एमाले नेता परिषदको सिफारिस विरुद्ध उभिएपछि

Loading...
Spread the love

जेठ ४, काठमाडौं । विवादास्पद न्यायाधीश नियुक्ति प्रकरणमा एमालेको केपी ओली खेमाभित्रै विवाद देखिएको छ । यो प्रकरणमा वामदेव गौतम र विष्णु पौडेलको विपक्षमा ओलीपक्षकी उपाध्यक्ष विद्यादेवी भण्डारीसहित कृष्णगोपाल श्रेष्ठसमेत खुलेर उत्रिएका छन् ।

उपाध्यक्ष विद्या भण्डारी संसदीय सुनुवाइ समितिले न्यायपरिषदको सिफारिस अस्वीकार गर्नुपर्ने पक्षमा उभिएकी छन् । अर्का उपाध्यक्ष वामदेव गौतमले पार्टी कार्यालय बल्खुमै न्यायपरिषद सदस्य खेमनारायण ढुंगानालाई बोलाएर न्यायपरिषदको निर्णयको पक्षमा लविङ गरिसकेका छन् ।

पार्टी अध्यक्ष झलनाथ खनाल चीनमा रहेका बेला सचिव विष्णु पौडेल र उपाध्यक्ष गौतम दुबैजना मिलेर गरेको लविङ खनाल स्वदेश फर्किएपछि पानीको फोका सावित भएको छ । पार्टीका सबै नेताहरु न्यायपरिषदको सिफारिसको विरुद्ध उभिएपछि नेता गौतम र पौडेल नाजवाफ बनेको एमाले नेताहरु बताउँछन् ।

उपाध्यक्ष गौतम र सचिव पौडेलले सुनुवाइ समितिमा रहेका आफ्ना सभासदहरुलाई न्यायपरिषदका सदस्यलाई सुनुवाइमा बोलाउन नमिल्ने भन्दै कांग्रेसकै लाइनमा न्यायाधीशको नाम सदर गर्न दबाव दिएका थिए । तर, शुक्रबार उपाध्यक्ष विद्यादेवी भण्डारीले सुनुवाइ समितिमा रहेका १५ जनै एमाले सभासदलाई भेला गराएर सिफारिस अस्वीकार गर्न निर्देशन दिइन् । भण्डारीको नेतृत्वमा भएको सो भेलाले न्यायाधीशको सिफारिस अस्वीकार गर्ने एकमतद्वारा निर्णय गरेपछि वामदेव र विष्णु पौडेलको लबिङ निश्प्रभावी बन्यो ।

उपाध्यक्ष भण्डारीको नेतृत्वमा बसेको १५ सभासदको बैठकपछि सोही भावनाअनुरुप आइतबार एमालेका सभासदहरु संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तुत भए । एमाले सभासदहरु न्यायपरिषदको सिफारिस अस्वीकार गर्नुपर्नेमा एक मत भएका छन् ।

‘विद्याजीको नेतृत्वमा बसेको बैठकपछि सुनुवाइ समितिमा १५ जनै सभासदहरु एकमत भएका छौं,’ एमाले केन्द्रीय सदस्यसमेत रहेका सभासद एवं सुनुवाइ समितिमा सदस्य शेरधन राईले अनलाइनखबरसँग भने- ‘न्यायपरिषदको निर्णय एकमतले अस्वीकार गर्ने निर्णय भएको छ ।’

न्यायपरिषदको निर्णयबारे एमालेभित्र देखिएको विवाद विद्या भण्डारीको पहलकदमीपछि साम्य भएको छ । यसैवीच वामदेव र विष्णु पौडेलको लाइनलाई चुनौती दिँदै गरिएको केन्द्रीय सदस्यको हस्ताक्षर संकलनमा ओली पक्षका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले पहिलो नम्बरमै दस्तखत गरेपछि वामदेव र विष्णु पौडेलहरु पछि सरेको स्रोतले बतायो ।

‘वामदेवजीले अलि बढ्ता गर्नुभयो, उहाँले त्यसो नगरेको भए हुन्थ्यो,’ एमालेका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने- ‘नेता गौतम र पौडेलबाहेक एमालेका कोही पनि नेता-कार्यकर्ता न्यायपरिषदको निर्णयको समर्थनमा छैनन् । न्यायपरिषदको सिफारिस प्रकरणमा एमालेमा कुनै विवाद छैन । onlinekhabar.com

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...