संविधानसभा विघटन गराउने को-को ??

Loading...
Spread the love

माघ ९, काठमाडौं । जेठ १४ मा बैठक नै बसाल्न नमानेपछि पहिलो संविधानसभा विघटनका प्रमुख सूत्रधार मानिएका सभामुख नेम्वाङ दोस्रो संंविधानसभालाई पनि विघटन गराउने भयानक योजनामा सहभागी भएका छन् ।

assembly ..सत्तारुढ दलहरूको बैठकमा बसेर उनले परामर्श थालेको पछिल्लो घटना पनि यसैको एक कडीका रुपमा लिइएको छ, जसलाई जानकारहरू मर्यादा विपरीत सभामुखको कदम भनेर आलोचना गरेका छन् ।

अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको गोटीको रुपमा अगाडि आएका सभामुख नेम्वाङले आफ्नो योजनामा भन्दा पनि ती शक्तिकेन्द्रको निर्देशन संविधानसभा बैठक चलाउने, त्यहाँ भिडन्त गराउने र अन्तिमसम्म विघटनमा लैजाने तयारी गरेका छन् । सूत्रका अनुसार एक वर्षभित्र यो संविधानसभालाई विघटनमा पु¥याउन सकिने अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको बुझाइ छ ।

यो खेल कसरी शुरु भएको छ रु यो पनि जानौं । जतिबेला नेपालमा १२ बुँदे समझदारीका लागि पहल भएको थियो, त्यतिबेला भारतमा कंग्रेस आई नेतृत्वको सरकार थियो । दुवैतिरको चासो मिलेको थियो र फलस्वरुप दिल्लीमा १२ बुँदे समझदारी निर्माण भएको थियो ।

१२ बुँदे समझदारी हुँदा दिल्लीमा कंग्रेस आई थियो भने नेपालको राजनीतिमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड मुख्य योजनाकार थिए । कांग्रेसका हालका सभापति सुशील कोइराला र एमाले हालका अध्यक्ष केपी ओली १२ बुँदेको विरोधी थिए । उनीहरूले गणतन्त्र चाहेका थिएनन् ।

संघीयता, धर्मनिरपेक्षता उनीहरूको मुद्दा नै थिएन । कांग्रेसभित्र त खुमबहादुर खड्काहरू अहिले पनि हिन्दू राष्ट्रको नारा उचालेका छन्, जसलाई बालकोटबाट ओलीले समर्थन पनि जनाएको बताइन्छ । जसरी नेपालमा १२ बुँदेको विरोधी शक्तिहरू अहिले सरकार र संविधानसभामा छन्, त्यसरी नै भारतमा पनि कट्टरहिन्दूवादी शक्ति भारतीय जनता पार्टी सरकारमा आएको छ ।

उसले पनि नेपाल हिन्दू राष्ट्र नभएको मन पराएको छैन । नेपालमा १२ बुँदे समझदारी, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताधारी शक्तिहरू सरकार र संविधानसभामा भएको बेला नेपाललाई हिन्दू राष्ट्र बनाउने भाजपाको योजना छ । नेपालको संविधानसभाबाट संविधान बनाउँदा आफ्नो मिसन पूरा हुँदैन भन्नेमा भाजपाका कट्टरहिन्दूवादी नेताहरूलाई राम्रोसँग ज्ञान छ । त्यसैले भाजपाको सरकार एकातिर हिन्दूवादीहरूलाई क्रमशः सडकमा उतार्ने, अर्कोतिर कांग्रेस–एमालेलाई प्रक्रियामा अगाडि बढ भनेर भित्रभित्र सल्लाह दिने र बाहिर सहमतिमा अगाडि बढ भनिरहेको छ ।

यसको सोझो अर्थ हुन्छ– संविधानसभाबाट संविधान सम्भव छैन र विघटनका लागि वातावरण बनाउनुपर्छ । यसका लागि अहिले सबैभन्दा प्रयोग गर्न सजिलो सुशील र केपी रहेको पनि भातरीय खेमामा स्पष्ट छ । जस्तो कि केही दिन अगाडि भारत गएका वाणिज्य मन्त्री सुनिल थापाले भारतीय प्रधानमन्त्री मनमोहन सिंहदेखि कट्टरहिन्दूवादी नेता राजनाथ सिंहसम्मलाई भेटेर नेपालमा सकेसम्म राजसंस्था फर्काउने र हिन्दूराष्ट्र बनाउने मिसनमा सरकार लागिरहेको जानकारी गराएको काठमाडौंस्थित भारतीय दूतावास स्रोतको भनाइ छ ।

त्यसअगाडि एमाले अध्यक्ष ओलीले आफ्ना पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई दिल्लीमा पठाएर आफूहरू पनि १२ बुँदे समझदारीको विरोधी रहेकाले भाजपासँग मिलेर काम गर्न चाहेको सन्देश दिन लगाएका थिए । विद्या दिल्लीबाट फर्केलगत्तै जबर्जस्ती प्रक्रिया शुरु हुनुले पनि सुशील कोइराला र केपी ओली संविधानसभा विघटनका लागि माहोल बनाउन तयार रहेको पुष्टि हुने स्रोतहरू बताउँछन् ।

त्यसो त चिनियाँहरू पनि संविधानसभाप्रति अनुदारवादी बन्दै गएका छन् । उनीहरू उत्तरमा धेरै प्रदेश बनाउने संविधानसभालाई समर्थन नगर्ने ठाउँमा पुगेको स्रोतहरू बताउँछन् । यस्तो भयानक गेमप्लानमा सभामुख नेम्वाङ आफैं अगाडि सरेका छन् । जनआह्वान साप्ताहिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

जीवनको तुलनामा दुःख सानो हो : डा. पाण्डे

Spread the loveकाठमाडौं । सामाजिक संजालमार्फत पोष्ट गर्दै जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...