दिलशोभामाथिको ‘यौन दुराचार’ आरोप पुष्टि हुन सकेन

Loading...
Spread the love

जेठ ६, काठमाडौं । आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको उजुरी अनुसन्धानमा ‘यौन दुराचार’ सम्बन्धी आरोप पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ।

दिलशोभाको टेलिफोन रेकर्ड भनी उजुरीसाथ संलग्न एकतर्फी फोनसंवाद यौन दुराचारसँग सम्बन्धित नदेखिएको भन्दै प्रहरीले त्यही आधारमा उजुरीमा रहेको उक्त आरोप पुष्टि नहुने निष्कर्ष निकालेको हो।

उजुरीमा उल्लिखित अवैध बालगृह चलाएको, बालगृह तथा आमाघरका नाममा आएका सहयोग सामग्री बेचबिखन गरेको र बालगृहका बालबालिकालाई बाहिर पठाउनेलगायत अन्य आरोप भने प्रहरी अनुसन्धानले पुष्टि गरेको नागरिक दैनिकमा खबर छ।

Dilsobha

श्रेष्ठद्वारा सञ्चालित आमाघरबारे जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा भनिएको छ, ‘उजुरीको बुँदा नम्बर १६ मा उल्लेख भएबमोजिम बालबालिकाको बयान, आमाघरबाट विगतमा अन्यत्र गई बसेका व्यक्तिको बयान र उजुरीसाथ संलग्न अडियो क्लिपको संवादका आधारमा दिलशोभा श्रेष्ठ र राधिका मानन्धरबीच उक्त वार्ता भएको देखिएकाले आमाघरमा त्यस्तो कुनै क्रियाकलाप नभएको पुष्टि हुन्छ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘आमाघरले अनुमति नै नलिई बालगृह सञ्चालन गरेको, संस्थाका नाममा आएको आर्थिक सहयोग अपचलन हुने गरेको, बालबालिकालाई अवैध रूपमा विदेश पठाउने गरेको’ लगायत आरोपसँगै एकतर्फी फोनसंवादको रेकर्ड संलग्न गरी आमाघरको आवरणमा अनैतिक गतिविधि हुने गरेको भनी उजुरी परेको थियो।

सोही उजुरी र फोनसंवादको रेकर्डका आधारमा केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीको संयुक्त टोलीले आमाघरको अनुगमन थालेको थियो। अनुगमन क्रममा त्यहाँ आश्रित बालबालिका जोखिममा रहेको र अन्य आरोपबारे विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्दै २०७० फागुन १४ गते प्रशासनले बालबालिकाको उद्धार गरेको थियो।

प्रशासनले त्यसको छ दिनपछि फागुन २० गते अडियो क्लिपसहित उजुरीको प्रति पठाएर यौन दुराचारलगायत आरोपमाथि अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको थियो।

काठमाडौं परिसरले अनुसन्धानका लागि पत्र र फोनसंवादको रेकर्ड महानगरीय प्रहरी अपराध महाशाखालाई पठायो। महाशाखाले डिएसपी मीरा चौधरीमार्फत अनुसन्धान गरेर आइतबार काठमाडौं परिसरलाई प्रतिवेदन बुझाएको हो।

काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश खरेलले जिल्ला प्रशासनबाट प्राप्त पत्रका आधारमा अपराध महाशाखाले अनुसन्धान गरी तयार पारेको प्रतिवेदन परिसरमा आएको जानकारी दिए।

‘अनुसन्धान प्रतिवेदन हामी जिल्ला प्रशासनमा बुझाउनेछौं,’ उनले सोमबार भने। प्रतिवेदनका निष्कर्ष र भावी कारबाही प्रक्रियाबारे भने उनले केही बताउन चाहेनन्।

– See more at: http://www.onlinekhabar.com/2014/05/201348/#sthash.hE9yyHC9.dpuf

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...