स्ववियु चुनाउ : आन्दोलन र माग पारा पाराका

Loading...
Spread the love

जेठ ५, काठमाडौं । स्वतन्त्र  विद्यार्थी युनियन (स्ववियु) चुनाउको पक्ष र विपक्षमा विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका छन्। चुनाउको पक्ष र विपक्षमा देखिएका विद्यार्थी संगठन आन्दोलनमा उत्रेपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) समस्यामा परेको छ। त्रिविले जेठ १८ गतेका लागि आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाउ गराउन कार्यतालिका सार्वजनिक गरिसकेको छ।

एमाओवादी र माओवादीनिकट अखिल क्रान्तिकारीसहित १९ विद्यार्थी संगठन चुनाउ स्थगन गर्न माग गर्दै चरणबद्ध आन्दोलनमा छन्। चुनाउका पक्षमा रहेका एमालेनिकट अनेरास्ववियु र कांग्रेसनिकट नेविसंघले पनि मंगलबारदेखि आन्दोलनमा जाने निर्णय गरेका छन्। ती विद्यार्थी संगठनले क्याम्पसमा धर्ना दिने, त्रिवि पदाधिकारीलाई चुनाउ स्थगन नगर्न दबाब दिनेलगायत कार्यक्रम सार्वजनिक गरेका छन्।

दलगत स्वार्थमा लागेका र क्याम्पसलाई राजनीतिक अखडा बनाएका विद्यार्थी संगठनको आन्दोलनको मारमा सामान्य विद्यार्थी परेका छन्। रत्नराज्यलक्ष्मीम् क्याम्पसमा स्नातकोत्तर तह द्वितीय वर्षमा अध्ययनरत शोभा त्रिपाठीले भनिन्, ‘पढ्ने इच्छा भएका विद्यार्थीलाई चुनाउमा चासो छैन। त्यसैले चुनाउको पक्ष र विपक्षमा हुने आन्दोलनले पढाइ रोक्न पाइँदैन।’

जेठ १८ गतेका लागि आफूहरूको तयारी नपुगेकाले चुनाउ स्थगित गर्नुपर्ने माग १९ विद्यार्थी संगठनको छ। चुनाउका पक्षमा रहेका संगठनले भने पाँच वर्षदेखि रोकिएको चुनाउ तत्काल गर्नुपर्ने र त्रिवि कुनै पनि समूहको दबाबमा पर्न नहुने माग गरेका छन्। उनीहरूले चुनाउ हार्ने त्रासले नगराउन अन्य संगठन सक्रिय रहेको आरोप लगाएका छन्।

नेविसंघका प्रवक्ता यूपी लामिछानेले भने, ‘त्रिविले दुईपटक चुनाउ घोषणा गर्दै स्थगन गरिसकेको छ। त्यसैले अहिलेको चुनाउ जसरी पनि सम्पन्न गर्नैपर्छ।’ चुनाउका विपक्षमा रहेको अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले नेविसंघ र अनेरास्ववियुको दबाबमा परेर त्रिविले एक पक्षीय ढंगले मिति घोषणा गरेको आरोप लगाए। शर्माले भने, ‘हामीसँग सल्लाह नगरी घोषणा गरेको चुनाउ मान्दैनौं।’

विपक्षमा रहेका संगठनहरू चुनाउ स्थगन गर्न माग गर्दै त्रिवि कार्यालय घेराउ, चुनाउ कार्यतालिका च्यात्नेलगायत गतिविधिमा सक्रिय छन्। चुनाउ स्थगनको माग गर्दै उनीहरूले त्रिविका आंगिक क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन्।

त्रिवि विद्यार्थी क ल्याण तथा खेलकुद शाखाका प्रमुख गंगाबहादुर थापाले भने यसपटक चुनाउ गराएरै छाड्ने दाबी गरे। उनले भने, ‘विद्यार्थी संगठनअनुसारको माग पूरा गर्ने हो भने चुनाउ नै हुँदैन। यो चुनाउमा सबै संगठन सहभागी हुनुपर्छ।’

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...