत खुला पत्र लेखिन्  ” … माननीय मन्त्री ज्यू, मेरो किटानी जाहेरीले पक्राउ परी दोषि साबित भई १३ वर्षका लागि जेल चलान भएका ति बलत्कारीहरु छुट्नु भनेको के उनीहरु निर्दोष अनी म चाहिँ दोषि हुँ त ? यदि म दोषि हुँ भने मलाई तुरुन्तै कार्वाहि गरियोस् हैन भने ति बलात्कारीहरुलाई पुन पक्राउ गरि फाँसीको सजाय सुनाईयोस् ।”

उनको खुलापत्रमा जवाफ दिँदै कानुन मन्त्री नरहरी आचार्यले सञ्चारमाध्यम मार्फत जवाफ दिएका थिए ” ….  बलात्कृत हुनु तपाईंको दोष होइन, पूजा । तपाईं यसबाट लज्जित वा विचलित हुनुपर्ने कुनै कारण छैन । तपाईं आफ्नो लक्ष्यमा अघि बढ्नुहोस्, तपाईंलाई न्याय प्रदान गर्न म, सरकार र आफ्नातर्फबाट समेत सबै प्रयत्न गर्नेछु । तपाईंलाई अप्ठेरोमा आश्रय दिने समाजसेवी संस्था रक्षा नेपाललाई मेरो हार्दिक धन्यवाद छ ।”

 पूजाको मुद्दा फागुन १० गतेको लागि पुनः पेशीमा चढेको छ ।

यो पनि पढ्नुस्

 

राज्यले पनि पीडितलाई न्यायभन्दा पीडा नै थोपर्छ

कहिले होला दु्त न्याय प्रणालीको शुरुआत

म बाँच्न चाहन्थे तर आफ्नै बाबुको स्वास्नी भएर हैन !

पूजा बोहोरालाई ५ कक्षाकी बालिकाको पत्र

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...