मिसावट पनि कति सम्म

Loading...
Spread the love

४ जेठ, भैरहवा ।

रुपन्देहीको तेल चोरी प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका ट्यांकरको नापजाँचका क्रममा चोरीसँगै मिसावटको तथ्य पनि बाहिर आएको छ ।

वैशाख १६ गते रुपन्देहीको पडसरी र मधवलियाबाट डिजेल चोरी गर्दैगर्दा नियन्त्रणमा लिइएका १९ ट्यांकरको अञ्चल प्रहरी कार्यालय भैरहवामा जाँच गर्ने क्रममा शुक्रबार मिसावटको तथ्य खुलेको नागरिक दैनिकमा खबर छ । लु१ख ८२८२ नम्बरको ट्यांकरको पाँचवटा च्याम्बरमध्ये तीनवटामा मट्टीतेल फेला परेपछि मिसावटको रहस्य बाहिर आएको छ। नेपाल आयल निगमको रेकर्डअनुसार सो ट्यांकर खाली हुनुपर्ने हो।

तेल भर्न भारतको बैतालपुर जाने पालो नपरेको सो ट्यांकरमा मट्टीतेल फेला परेको नापजाँचमा सहभागी एक अधिकारीले बताए। सो ट्यांकर पक्राउ पूर्जी जारी गरिएका फरार व्यवसायी पिंकी जयवाल र प्रीति जयसवालको नाममा छ। थप अनुसन्धान जारी रहे पनि ट्यांकरमा रहेको मट्टीतेल पेट्रोल निकालिएका ट्यांकरमा मिसावटका लागि राखिएको आशंका प्रहरीले गरेको छ।

नाँपजाच टोलीका अनुसार तेल चोरीमा संलग्न भनिएका १९ ट्यांकरमध्ये १५ वटामा केहीमा घटी र केहीमा बढी परिमाणको डिजल छ। निगमका अनुसार खाली हुनुपर्ने चार ट्यांकरमध्ये एउटामा मट्टीतेल फेला परेको छ भने अर्को एउटामा डिजेल भेटिएको छ। दुईवटा ट्यांकर खाली छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक विक्रमसिंह थापाको नेतृत्वमा जिल्ला प्रशासन, आयल निगम, वाणिज्य कार्यालय, गुणस्तर प्रयोगशाला र सिद्धार्थनगर उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले शुक्रबारदेखि नापचाँज सुरु गरेको हो। टोलीले तेलमा हुने मिसावट तथा गुणस्तर मापनका लागि तेलको नमुना संकलनसमेत गरेको छ। गुणस्तर प्रयोगशाला भैरहवाका प्रमुख अम्बिका गैरेका अनुसार संकलन गरिएको नमुना गुणस्तर परीक्षणका लागि केन्द्रमा पठाइनेछ।

नापचाँजका क्रममा अधिकांश ट्यांकरमा तोकिएभन्दा कम र केहीमा बढी परिमाणको तेल भेटिएको प्रहरी उपरीक्षक थापाले बताए। शुक्रबार प्रारम्भिक नापजाँच सकिए पनि चोरी तथा मिसावटको वास्तविकता केही दिनमा बाहिर आउने प्रहरी प्रमुख थापाले जानकारी दिए।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...