नयाँदिल्ली : भारतको लोकसभा निर्वाचनमा नरेन्द्र मोदीले नेतृत्व गरेको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत पाएको छ। अब उसले एक्लै सत्ताको बागडोर समाल्न सक्ने छ। भ्रष्टाचार, महँगी, अलग्गै राज्य गठनमा ढुलमुले नीति, खुद्रा व्यापारमा विदेशी लगानी, महिला हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न नसकेको आरोप खेप्दै आएको सत्तारूढ कांग्रेस नेतृत्वको यूपीए गठबन्धन १० वर्षपछि सत्ताबाट बाहिरिएको छ।
प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) एक्लै सत्ताको बागडोर समाल्ने अवस्थामा पुगेको छ। घोषित परिणामअनुसार भाजपा सम्बद्ध नेसनल डेमोक्रेयाटिक अलायन्स (एनडीए) गठबन्धनले दुई सय ५२ स्थानमा जित हात पारेको छ भने कांग्रेस आबद्ध यूपीएले ४४ स्थान र अन्य दल ६७ स्थामा विजयी भएका छन्।
लोकसभा निर्वाचनमा भाजपा नेतृत्वमा रहेको गठबन्धन (एनडीए) को अग्रता कायमै छ। एनडीएलेले ८२ सिटमा अग्रता लिएको छ भने यूपीए गठबन्धनले १७ स्थानमा मात्र अग्रता लिएको छ। चुनाउ परिणामअनुसार नरेन्द्र मोदीले नेतृत्व गरेको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी एक्लैले ३० वर्षयता पहिलोपटक बहुमत प्राप्त गरेको हो।
सन् १९८९ मा कांग्रेस आई सबैभन्दा धेरै स्थानमा विजयी भएको थियो। कांग्रेसले लज्जास्पद हार बेहोरेको छ। अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले एक सिट जितेको छ। उनले भने चुनाउ हारेका छन्।
भारतको तल्लो सभा लोकसभाका पाँच सय ४३ सिटमा स्पष्ट बहुमतका लागि कम्तीमा दुई सय ७२ स्थान आवश्यक पर्छ। हिन्दुवादी यो पार्टीले निर्वाचनमा विकास र आर्थिक समृद्धिको नारा दिएको थियो। बीजेपीले आमनिर्वाचनपछिको सरकारको प्रधानमन्त्रीका रूपमा वरिष्ठ नेता मोदीलाई अघि सारेको थियो।
सोनियाद्वारा हारको जिम्मेवारी
कांग्रेस अध्यक्ष सोनिया गान्धी र निर्वाचनको नेतृत्व गरेका राहुल गान्धीले निर्वाचनमा पार्टी पराजय हुनुमा आफूहरू जिम्मेवार रहेको बताएका छन्। अध्यक्ष सोनियाले विजय र पराजय प्रजातन्त्रमा स्वाभाविक प्रक्रिया रहेको बताइन्। आफूले जनताको यो निर्णयलाई सम्मान गर्ने पनि बताएकी छन्। सोनियाका ४३ वर्षीय पुत्र राहुलले निर्वाचन अभियानमा नेतृत्व गरेका थिए। सोनिया र राहुलले भने आआफ्नो क्षेत्रबाट चुनाउ जितेका छन्। कांग्रेसको हारपछि राहुलको राजनीतिक भविष्य अन्यौलपूर्ण देखिएको छ। उनले पार्टीका पक्षमा जनादेश नदेखिनुमा उपाध्यक्षका हैसियतले आफैं जिम्मेवार रहेको बताएका छन्।
मोदी दुवै स्थानमा विजयी
भारतीय जनता पार्टीका नेता मोदीले दुई स्थानमा जितेका छन्। उनी पश्चिम गुजरात राज्यको भदोदरा र बनारसबाट विजयी भएका हुन्। गुजरातबाट मोदीले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा तीन लाख बढी मतअन्तरले निर्वाचन जितेका छन्।
खुसीका दिन आउँदैछन् : मोदी
मोदीले भारतीय नागरिकमा अब खुसीका दिन आउन लागेको बताएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘भारतले जितेको छ। अब खुसीका दिन आउँदैछन्। मोदीले गुजरातमा रहेकी आमासँग आशीर्वाद लिन जानुअघि ट्विटरमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन्। सिंहद्वारा मोदीलाई बधाईभारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएका छन्। प्रधानमन्त्री सिंहले मोदीलाई फोन गरी बधाई दिएका हुन्।
मोदीलाई पाकिस्तानीको पनि बधाई
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले मोदीलाई टेलिफोन गरी उनको दलले आमनिर्वाचनमा अत्यधिक मतले विजय हासिल गरेकोमा बधाई दिएका छन्। प्रधानमन्त्री सरिफको कार्यालयको विज्ञप्तिमा भाजपा नेताले प्रभावशाली विजय हासिल गरेकोमा प्रधानमन्त्रीले प्रशंसा गरेको उल्लेख छ। source annapurnapost.com
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...