संविधानसभामा केही अनौठो घटना

Loading...
Spread the love

माघ ५ ,काठमाडौं । सविधानसभामा निकै कठिन अवस्था हुने प्रचार भए पनि आज त्यस्तो केही भएन । यद्यपी, संविधानसभामा केही अनौठो घटना भएका छन् ।

Biccसंविधानसभाको इतिहासमा विरलै मात्र भएको एउटा घटना हो अध्यक्षको आलोचना । विगत केही बैठकदेखि विपक्षी गठवन्धनका सभासद्हरुले अध्यक्षको घुमाउरो आलोचना गरिरहेका थिए । आज केही सभासद्ले ठाडो आलोचना गरेका छन् ।

संसदीय प्रणालीमा सभाध्यक्षको आलोचना बैठकमा गर्नु निकै गम्भीर विषय मानिन्छ । सभासद्हरुले अध्यक्षको आलोचना गरेर बैठकलाई अशोभनीय बनाउन थालेपछि अध्यक्ष सुवासचन्द्र नेम्वाङले रुलिङ गर्नुपरेको छ ।

अध्यक्ष नेम्वाङले सभाध्यक्षको आलोचना नगर्न संविधानसभा बैठकमा कडा रुलिङ गरेका छन् ।

संविधानसभाको बैठकमा विपक्षी गठवन्धनका केही सभासदहरुले संविधानसभा अध्यक्षको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् ।

सभाध्यक्ष नेम्वाङले अध्यक्षका बारेमा दिइएका सबै आलोचनाका अभिव्यक्तिहरु रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

नेम्वाङले भने, ‘माननिय सदस्यहरुले बोल्दा सभाध्यक्षको कदम गलत भएको भन्दै गरेको टिप्पणी रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।’

एमाओवादी सभासद धनीराम पौडेलले धारणा राख्ने क्रममा सभाध्यक्षले सहमतिको विकल्पमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएपछि नेम्वाङले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

यसअघि उपाध्यक्ष ओनसारी घर्ती मगरले बैठक सञ्चालन गरेका बेलामा प्रतिपक्षी दलका सभासदहरुले सभाध्यक्षको आलोचना गरेपनि ध्यानाकर्षण गराएकी थिइनन् ।

संविधानसभा र व्यवस्थापिका संसदको बैठकमा सभाध्यक्षको कदम र अभिव्यक्तिलाई लिएर टिप्पणी र आलोचना गर्न नपाइने व्यवस्था नियमावलीमा रहेको छ ।

रेकर्डबाट हटाउन आदेश दिइएको अभिव्यक्तिको अभिलेखमा अब चिन्ह लगाइने छ र त्यसको तलपट्टि ‘अध्यक्षको आदेशबाट हटाइएको’ उल्लेख गरिने छ ।

संसद्को बैठकमा रेकर्डबाट हटाउने आदेश दिइएका अभिव्यक्ति अनेक भए पनि संविधानसभामा त्यस्तो रुलिङ विरलै मात्र गर्नुपरेको छ ।
केही दिन अघि नेम्वाङले मस्यौदा निर्माणको जिम्मेवारी संविधानसभा अध्यक्षलाई दिए सजिलो हुन्छ भनी कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनौपचारिक प्रस्ताव राखेका थिए ।

त्यसपछि बसेको संविधानसभा बैठकमा केही सभासद्ले सो बारेमा टिप्पणी गर्न खोजेका थिए । तर, अध्यक्षको आसनबाट नेम्वाङले अध्यक्षका बारेमा टिप्पणी नगर्न निर्देशन जारी गरेका थिए ।न्युजभित्ता

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...