आन्दोलनको तयारी गर्न निर्देशन :दाहाल

Loading...
Spread the love

माघ ५ काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्याकेजमा सहमति नहुने देखेपछि आन्दोलनको तयारीमा गम्भीरतापूर्वक लाग्न आफ्नो पार्टी र सहयात्री राजनीतिक दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

images_newsflash_prachandaसंयुक्त आन्दोलनमा रहेका सहयात्री दलहरूले अंशमा सहमति नखोज्न दबाब दिएपछि दाहालले प्याकेजमै सहमति खोजिने आश्वासन दिँदै आन्दोलनको तयारी गर्न निर्देशन दिएका हुन्।

संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा(माओवादी, मातृका यादव नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट केन्द्र, पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनसँग दाहाल नेतृत्वको ३० दलीय गठबन्धनले सडकमा संयुक्त आन्दोलनको घोषणा गरेका छन्।

एमाओवादी महासचिव कृष्णबहादुर महरा नेतृत्वमा आन्दोलनकारी दलमा संलग्न दलहरूको २० सदस्यीय संयुक्त आन्दोलन परिचालन कमिटी पनि गठन गरिएको छ। आन्दोलन प्रभावकारी बनाउन आन्दोलनकारी दलले केन्द्रीय स्तरका नेताहरूलाई जिल्लामा खटाएका छन्।

दाहालले शासकीय स्वरूप, संघीयता, निर्वाचन र न्याय प्रणालीलाई प्याकेजमा सहमति खोजिने जानकारी दिएर आन्दोलनकारी नेताहरूलाई आश्वस्त पारेका छन्। ‘गहिराइमा पुगेर जिम्मेवारीपूर्ण र गम्भीरतापूर्वक सकारात्मक रूपमा छलफल भइरहेको समाचार अन्नपूर्ण पोस्टमा रेवती सापकोटाले लेखेका छन् ।

सहमतिको दिशामा पनि अगाडि बढेको छु, दाहालले अन्नपूर्णसँग भने, ‘तर कुनै पनि विषयमा सहमति भएको छैन। अहिले नै सहमति भइसक्यो भन्ने प्रचार गलत हो।’

चारपक्षीय छलफलमा दाहालले नामांकन र सीमांकनसहित पहिचान झल्किने ६ प्रदेश, नामांकन र सीमांकन प्रदेश सभाले गर्ने अवस्थामा १० प्रदेश, समानुपातिक र प्रत्यक्ष ५०(५० प्रतिशत गराउने निर्वाचन प्रणाली, १० वर्षका लागि संवैधानिक अदालत राख्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडान कायम राख्दै शासकीय स्वरूपमा छलफल गर्न सकिने तर्क गरेको एमाओवादी सचिव वर्षमान पुनले बताए।

‘निर्वाचन प्रणाली र न्याय प्रणालीमा मिलिहाल्छ। संघीयताबारे तपाईंहरू लचिलो हुनुहुन्छ भने शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडान हामी छोड्दैनौं तर शासकीय स्वरूपलाई नै लिएर संविधान निर्माण रोक्ने पक्षमा पनि हामी छैनौुं, आफूले चार दलको बैठकमा राखेको धारणा उद्धत गर्दै दाहालले भने, ‘कांग्रेस(एमाले संघीयतामा लचिलो देखिएका छैनन्। त्यसैले सहमति भएको छैन।’

दाहालले माघ ८ भित्र मिलेका विषयमा सहमति गरेर संविधान जारी गर्ने राजनीतिक प्रतिबद्धता व्यक्त गर्न पनि दलका नेताहरूलाई आग्रह गरेका थिए।

उनले भने, ‘संविधान नभएर संविधान बनाउन खोजिएको होइन, सरकार नभएर पनि होइन, ऐतिहासिक क्रान्ति, विद्रोह र आन्दोलनको समझदारीमा संविधानसभा आएको हो, त्यसैले संविधानसभाबाट समझदारीमै संविधान निर्माण गर्नुपर्छ।’

आन्दोलनकारीले प्रश्न उठाएपछि दाहालले प्रवक्ता दीनानाथ शर्मामार्फत पनि आन्दोलनका पक्षमा वातावरण बनाउने गरी वक्तव्य जारी गर्न निर्देशन दिएका छन्। दाहालको निर्देशनअनुसार प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ुसंविधानका अन्तरवस्तुमा दलहरूबीचमा गम्भीर छलफल भएको सत्य हो। छलफल भइरहे पनि कुनै सहमतिमा पुग्न सकिएको छैन।

तसर्थ सहमति कुनै अंशमा नभएर प्याकेजमै हुने कुरा पनि स्पष्ट पार्न चाहन्छां। प्याकेजमा सहमति नहुन्जेल संयुक्त आन्दोलन समितिद्वारा माघ ६ गतेका लागि घोषित देशव्यापी आमहडतालको कार्यक्रम यथावत् रहेको पनि शर्माले प्रस्ट पारेका छन्।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...