शिक्षकलाई प्रहरी कार्यायलयमा बोलाई चरम यातना

Loading...
Spread the love

माघ ५, कालीकोट । जिल्ला प्रहरी कार्यालयको हटलाईन एकसयको नम्बरमा मोबाइलबाट कल गरेर कालिकोटका प्रहरी  प्रहरी नायब निरीक्षक लक्ष्मण गुरुङलाई धम्की दिएको आरोपमा शिक्षकलाई प्रहरी कार्यायलयमा बोलाई कुटपिट गरी चरम यातना दिएको छ ।

सिपखाना गाविस ३ घर भइ डाँफे मावि मुम्राका ५३ वर्षीय शिक्षक रत्न न्यौपाने र उनका छोरा सोही विद्यालयका मावि राहत शिक्षक २९ वर्षीय हेमराज न्यौपानेलाई प्रहरी हवल्दार धीरेन्द्र शाही लगायत सातजना प्रहरीले कार्यालय भित्रै माघ ३ गते बुट र लाठीले कुटपिट गर्नुका साथै मानसिक यातना दिएका छन् ।

स्थानीय प्रहरी धीरेन्द्र शाहीलगायतका प्रहरी जवानको दुई घण्टा सम्म याताना खाइयो, तुरुन्त कल गरेको हुँ भन् नत्र भने तेरो जागिर खाइदिन्छौँ भन्दै कुटपिट गरेको पीडतले बताए ।

प्रहरीको कुटाइबाट पीडितकोे शरीरमा नीलडामहरु छन् भने रन्त न्यौपानेको कानमा चोट लागेर कान कम सुन्ने भएको बताए । पीडितहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

विद्यालयमा पढाइ रहेका शिक्षकलाई स्कुल ड्रेसमै घर जान नदिई जिल्ला प्रहरी कार्यालयमा बोलाएर गलत आरोपमा शारीरिक यातना दिएको भन्दै विद्यालयका अविभावक र विद्यार्थीहरु प्रहरी विरुद्ध आक्रोसित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मण गुरुङले हटलाईनमा कल गर्ने व्यक्तिले हेमराज न्यौपाने हुँ भनेर बोलेको र पटक पटक आफूलाई धम्की दिएकाले नाम र ठेगाना एउटै भएकाले प्रहरीले गाउँबाट गिरफ्तार प्रहरीले आफूलाई जानकारी नगराइ कुटपिट गरेको उनीहरुको भनाइ छ।

मोबाइलबाट धम्की दिने व्यक्ति अर्कै भएको थाहा भएपछि बुट र लाठीले कुटपिट गर्न छोडेको पीडित शिक्षक हेमराज न्यौपानेले बताए । प्रहरी प्रमुख लक्षमण गुरुङले कमजोरी भएको भन्दै माफी मागेको पीडित रत्न न्यौपानेले बताए ।

डीएसपी लक्ष्मण गुरुङ्गलाई ९८६८३२२७९१ को नम्बरबाट अज्ञात व्यक्तिले फोन गरी अपशब्द बोल्नुका साथै मारि दिने धम्की दिएको जिप्रकाले जनाएको छ । डीएसपी गुरुङका अनुसार अहिलेसम्म व्यक्ति पहिचान भएको छैन । जिल्ला प्रहरी कार्यालयले शिक्षक हेमराज न्यौपानेलाई बोलाए पनि उनको साथ उनकै बुवा रत्न न्यौपानेसमेत सगै जिप्रका आएका थिए

Loading...

यसमा तपाइको मत

main बाट अन्य

बच्चाको विभत्स घाँटी रेटी हत्या गर्ने पक्राउ

Spread the love जेष्ठ ९ गते । बारा !! दुई नबालकको घाटी रेटी हत्या गरेको अभियोगमा थप अनुसन्धानको लागि कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने बर्षिया फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिति...

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...