शर्माको घर निर्माण, रेखदेख गर्न अदालतलबाटै तलब

Loading...
Spread the love

प्रधानन्यायाशीश दामोदरप्रसाद शर्माको परिचय चितवन देवघाटमा मुलुकको प्रधानन्यायाशीश भन्दा पनि ‘बाबा’को बढी छ । अदालतका कर्मचारी र वकिलहरुले पनि शर्मालाई ‘बाबा’ नै भन्छन्।

धेरै वर्षदेखि पटक पटक देवघाट आएर न्यासध्यानमा लाग्ने शर्माले अबको तीन महिनामा अवकाश पाएपछि यतै बस्ने बताउँदै आएका छन्।

भरतपुर नगरपालिका–१ देवघाटमा शर्माको घर बनिरहेको छ । ‘श्री अखण्डानन्द निकेतन’ नाम दिइएको २४ कोठे ठूलो घरको ‘स्ट्रक्चर’को काम सकिएको छ।

भुँई तलाको भित्री फिनिसिङ् सकिएको छ । हप्ता/पन्ध्र दिनमा देवघाट आउँदा शर्मा यहीँ बस्छन् । पहिलो र दोस्रो तलामा भने धमाधम काम भइरहेको छ । निजीे घर भएपनि शर्माले यसलाई ‘आश्रम’ भन्ने गरेका छन्।
मुुलुकको प्रधान न्यायाधीश त्यहाँ माथि अविवाहित शर्माले समुच्च रेखदेख र आफू आएको बेला सहयोग गर्न एउटी युवती खटाएका छन्। त्यहाँका छिमेकीहरु उनलाई सितामाता भन्छन्।

यसरी प्रधान न्यायाधीशको घर निर्माण र सहयोगका लागि खटिने ‘सीतामाता’ले तलब भने जिल्ला अदालत चितवनबाट बुझ्छिन् । उनलाई शर्मा कायम मुकायम प्रधान न्यायाधीश हुनेबित्तिकै जिल्ला अदालत चितवनमा डिठ्ठा सरह तलब पाउने गरि तामेलदारमा अस्थायी नियुक्ती दिइएको हो। मासिक सोह्र हजार दुई सय रुपैयाँ पाउनेगरी नियुक्ति पाएको लगभग चौध महिना भयो।

‘खीलराज रेग्मी सरकारको नेतृत्व गर्न गएपछि शर्मा कायम मुकायम प्रधान न्यायाधीश बनेको केहि दिनमा सीताले नियुक्ति पाएकी हुन्,’ चितवन जिल्ला अदालत स्रोतले भन्यो।

यी सीता माताको वास्तविक नाम सीता सिलवाल हो । पच्चिस वर्ष हाराहारीकी यी युवती विरलै अदालत जान्छिन्।

‘प्रधान न्यायाधीशको घरमा बसेर उहाँलाई सेवा गर्ने कर्मचारीलाई हामीले कहाँ काम लगाउन सक्छौं,’ अदालत स्रोतले भन्यो, ‘हाजीर गराएर तलब दिन्छौं, बाटो पर्दा कुनैबेला अदालत आउनु पनि हुन्छ।’

छिमेकीका अनुसार सीतामातालाई नियमित पूजाअर्चना, आश्रमको अरु भित्री काम, प्रधान न्यायाधीश शर्मा आएको बेला सेवा गर्दा नै भ्याई नभ्याई हुन्छ।
शर्माको घर निर्माण र अन्य रेखदेख गरेबापत अदालतलबाटै तलब पाउने सीतामात्र मात्र हैनन् थप दुई पनि छन् । प्रधान न्यायाधीशको घरायसी सहयोगका लागि काम गरेर अदालतबाटै तलब बुझ्ने दोस्रो व्यक्ति सितामाताकै भाइ रुपेश हुन्।

रुपेशलाई भने पुनरावेदन अदालत हेटौंडामा करारमा नासु (नायव सुव्वा)को नियुक्ति दिइएको छ।

‘रुपेशलाई अस्थायी नियुक्ति दिन हामीलाई पनि प्रेसर थियो,’ जिल्ला अदालत चितवन स्रोतले भन्यो, ‘हामीले गाह्रो पर्ने बताएपछि प्रधान न्यायाधीशले उनलाई हेटौंडामा नियुक्ति दिलाउनुभयो।’

Akhanda

दिदी जस्तै रुपेश पनि हेटौंडा पुनरावेदन अदालतमा आक्कल झुक्कल मात्र जान्छन् । ‘बाबाको मान्छे भन्ने सबैलाई थाहाँ छ, कहिल्यै काममा आउँदैनन्,’ पुनरावेदन स्रोतले भन्यो, ‘चितवनबाट कहिलेकाँही आउँछन् हाजिर गर्छन् टाप कस्छन्।’

कुराकानीमा पनि रुपेशले आफू अदालतभन्दा बाहिरी काममा खटिने गरेको बताए। ‘म एक महिना अघि करारमा नियुक्त भएको हुँ,’ उनले भने,‘अदालतभित्र भन्दा पनि म बाहिरी कामको लागि जागिरमा आएको हुँ।’

पुनरावेदन अदालत स्रोतले भने रुपेशले नियुक्ति पाएको छ महिना जति भएको जानकारी दिएको छ।
बारा रतनपुरका रुपेश महतोले पनि प्रधान न्यायाधीशको घरमा गरेको कामको ज्याला भने अदालतबाट पाउँछन्। ‘रुपेश महतो पनि चितवन अदालतमा कार्यालय सहयोगी रुपमा नियुक्ति पाएका छन्,’ अदालत स्रोतले भन्यो, ‘महतो आक्कल झुक्कल आएर हाजिर गर्छन्, काम भने देवघाटतिरै गर्छन्।’ Source Setopati.com

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...