पीडितले न्याय नपाएसम्म मेलमिलाप हुन सक्दैन

Loading...
Spread the love

माघ ५, काठमाडौँ । अन्यायमा परेका पीडितले न्याय नपाएसम्म साँचो अर्थमा मेलमिलाप हुन सक्दैन । सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो दायित्व द्वन्द्व पीडितलाई न्याय दिनु रहेको सरोकारवालाले बताएका छन् ।

Muktinath Adhikariमुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेष्टी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा सञ्चालित श्रद्धाञ्जलि सभामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि काङ्ग्रेसका नेता तथा संविधानसभा सदस्य अर्जुननरसिंह केसीले मुक्तिनाथ अधिकारी अग्रज पथप्रदर्शक भएको बताउँदै अन्यायमा परेका पीडितले न्याय नपाएसम्म साँचो अर्थमा मेलमिलाप हुन नसक्ने बताए ।

उनले लोकतन्त्रमा विश्वास गर्ने काङ्ग्रेस, एमाले जस्ता दलहरुलाई कमजोर खालको सत्य निरुपण आयोग ऐन बनाउनु पर्ने बाध्यता किन पर्‍यो आफूले बुझ्न नसकेको उल्लेख गर्दै त्यसमा आफ्नो असहमति रहेको जिकिर गरे ।

एमाले नेता प्रदीप ज्ञवालीले मुक्तिनाथको हत्या द्वन्द्वकालको गम्भीर मानवअधिकार उल्लङ्घनको घटना भएको उल्लेख गर्दै गम्भीर खालका अपराधहरूको सूची समेटेर पीडितलाई हित हुने व्यवस्था एवम् गम्भीर प्रकृतिका अपराधमा सङ्लग्न भएकाहरूलाई दण्डित गर्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अनसारीले मुक्तिनाथ अधिकारीको हत्या मानवअधिकारको गम्भीर अपराध भएको बताउँदै गम्भीर प्रकृतिका घटनाहरूको निष्पक्ष छानविनका लागि पीडितमुखी सत्य आयोग गठन हुनेमा मानवअधिकार आयोग विश्वस्त रहेको बताइन् ।

एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले सत्य आयोग जति सक्यो छिटो गठन हुनुपर्ने बताउँदै पीडितहरूको भावना बमोजिमको आयोग बनाउनुपर्नेमा जोड दिए । उनले बलात्कार एवम् यौनजन्य हिंसाका पीडित महिलाहरूको सुनुवाइका लागि छुट्टै व्यवस्था गरिनुपर्ने बताए ।

श्रद्धाञ्जलि सभामा नेपाली कांग्रेस लमजुङका सभापति कृष्ण कोइराला, अधिकारकर्मी सुशील प्याकुरेल, मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानका उपाध्यक्ष कृष्णविलास अधिकारीले पीडितको आवाजलाई सुनुवाइ गर्नुपर्नेमा जोड दिँदै सो घटनालाई मानवअधिकार आयोगले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिएका थिए ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...